यार्चागुम्बा टिप्न मनाङ पुगेका गोरखाका नौजना मनाङको नारमा मारिएका छन्। यार्चागुम्बा टिप्ने विषयमा विवाद भएपछि नारबासीले सात जनालाई कुटेर हत्या गरेको र ज्यान जोगाउन भाग्ने क्रममा थप दुईको मृत्यु भएको प्रहरीले जनाएको छ। गत जेठ २७ गते भएको सो घटनाको समाचार ढिलोगरी प्राप्त भएको हो। प्रहरीका अनुसार, आफ्नो क्षेत्रमा यार्चागुम्बा टिप्न आएको भन्दै नारका बासिन्दाले उनीहरुमाथि आक्रमण गरेका थिए। हत्या हुनेमा गोरखा करौचा गाविसका ज्ञानबहादुर गुरुङ, सुभदार गुरुङ, बिरे गुरुङ, कामी गुरुङ, सोगर गुरुङ, आइतराम गुरुङ र ध्रुव गुरुङ छन्। भीरबाट लडेर मृत्यु हुने अन्य दुईजनाको पहिचान भएको छैन। घटनास्थल मनाङको सदरमुकाम चामेबाट दुई दिन टाढा पर्छ। घटनाबारे थप जानकारी दिन चामेबाट प्रहरी टोली त्यसतर्फ गएको छ।
-यार्चागुम्बा टिप्न गएका सात जनाकोहत्या, दुई जनाको भाग्नेक्रममा लडेर मृत्यु
Administartor@nepalchautari यार्चागुम्बा टिप्न मनाङ पुगेका गोरखाका नौजना मनाङको नारमा मारिएका छन्। यार्चागुम्बा टिप्ने विषयमा विवाद भएपछि नारबासीले सात जनालाई कुटेर हत्या गरेको र ज्यान जोगाउन भाग्ने क्रममा थप दुईको मृत्यु भएको प्रहरीले जनाएको छ। गत जेठ २७ गते भएको सो घटनाको समाचार ढिलोगरी प्राप्त भएको हो। प्रहरीका अनुसार, आफ्नो क्षेत्रमा यार्चागुम्बा टिप्न आएको भन्दै नारका…
अघिल्लो लेख
अर्को पोस्ट
ताजा खबर
लेखकको बारेमा

AF themes
सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

अभिलेखहरू खोज्नुहोस्
खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच
तपाईंले मिस गरेको हुन सक्छ












