सानिमा लाईफ ईन्सुरेन्स र मानुषि लघुबित्तको आईपिओ साउनको अन्तिम सातामा आउदै

सानिमा लाईफ ईन्सासुरेन्सले साउन २० गतेदेखि आइपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । यसले प्रतिकित्ता १०० रुपैयाँको दरले ६० लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । जसअनुसार कम्पनीले ६० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । जसमध्ये ३ लाख अर्थात् ५% शेयर कर्मचारी र ३ लाख अर्थात् ५% शेयर म्युचुअल…

2 मिनेट

पढ्ने समय

सानिमा लाईफ ईन्सासुरेन्सले साउन २० गतेदेखि आइपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । यसले प्रतिकित्ता १०० रुपैयाँको दरले ६० लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । जसअनुसार कम्पनीले ६० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । जसमध्ये ३ लाख अर्थात् ५% शेयर कर्मचारी र ३ लाख अर्थात् ५% शेयर म्युचुअल फन्डको लागि छुट्याएको छ ।
बाँकी ५४ लाख कित्ताको लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ । लगानीकर्ताले साउन २४ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयमा आइपीओ बिक्री नभएमा भदौ २ गतेसम्म आइपीओ निष्कासन खुला हुनेछ ।
लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत शेयर भर्न सक्नेछन् । सानिमा लाइफको आइपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी बीबीबी’ माइनस अर्थात ट्रिपल बी माइनस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । साथै, कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने पनि जनाउँछ ।

त्यसै गरि मानुषि लघुबित्तले साउन २७ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पुँजीको ३६% अर्थात् ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । मानुषीले प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।

जसमध्ये ०.५% अर्थात् ५ हजार ४६९ कित्ता कर्मचारी र ५% अर्थात् १९ हजार ६८८ कित्ता म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी ३ लाख ६८ हजार ५९३ कित्ताको लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लघुवित्तको आइपीओमा साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ ।
उक्त समयमा सबै आइपीओ बिक्री नभएमा भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । मानुषीको आइपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी बी प्लस’ रेटिङ दिएको छ ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच