पोखरेबगरमा स्तरिय खेलमैदान बन्दै, सबैको सहयोगको अपेक्षा

म्याग्दी जिल्लाको अन्नपूर्ण गाउपालिका वडा नम्बर ६ पोखरेबगरमा स्थानिय कालीगण्डकी युवा क्लवको लामो प्रयासपछि गाउपालिकाले २०७६/७७ को बजेटबाट रु. दश लाख रुपैया बिनियोजन गरे संगै शुरु भएको बृहद खेल मैदान निर्माण कार्यले तिब्रताका साथ कार्य सम्पादन गरिरहेको छ। गाउँपालिकाले बिनियोजन गरेको एघार लाख बाह्र हजार दश रुपैयाँमा स्थानिय युवाहरुले दैनिक ७/८ जनाको दरले झन्डै एक…

3 मिनेट

पढ्ने समय

\"\"

म्याग्दी जिल्लाको अन्नपूर्ण गाउपालिका वडा नम्बर ६ पोखरेबगरमा स्थानिय कालीगण्डकी युवा क्लवको लामो प्रयासपछि गाउपालिकाले २०७६/७७ को बजेटबाट रु. दश लाख रुपैया बिनियोजन गरे संगै शुरु भएको बृहद खेल मैदान निर्माण कार्यले तिब्रताका साथ कार्य सम्पादन गरिरहेको छ। गाउँपालिकाले बिनियोजन गरेको एघार लाख बाह्र हजार दश रुपैयाँमा स्थानिय युवाहरुले दैनिक ७/८ जनाको दरले झन्डै एक महिनादेखी जनश्रमदान गरि तिब्र गतिमा काम अगाडी बढिरहेको कुरा युवा क्लवका अध्यक्ष रामकृष्ण खडकाले बताउनुभयो।

१४० मिटर लम्बाई र ४० मिटर चौडाई रहेको उक्त खेल मैदान संगसंगै हालको लागि पुरुष र महिलाको लागि छुट्टाछुट्टै दुइ ओटा शौचालय समेत निर्माण गरिएको छ भने भविस्यमा स्टेज सहितको भवन र मैदानलाई घेराबार समेत गर्ने योजना रहेको कुरा बताइएको छ। खेलमैदान निर्माण भएसंगै स्थानीय युवा र बालबालिकाहरुलाई खेल अभ्यासको लागि सहजता मिल्नुका साथै अन्य थुप्रै जमघट, मेला पर्व, आम सभा, हाट बजार लगायत थुप्रै प्रयोजनको लागि सहज हुने अपेक्षा राखिएको छ ।

\"\"

खेल मैदान निर्माणको प्रथम चरणको जमिन सम्माउने र आधारभूत काम लगभग सम्पन्न भैसकेको भए पनि खेल मैदानको पश्चिमी भेगमा रहेको काली गण्डकी नदीबाट बर्षायाममा हुने सक्ने क्षति न्यूनीकरणको लागि तटबन्ध निर्माण र सोहि तटबन्धसंगै दर्शकहरुको लागि प्याराफिट निर्माण गर्ने योजनाको लागि सहयोगदाता बाट सहयोग तथा सम्बन्धित निकायबाट बजेट बिनियोजनको अपेक्षा गरिएको भए पनि हाल सम्म कतैबाट सहयोग तथा बजेट बिनियोजन हुन् नसकेकोले उक्त कार्य तत्सम्मको लागि मुल्ताविमा राखेर बाकि काम सम्पन्न गर्न लागिएको कुरा बताउदै अध्यक्ष खडकाले यस खेल मैदान निर्माण कार्यमा आवस्यक सहयोग गरिदिनुहुनका गाउपालिका प्रतिनिधिहरुका साथसाथै जिल्ला समन्वय समिति म्याग्दी, प्रतिनिधि सभाका सदस्य, प्रदेश सभाका सदस्य तथा देश बिदेशमा रहनुभएका खेलकुद तथा बिकाशप्रेमी सम्पूर्णमा आव्हावन समेत गर्नु भएको छ। स्थानिय सरकार र प्रदेश तथा केन्द्र सरकारसंग समन्वय गरि आवास्यक बजेटको ब्यबस्था गरिदिनुहुनको लागि बिभिन्न राजनैतिक दलका स्थानिय नेताहरुलाइ अनुरोध गर्दै तथा देश बिदेशमा रहेका म्याग्देलिहरुसंग सहयोग संकलन गर्न छिट्टै नै सबैजसो देशहरुमा समन्वयको लागि प्रतिनिधि तोकेर सहयोग संकलन गर्ने योजना रहेको कुरा समेत क्लवका अध्यक्ष खडकाले बताउनुभयो।

\"\"

हाल अन्नपूर्ण गाउपालिकाको केन्द्र समेत रहेको पोखरेबगरमा एउटा बिशाल र खुला खेल मैदानको आवास्यकता बिगतदेखि नै महशुस गरिएको भए पनि विभिन्न कारणले निर्माण कार्य सम्पन्न हुन सकिरहेको थिएन। बिशेषत: खालि जग्गाको अभावमा खेल मैदान वनाउने काम हुन् नसकेकोमा हाल आएर २०४४ साउन १५ गते कालीगण्डकी नदीमा बाढि आउदा बगरमा परिणत गरिदिएको र पछि नदीको बहाव परिवर्तन हुदा खालि रहेको जग्गालाइ प्रयोगमा ल्याई खेल मैदान निर्माण कार्य शुरु गरिएको हो।

लामो समयदेखि बिभिन्न अनौचारिक समुह बनाएर बिभिन्न गाउहरुमा हुने मेला तथा पर्वहरुमा आयोजना गरिने खेलकुद प्रतियोगिताहरुमा सहभागी हुदै आएका तत्कालिन शिख गाबिस वडा नम्बर ९ का युवाहरुलाई सहभागी बनाइ २०५४/५५ सालमा पोखरेबगरमा आयोजित माघे संक्रान्ति मेलाको अवसर पारि आयोजना गरिएको मेलाको खेलकुद ब्यबस्थापन गर्न र त्यस उप्रान्त हुने कुनै पनि खेलकुद सम्बन्धि गतिविधिहरुमा कालोढुङ्गा, पोखरेबगर, रातोपानी, धिर्च्यांग, साल्जा, बैसेरी, हल्लेखर्क, कुर्मुनी लगायतका तत्कालिन वडा नम्बर ९ का युवाहरु सहभागी हुदा कालिगण्डकी युवा क्लबको नामबाट सहभागी हुने निर्णय गर्दै अनौपचारिक रुपमा यस कालिगण्डकी युवा क्लबको स्थापना गरिएको थियो। युवाहरु रोजगारीको लागि विदेश जानु पर्ने बाध्यथा, माओवादी द्वन्द लगायतका थुप्रै आरोह अवरोहहरुका बिचमा कहिले निस्क्रिय र कहिले सक्रिय रहदै आएको यस युवा क्लवले आफ्नो पहलमा गाउपालिकसंग समन्वय गरि खेल मैदान निर्माण भएकोमा स्थानिय युवा, बालक बृद्ध र महिलाहरु सबैमा खुसियाली छाएको छ।

\"\"

 

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच