गत साताभर सेयर बजारमा के–के भयो ?

  काठमाडौं : नेप्से सूचक यस साता पनि १६०० विन्दु माथि उक्लिन सकेन । अघिल्लोे साता भन्दा १.७१% ले घटेर यस साताको अन्तिम दिन बिहीबार नेप्से सूचक १५६२.४६ विन्दुमा बन्द भएको छ । अघिल्लो साताको अन्त्यमा नेप्से १५८९.६३ विन्दुमा रोकिएको थियो । तर साताभरमा कारोबार रकमले भने साथ दिएको छ । अन्तिम दिन १ अर्ब…

2 मिनेट

पढ्ने समय

 

काठमाडौं : नेप्से सूचक यस साता पनि १६०० विन्दु माथि उक्लिन सकेन । अघिल्लोे साता भन्दा १.७१% ले घटेर यस साताको अन्तिम दिन बिहीबार नेप्से सूचक १५६२.४६ विन्दुमा बन्द भएको छ । अघिल्लो साताको अन्त्यमा नेप्से १५८९.६३ विन्दुमा रोकिएको थियो । तर साताभरमा कारोबार रकमले भने साथ दिएको छ । अन्तिम दिन १ अर्ब ४२ करोड रुपैयाँ भन्दा धेरैको सेयर किनबेच भएको छ । बजार पुँजीकरण २० खर्ब ८२ अर्ब रुपैयाँ भन्दा बढी पुगेको छ । यस साताभर नेप्सेमा दैनिक औसतमा १ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएको देख्न सकिन्छ । यसले लगानीकर्तालाई केही हदसम्म उत्साहित पनि बनाएको छ ।

तथ्यांकबाट के प्रष्ट हुन्छ भने साताको सुरु दिनदेखि कारोबार रकममा क्रमशः घट्दै गएको देखिन्छ । सुरु दिन सबैभन्दा धेरै २ अर्ब ३९ करोड रुपैयाँको सेयर कारोबार भएकामा अन्तिम दिन बिहीबार सबैभन्दा थोरै १ अर्ब ४२ करोड रुपैयाँमा कारोबार रकम सीमित भएको छ । समग्रमा यस साता दैनिक औसत १ अर्ब ८१ करोड रुपैयाँको सेयर किनबेच भएको छ । यो औसत कारोबार रकम अघिल्लो साताको भन्दा ६२% ले कम हो । अघिल्लो साता दैनिक औसत कारोबार रकम २ अर्ब ९२ करोड रुपैयाँ रहेको थियो ।

अघिल्लो साताको तुलनामा यो साता सूचीकृत सबै समूहहरुमा गिरावट देखिएको छ । सबैभन्दा बढी जलविद्युत समूहमा ५.११% गिरावट आएको छ । जलविद्युत समूह पछि उत्पादनमूलक समूहमा ३.३७% र होटल समूहमा ३.०७% ह्रास देखिएको छ ।

यो साता सबैभन्दा धेरै कमाउनेमा आइसीएफसी फाइनान्स देखिएको छ । अघिल्लो साताको तुलनामा आइसीएफसी फाइनान्सको सेयर भाउ १८.७५% वृद्धि भएको छ । तर धेरै कमाउने शीर्ष १० कम्पनीको सूची भने यो साता केही रोचक अवस्था पनि देखिएको छ ।

यो सूचीमा ३ वटा डिबेन्चर र एउटा म्युचुअल फन्ड पनि परेको छ । यसबाट लगानीकर्ताले सेयर मात्र नभई धितोपत्रका अन्य वैकल्पिक साधनहरुमा पनि चासो दिन थालेको संकेत मिलेको छ ।

सूचीकृत सेयर मध्येमा धेरै कमाउने आइसीएफसी फाइनान्स रहेको छ । यसपछि क्रमशः नेपाल फाइनान्स र मुक्तिनाथ विकास बैंक रहेका छन् ।

यस साता हाइड्रोपावर समूहका कम्पनीहरुको प्रशर्दन सबैभन्दा खराब देखिएको छ । धेरै गुमाउने शीर्ष १० कम्पनीमा हाइड्रोपावरहरु नै रहेका छन् । सबैभन्दा बढी दिव्यश्वरी हाइड्रोपावर कम्पनी सेयर भाउ १६.७९% गिरावट आएको छ । त्यसपछि लगत्तै छ्याङ्दी हाइड्रोपावरको सेयर १५.९१% र युनियन हाइड्रोपावरको सेयर भाउ १५.१५% घटेको छ ।

 

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच