लघु बित्तहरुले अब २०% भन्दा बढि लाभांश बितरण गर्न नपाउने ?

काठमाडौं : नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गको लघुवित्त संस्थाहरुको लाभांश वितरणमा थप कडाइ गरेको छ । केन्द्रीय बैंकले एकीकृत निर्देशनलाई संशोधन गर्दै लाभांशमा कडाइ गरेको हो । केन्द्रीय बैंकले २०% भन्दा बढि लाभांश वितरण गर्न निरुत्साहित गर्दै नयाँ व्यवस्था गरेको छ । जसअनुसार नगद र बोनससहित २०% भन्दा बढि लाभांश प्रस्ताव गर्ने संस्थाले लाभांशको ५०%…

1 मिनेट

पढ्ने समय

काठमाडौं : नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गको लघुवित्त संस्थाहरुको लाभांश वितरणमा थप कडाइ गरेको छ । केन्द्रीय बैंकले एकीकृत निर्देशनलाई संशोधन गर्दै लाभांशमा कडाइ गरेको हो । केन्द्रीय बैंकले २०% भन्दा बढि लाभांश वितरण गर्न निरुत्साहित गर्दै नयाँ व्यवस्था गरेको छ ।

जसअनुसार नगद र बोनससहित २०% भन्दा बढि लाभांश प्रस्ताव गर्ने संस्थाले लाभांशको ५०% हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । साथै, खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको ५% भन्दा कम भएका संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांश वितरण गर्न पाउने छैनन् ।

समग्रमा बुझ्नुपर्दा यस व्यवस्था अनुसार २०% भन्दा बढी लाभांश वितरण गर्न त पाइन्छ । तर यसका लागि अब केही थप नियामकीय प्रावधानहरु भने पूरा गर्नुपर्ने हुन्छ । औसतमा २०% लाभांश वितरण ठीकै हो । कम लाभांश वितरण गर्दा कम्पनीहरुको रिजर्भ थप दरिलो बनाउन भने सहयोग पुग्न सक्छ ।

\"\" \"\"

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच