सेयर धितो कर्जाको ब्याज तिर्ने समय असोजसम्म पुर्याउन केन्द्रीय बैंकमा पत्राचार

नेपाल धितोपत्र बोर्डले सेयर बजार सुधारका लागि केही महत्वपूर्ण कदमहरु चाल्न केन्द्रीय बैंकसँग आग्रह गरेको छ । कोरोनाबाट आहत भएको सेयर बजारलाई गति दिन सेयर धितो कर्जामा प्रवाह भएको ऋणको ब्याज तिर्ने समय असोज मसान्तसम्म पुर्याउन भनिएको छ । यसैगरी, मार्जिन सीमा भित्रै रहेका ऋणको नवीकरण वक्यौता रकममा नै नवीकरण गर्ने व्यवस्था मिलाउन पनि अनुरोध…

1 मिनेट

पढ्ने समय

\"\"

नेपाल धितोपत्र बोर्डले सेयर बजार सुधारका लागि केही महत्वपूर्ण कदमहरु चाल्न केन्द्रीय बैंकसँग आग्रह गरेको छ । कोरोनाबाट आहत भएको सेयर बजारलाई गति दिन सेयर धितो कर्जामा प्रवाह भएको ऋणको ब्याज तिर्ने समय असोज मसान्तसम्म पुर्याउन भनिएको छ । यसैगरी, मार्जिन सीमा भित्रै रहेका ऋणको नवीकरण वक्यौता रकममा नै नवीकरण गर्ने व्यवस्था मिलाउन पनि अनुरोध गरिएको छ । यससँगै धितोपत्र बोर्डले विभिन्न ४ वटा बुँदामा सुधारको व्यवस्था गर्न राष्ट्र बैंकसँग अनुरोध गरेको छ । जुन निम्न अनुसार छन् ।

 

. बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितोमा प्रवाह गर्ने कर्जामा सेयर मूल्यांकनको ६५ प्रतिशतसम्म कर्जा प्रवाह गर्ने र मार्जिन कलको हकमा बैंक तथा वित्तीय संस्था स्वयंले मूल्य अनुगमन गर्ने व्यवस्था रहेकोमा सेयर धितोमा कर्जा प्रवाह गर्दा सेयरको मूल्यांकनको ७५ प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्ने र १० प्रतिशत भन्दा बढी मूल्य घटेको अवस्थामा मात्रै मार्जिन कल गर्ने व्यवस्था गर्न उपयुक्त हुने ।

 

२. सेयर धितोमा गएको कर्जामा हालको महामारी तथा विषम परिस्थितिको अवस्थालाई दृष्टिगत गरी ब्याज तिर्नुपर्ने समय २०७७ आश्विन मसान्तसम्म बढाइदिने र मार्जिनको सीमा भित्रै रहेका ऋणहरु बक्यौता रकममा नै नवीकरण गरिदिने व्यवस्था गर्न उपयुक्त हुने ।

 

. विद्युतीय माध्यमबाट लगानीकर्ता र धितोपत्र दलालबीच रकम पठाउँदा र प्राप्त गर्दा रकमान्तर हुने रकमको सीमा नरहने व्यवस्था गर्न उपयुक्त हुने ।

 

४. बैंक तथा वित्तीय संस्थाहरुले धितोपत्र दलाल व्यवसायीलाई मार्जिन कारोबारका लागि प्रवाह गर्ने ऋणको ब्याजदर बैंक स्वयंले प्रत्यक्ष सेयर धितोमा प्रवाह गर्ने कर्जाको ब्याजदर भन्दा कम हुने व्यवस्था गर्न उपयुक्त हुने ।

 

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच