-बाँदरले जस्तै रुख चढ्छन् वीरा

Administrator@nepalchautari

\"kanchanpur\"महेन्द्रनगर कन्चनपुर, असार १८-

बाँदरले जस्तै सजिलै रुख चढ्ने र एक रुखबाट अर्कोमा हाम्फाल्ने वीरा रानाको गतिविधि देखेर गाउँले दंग पर्छन्। कृष्णपुर गाविस- २ मुक्त कमैया शिविरका यी २८ वर्षीय युवकले केटाकेटीदेखि यस्तो कला देखाउँदै आएका हुन्। केटाकेटी उमेरबाटै गोठाला जाँदा साथी भाइको लहलहैमा उनले यस्तो प्रयास सुरुगरेका थिए। रुखमा चढ्ने र उफ्रने मात्र होइन उनी उल्टो परेरै पनि रुख चढ्ने र ओर्लने गर्न सक्छन्। प्रयास गरे जुनसुकै कार्य पनि गर्न सकिने अठोट भएका राना पेशाले सिकर्मी हुन्।सात वर्षदेखिनै उनी अनौठो पाराले रुख चढ्न पोख्त भएका हुन्। (रासस)