-संविधानसभा भंगको तयारी : भट्टराई

Administrator@nepalchautari विपक्षी एनेकपा माओवादीका नेता बाबुराम भट्टराईले संविधानसभा भंगको तयारी भइरहेको दाबी गरेका छन्। तनहुँको दुलेगौंडामा आयोजित आमसभामा भट्टराईले विश्वस्त स्रोतबाट संविधानसभा भंग गरी राष्ट्रपतिको..

1 मिनेट

पढ्ने समय

Administrator@nepalchautari

विपक्षी एनेकपा माओवादीका नेता बाबुराम भट्टराईले संविधानसभा भंगको तयारी भइरहेको दाबी गरेका छन्। तनहुँको दुलेगौंडामा आयोजित आमसभामा भट्टराईले विश्वस्त स्रोतबाट संविधानसभा भंग गरी राष्ट्रपतिको शासन लगाउने तयारी भएको जानकारी आफ्नो पार्टीले पाएको बताए।माओवादी तनहुँ क्षेत्र नम्बर ३ ले आयोजना गरेको आमसभामा भट्टराईले प्रधानसेनापति रुक्माङ्द कटवालको आडमा राष्ट्रपतिले सैनिक शासन लगाउन खोजेको बताए। उनले एमाले नेता माधव नेपाल नेतृत्वको सरकारलाई हटाएर राष्ट्रपति शासन लगाउने तयारी भइरहेको दाबी नेता भट्टराईले गरे।\”केपी र माधव गुटलाई विदेशी र दरबारीया चलाएका छन्। कटवालको बलमा राष्ट्रपति शासन लगाउने तयारी भइरहेको छ,\” नेता भट्टराईले भने, \”वंगलादेशमा झैं नागरिकलाई अगाडि देखाएर सैनिक शासन लगाउने प्रयास भइरहेको छ।\”उनले माओवादीलाई मुठभेडमा लाने कोशिष पनि भइरहेको बताए।  \”तेस्रो जन आन्दोलनका लागि तयार भएर बस्नुहोला,\” भट्टराईले आमसभामा भने। उनले २०१७ साल वा माघ १९ को तयारी भइरहेको जिकिर गरे। आमसभामा एमालेसहितका पार्टीबाट तीन सय कार्यकर्ता माओवादीमा प्रवेश गरेको जानकारी दिइएको थियो। भट्टराई माओवादीले सशस्त्र विद्रोहको पहिलो फौजी कार्वाही गरेको गोरखाको च्याङली गाउँ हुँदै तनहुँ पुगेका हुन्।

 

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच