एकीकृत नेकपा माओवादीले संविधानमा राष्ट्रपति र प्रधानमन्त्रीको अधिकार स्पष्ट पार्नुपर्ने प्रस्ताव गरेको छ । आज नेकपा एमाले र नेपाली कांग्रेससंग छुट्टाछुट्टै छलफल गरी माओवादीले उक्त प्रस्ताव अगाडि सारेको हो ।सिंहदरबारमा भएको बैठकमा सदनको गतिरोध अन्त गर्ने उपायबारे विकल्पहरुबारे छलफलका क्रममा माओवादीले राष्ट्रपतिको अधिकार स्पष्ट व्याख्या गरिनुपर्ने प्रस्ताव राखेका प्रवक्ता दिनानाथ शर्माले बताए । उनले भने, राष्ट्रपति र प्रधानमन्त्रीको संवैधानिक अधिकार के हो स्पष्ट पारिनुपर्छ, स्पष्ट नभएको विषयमा संविधानमा व्यवस्था गरेर जानुपर्छ । उनले दलहरुबीच सहमति बनाएर संविधान संशोधनमा जोड दिए । शर्माले सदन सुचारु गर्न आफूहरु सकारात्मक भएको तर भविष्यमा नागरिक सर्वोच्चतामाथि प्रहार हुने अवस्था नआउने स्थिति सुनिश्चित गर्नुपर्ने बताए ।
सदनमा पेश्की बजेट ल्याउन दिन आफूहरु सकारात्मक भएको शर्माले बताए । सदनमा महत्वपूर्ण विषयहरुमा छलफल अगाडि बढ्नुपर्नेमा उनको जोड थियो । कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादीबाट नयां प्रस्ताव आएकाले छलफल पश्चात अघि बढ्न सकिने बताए । राष्ट्रपतिको कदम ठिक भएकाले कुनै सम्झौता नहुने स्पष्ट पारे ।यसअघि एमालेसंगको छलफलमा नागरिक सर्वोच्चताका लागि प्रधानमन्त्री माधवकुमार नेपालको सम्बोधन आउनुपर्ने अडान माओवादीले राखेको थियो । माओवादी वरिष्ठ नेता डा.बाबुराम भट्टर्राईले सदन सुरुचारु गर्नेबारे सहमतिको सम्भावना बढेको बताए । आफूहरुले उठाएको मागबारे एमाले सकारात्मक देखिएको उनको भनाई थियो ।छलफलमा माओवादी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता डा.बाबुराम भट्टर्राईलगायत सहभागी थिए । एमालेबाट प्रधानमन्त्री माधवकुमार नेपाल, सचिव समेत रहेका संचारमन्त्री शंकर पोखरेललगायत सहभागी थिए । कांग्रेसबाट संसदीय दलका नेता रामचन्द्र पौडेल सहभागी थिए ।
-राष्ट्रपति र प्रधानमन्त्रीको संवैधानिक अधिकार स्पष्ट पार्न माओवादीको प्रस्ताव
Administrator@nepalchautari एकीकृत नेकपा माओवादीले संविधानमा राष्ट्रपति र प्रधानमन्त्रीको अधिकार स्पष्ट पार्नुपर्ने प्रस्ताव गरेको छ । आज नेकपा एमाले र नेपाली कांग्रेससंग छुट्टाछुट्टै छलफल गरी माओवादीले उक्त प्रस्ताव अगाडि सारेको हो ।सिंहदरबारमा भएको बैठकमा सदनको गतिरोध अन्त गर्ने उपायबारे विकल्पहरुबारे छलफलका क्रममा माओवादीले राष्ट्रपतिको अधिकार स्पष्ट व्याख्या गरिनुपर्ने प्रस्ताव राखेका प्रवक्ता दिनानाथ शर्माले बताए । उनले…
अघिल्लो लेख
अर्को पोस्ट
ताजा खबर
लेखकको बारेमा

AF themes
सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

अभिलेखहरू खोज्नुहोस्
खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच
तपाईंले मिस गरेको हुन सक्छ












