मार्क्सवादी दर्शन : संक्षिप्त परिचय

– द्वन्द्वात्मक भौतिकवाद – मार्क्सवाद मार्क्सवाद कार्ल मार्क्स र पेडरिक एंगेल्सद्वारा प्रतिपादित र्सवहारावर्गको मुक्तिको सिद्धान्त र विचारधारा हो । मार्क्सवाद र्सवहारा क्रान्तिको विज्ञान हो । यो पुँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसंर्घष तथा इतिहासमा बल प्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद यसका आधारभूत मान्यता हुन्…

3 मिनेट

पढ्ने समय

– द्वन्द्वात्मक भौतिकवाद
– मार्क्सवाद
मार्क्सवाद कार्ल मार्क्स र पेडरिक एंगेल्सद्वारा प्रतिपादित र्सवहारावर्गको मुक्तिको सिद्धान्त र विचारधारा हो । मार्क्सवाद र्सवहारा क्रान्तिको विज्ञान हो । यो पुँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसंर्घष तथा इतिहासमा बल प्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद यसका आधारभूत मान्यता हुन् ।

मार्क्सवादका तीन संघटन अंग
मार्क्सवादका तीन संघटक अंग रहेका छन् । ती हुन् – दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद ।
-१) मार्क्सवादको दर्शन द्वन्द्वात्मक तथा भौतिकवादी दर्शन हो । यो दर्शनको सिद्धान्त भौतिकवाद हो । मार्क्सवादी दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद भएकोले यो सबै खाले आदर्शवाद र अधिभूतवादका विरुद्ध परिलक्षित रहेको छ ।
-२) मार्क्सवादी राजनीतिक अर्थशास्त्र श्रमको मूल्य सिद्धान्तमा आधारित छ । यसको विकसित रुप अतिरिक्त मूल्यको सिद्धान्त हो ।
-३) वैज्ञानिक समाजवाद वर्गसंर्घष्, इतिहासमा बलप्रयोगको भूमिका, र्सवहारावर्गको अधिनायकत्वमा आधारित छ । यसको मूल उद्देश्य र आदर्श साम्यवाद हो । यसलाई विकसित तुल्याउने काममा लेनिन र माओको महत्वपर्ूण्ा योगदान रहेको छ।
मार्क्सवाद – लेनिनवाद – माओवाद
मार्क्सवादको मार्क्सवाद – लेनिनवाद – माओवादीमा जुन विकास भयो त्यसका तीन गुणात्मक चरण छन् । ती हुन्ः-
-क) मार्क्सवादको चरण ः मार्क्सवाद एक वैज्ञानिक सिद्धान्त हो र मार्क्सवाद र्सवहारा क्रान्तिको विज्ञान हो । मार्क्सवाद र्सवहारावर्गको मुक्तिको सिद्धान्त र विश्वदृष्टिकोण हो ।
-ख) लेनिवादको चरण: मार्क्सवादको गुणात्मक विकासको दोस्रो चरण लेनिनवाद हो । पुँजीवादले साम्राज्यवादमा प्रवेश गर्नु, उत्पादक शक्ति र र्सवहारा आन्दोलन तथा ज्ञानविज्ञानका विविध क्षेत्रमा थप प्रगति हुँदै जानु र यस प्रकारको नयाँ परिस्थिति अनुरुप मार्क्सवादलाई नयाँ उचाइमा विकसित गर्नुपर्ने ऐतिहासिक आवश्यकताका बीचबाट लेनिवाद जन्मिएको हो । लेनिन -१९७० – १९२४) लेनिवादका प्रतिपादक हुनुहुन्छ ।
-ग) माओवादको चरण:
मार्क्सवाद-लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरण माओवाद हो । सामन्ती-साम्राज्यवादी शोषणको दोहोरो उत्पीडनबाट आक्रान्त अविकसित देशहरूका क्रान्तिका समस्याहरूको समाधान गर्नुपर्ने, सन् १९५३ मा स्टालिनको मृत्युपश्चात् रुस एवं पूर्वी युरोपका कैयौँ देशहरूमा पुँजीवादको पुनःस्थापनाका कारणहरूको खोज गरी त्यसबाट शिक्षा लिनुपर्ने तथा त्यसबाट उत्पन्न समाजवादी समाजका अन्तर्विरोधहरूको समाधान गर्नुपर्ने र आधुनिक संशोधनवादका विरुद्धको लर्डाईं लड्नुपर्ने ऐतिहासिक आवश्यकताको पृष्ठभूमिमा माओद्वारा मार्क्सवाद-लेनिनवादको थप परिमार्जन तथा विकास गरी त्यसलाई मार्क्सवाद-लेनिनवाद-माओवदको तेस्रो, नयाँ र गुणात्मक उचाइमा पुर्याउने काम भएको हो ।
यसरी आज अन्तर्रााट्रय र्सवहारावर्गको हातमा एउटा र्सार्वभौम सिद्धान्तको सिङ्गो अभेद्य इकाइको रुप्मा मार्क्सवाद-लेनिनवाद-माओवाद रहेको छ । माओवादलाई आजको विश्वको मार्क्सवाद-लेनिवादका रुपमा ग्रहण नगरीकन कोही पनि सच्चा कम्युनिस्ट बन्न सक्दैनन् ।
र्
दर्शनः -क) दर्शनशास्त्रको प्रारम्भिक अध्ययन
-१) दर्शनशास्त्रको परिचय र परिभाषा
दर्शन भनेको कुनै पनि वस्तुलाई हेर्ने, बुभने र व्याख्या गर्ने साधनको नाम हो । अर्को शब्दमा दर्शन भनेको मानिसको भित्री आँखा हो, जुन आँखाले जीवन र जगत्का बारेमा हर्ेन, बुभ\\न र व्याख्या गर्ने काममा मद्दत गर्दछ । जीवन र जगत्का सामान्य नियमहरूको अध्ययन नै दर्शन हो । दर्शन शब्दको व्यापक अर्थ हेन खोज्नु, बुभन खोज्नु हुन्छ । विश्व ब्रहृमाण्डको उत्पत्ति कसरी भयो – अर्थात् प्रकृति र समाजको जन्म कसरी भयो – पृथ्वीमा जीवजन्तु र मानिसको उत्पत्ति कसरी भयो – यो आफै जन्मिएको हो । यिनलाई जन्माउने कुनर्ैर् इश्वर वा अलौकिक शक्ति छ – मानव जीवनका उद्देश्य, आदर्श, कर्तव्य र मूल्य के हुन् – के मानिसले प्रकृति र समाजबारे सत्यतापूण ज्ञान प्राप्त गर्न सक्छ – के मानिस आफ्नो ज्ञान र व्यावहारिक क्रियाशीलताका आधारमा प्रकृति र समाजलाई बदल्न र्समर्थ छ – यी यस्तै अनेकौं प्रश्नहरूको सही जवाफ खोज्ने मान्छेको जिज्ञासनवृत्तिको उपज र अभिव्यक्ति नै दर्शन हो ।
दर्शन शब्दको पहिलो उपयोगकर्ता युनानी दार्शनिक पाइथागोरस हुन् । उनले दर्शनलाई बुझाउने फिलोसोफी शब्दको प्रयोग गरे । फिलोस -प्रेम) र सोफिया -विवेक) जस्ता शब्दको मिलनबाट फिलोसोफी बन्यो । जसको अर्थ विवेक प्रेम हुन्छ ।

दर्शनको उत्पत्ति र विकास
दर्शनशास्त्र एक अति प्राचीन विज्ञान हो । उत्पादनको निम्ति संर्घष्, वैज्ञानिक प्रयोग र वर्गसंर्घष्ाको बीचबाट दर्शनको जन्म भएको हो । मानव समाजमा वर्गको उदयसँगै दर्शनको पनि उत्पत्ति भयो । जव दासस्वामी समाजको विकास भयो, त्यस विकास प्रक्रियाका बीचबाट प्राचीन युनान, भारत र चीनमा सँगसँगै जसो दर्शनको विकास हुँदै आएको पाइन्छ ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच