नेकपाको प्रचण्ड नेपाल पक्षको जनसभामा सहभागि हुन कार्यकर्ता तथा सर्वसाधारण काठमाण्डौ आउने क्रम शुरु – सहभागिहरुको सामुहिक यात्राको लागि गाडिहरु रिजर्व गर्न बिभिन्न ठॅाउमा कार्यकर्ताहरुद्वारा यातायात ब्यबसायिहरुसंग समन्वय जारी।
नेकपाको प्रचण्ड माधव पक्षले प्रतिगमनको बिरुद्ध भोलि अर्थात माघ २८ गतेको लागि काठमान्डौमा आयोजना गरेको बिरोध -यालि तथा शक्ति प्रदर्शनको लागि देशैभरीबाट ब्यापक रुपमा कार्यकर्ता र सर्वसाधारणहरु काठमान्डौ आउने क्रम शुरु भएको छ। देशका सबै भागबाट सहभागिहरुको अत्याधिक उपस्थितिको कारण देखिएको यातायात असुबिधालाई मध्यनजर राख्दै आयोजकहरुले बिभिन्न जिल्ला र स्थानहरुमा कार्यकर्ताहरुलाई यातायतमा समन्वय गरि सकेसम्म सबै सहभागिहरुलाई समुह बनाई एकै गाडिमा आउने ब्यबस्था गर्न निर्द्शन दिए अनुसार सहभागिहरुले आ आफ्नो गाडि भाडा समन्वयकर्ताहरुलाई दिने र समन्वयकर्ताहरुले सामुहिक यात्राको लागि यातायात ब्यबसायिहरुसंग समन्वय गरिरहेको कुरा घोरेपानिअनलाईनलाई जानकारी हुन आएको छ।
यसै क्रममा काठमान्डौमा हुने विशाल शक्ति प्रदर्शनीको लागि गोरखाबाट सय भन्दा बढी बस जाने बुझिएको छ । अहिले विहान सम्मको अवस्था हेर्दा खेरी करिब पाँच हजार छ सय भन्दा बढी संख्याको आम जनसमुदाय भोलीको विशाल जनशभाको लागि जानलाई तयारी अवस्थामा रहेको नेकपा गोरखाका कार्यलय सचिव नेता अंकुर तिमील्सिना (आयाम) ले जानकारी दिनुभयो । वहॅाले गोरखा जिल्लाका प्रचण्ड नेपाल पक्षधरका नेता कार्यकर्ता ,बुद्धिजीवी, न्यायप्रेमी, समुदायका अगुवा नागरिक , युवा तथा विधार्थीहरुको बाक्लो उपस्थिती रहेको बताउनु भएको छ । भोली हुने विशाल जनसभाको लागि आझ साँझ सम्ममा सबै बसहरु गोरखाबाट निस्कि सक्ने वहाँले जानकारी दिनु भयो ।
प्रधानमन्त्रि खडग प्रसाद ओलिको सिफारिसमा गत पुस पाँच गते राष्ट्रपतिले समक्ष संसद बिघटन गरेको भनि बिज्ञप्ति निकालेसंगै त्यसको चौतर्फी विरोध हुदै आईरहेको छ । नेकपा प्रचण्ड माधव पक्ष लगायत ओलि ईतरका सबै राजनैतिक दल, कानुन व्यबसायि, बुद्धिजिवी, पत्रकार, पेशाकर्मि, कलाकार, मानवअधिकारकर्मि लगायत सिॅगो नागरिक समाज प्रधावमन्त्रि र राष्ट्रपतिको असंबैधानिक तथा प्रतिगामि कदमको विरुद्ध आनिदोलनका विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आईरहेका छन ।














