-\’सेना समायोजन विशेष समिति प्रधानमन्त्रीको अध्यक्षतामा\’

Administrator@nepalchautari -लडाकुको व्यवस्थापन संविधान जारी गर्नु अघि -लडाकु सेनामा जान निश्चित मापदन्ड पुरा गर्नुपर्ने -प्रधानसेनापति कटवालको म्याद नथपिने रक्षामन्त्री विद्या भण्डारीले सेना समायोजन विशेष समिति प्रधानमन्त्रीको अध्यक्षतामा पुनर्गठन हुने बताएकी छिन्। रक्षा मन्त्तालयमा शुक्रबार पत्रकार सम्मेलन गरी भण्डारीले अघिल्लो सरकारले बसालेको परम्परा अनुसार नै प्रधानमन्त्रीको अध्यक्षतामा समिति पुनर्गठन हुनलागेको बताइन्। उनले समितिमा माओवादीलाई पचास प्रतिशत…

2 मिनेट

पढ्ने समय

Administrator@nepalchautari

-लडाकुको व्यवस्थापन संविधान जारी गर्नु अघि

-लडाकु सेनामा जान निश्चित मापदन्ड पुरा गर्नुपर्ने

-प्रधानसेनापति कटवालको म्याद नथपिने

रक्षामन्त्री विद्या भण्डारीले सेना समायोजन विशेष समिति प्रधानमन्त्रीको अध्यक्षतामा पुनर्गठन हुने बताएकी छिन्। रक्षा मन्त्तालयमा शुक्रबार पत्रकार सम्मेलन गरी भण्डारीले अघिल्लो सरकारले बसालेको परम्परा अनुसार नै प्रधानमन्त्रीको अध्यक्षतामा समिति पुनर्गठन हुनलागेको बताइन्। उनले समितिमा माओवादीलाई पचास प्रतिशत सदस्य दिन नसक्ने बताइन्। उनले भनिन्, \’मलाई माओवादीहरु सहमतीमा आउनु पर्छ भन्ने लाग्छ, किनभने उहाँहरुले राखेका दुवै अडान न्यायोचित छैनन्।\’ माओवादी नेतृत्वको सरकारले गठन गरेको सो विशेष समितिको अध्यक्ष तत्कालीन प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल थिए। विशेष समितिको अध्यक्ष नपाए समितिमा पचास प्रतिशत सदस्य पाउनुपर्ने दाबी नेता बाबुराम भट्टराईले अनमिनका अधिकारीहरु समक्ष गरेका थिए। माओवादीले केही दिनअघि एमालेसंगको द्वपक्षिय छलफलमा अध्यक्ष दाहाललाई बिशेष समितिको अध्यक्षमा निरन्तरताका लागि प्रस्ताव गरेका थिए। तर, त्यसमा सत्ता साझेदार काँग्रेस-एमाले सहमत भएका थिएनन्। मन्त्री भण्डारीले भने माओवादी नेतृत्वको सरकार हुँदा सुरुम गृहमन्त्रीको अध्यक्षतामा बिशेष समिति गठन गर्ने सहमती भएपछि पछि प्रधानमन्त्री आफैले आफ्नो नेतृत्वमा गठन गर्ने भनेकाले त्यसमा सहमत भएको बताइन् । पत्रकारहरुसँग रक्षामन्त्री भण्डारीले माओवादी सेनाका लडाकुहरुलाई नयाँ संविधानको घोषणा हुनुअघि नै व्यस्थापना गरिसक्नु पर्ने बताइन्। \’नयाँ संविधान निर्माणको लागि दुई वर्ष समय दिएर निर्वाचित गरिएको हो, समयमै संविधान बनाउनु सरकारको पहिलो काम हो\’ उनले भनिन्, \’त्यसअघि माओवादी सेनाका लडाकुको व्यवस्थापन गर्नुपर्नेछ।\’ उनले बिशेष समितिको निर्णयको आधारमा माओवादी सेनाको व्यवस्थापन हुने पनि बताइन्। \’त्यसमा लडाकुहरुको इच्छा र मुलुकको ऐन, कानुनलाई ख्याल गरिने छ\’ उनले भनिन्, \’उनीहरुको इच्छा अनुसार राष्ट्रिय सुरक्षा अंगमा जान उनीहरुलाई बन्देज लगाइने छैन, तर त्यसको स्थापित मापदण्ड भने पुरा गर्नुपर्छ।\’ अन्य सरकारी सेवामा जान चाहनेले पनि निश्चित मापदण्ड पुरा गर्नुपर्नेमा भन्डारीले जोड दिइन्। सेनापति रुक्माङ्गद कटवालले एक बर्षे पदावधी थप्नलाई प्रयास गरेको सम्बन्धमा पत्रकारले राखेको जिज्ञासाको भने उनले इन्कार गरिन्। \”कानुनले प्रधानसेनापतिको समय तीन बर्ष तोकेको छ\” भण्डारीले भनिन् \”त्यसबाट बाहिर जान मिल्दैन।\”


लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच