कतारमा सेवा निवृत्ति उपदान (End of Service Gratuity) कसरि गणना गरिन्छ ?

कतारको श्रम कानुनले रोजगारदातालाई वार्षिक सेवा अवधिको आधारमा दिनुपर्ने उपदान आधारभूत तलबको २१ दिन भन्दा कम्ति दिन नपाइने भनेर स्पष्ट रुपमा भनेको भए पनि सेवा..

5 मिनेट

पढ्ने समय

कतारको श्रम कानुनले रोजगारदातालाई वार्षिक सेवा अवधिको आधारमा दिनुपर्ने उपदान आधारभूत तलबको २१ दिन भन्दा कम्ति दिन नपाइने भनेर स्पष्ट रुपमा भनेको भए पनि सेवा आवधिको आधारमा  २१ दिन भन्दा बढी दिनु पर्ने भनेर वाध्य  पारेको छैन। सेवा अवधिको आधारमा २१ दिन भन्दा बढीको उपदान लिन पाइदैन भनेर नभनेको भए  पनि दिनै पर्छ भनेर स्पष्ट नभनिएकोले यो विषय रोजगारदाता र कामदार बिचको आपसी समझदारी र सम्झौतामा उल्लेख भए अनुसार हुदै आएको पाइन्छ। कतिपय कामदारहरुमा ५ वर्ष सेवा पुरा भएपछी उपदानको गणना स्वत: २१ दिनबाट २८ दिन वा एवं रितले बढ्दै जान्छ भन्ने भ्रम भए पनि यो स्वत: बढ्ने नभई दुइ पक्षको समझदारीमा सम्झौता नविकरण र पुनरावलोकन भएको अवस्थामा बढन सक्ने कुरालाई भने कतारको श्रम कानुनले कहिँ कतै बन्देज लगाएको देखिदैन।

सेवा निवृत्ति उपदान (End of Service Gratuity) कतारको श्रम कानुनको एक अहम हिस्सा हो। यो कानुनले निश्चित अवधि सेवा गरेर निवृत्त हुन लागेका मजदुर कर्मचारुले पाउनु पर्ने न्युनतम रकमको सिमा निर्धारण गर्दछ। यस सम्बन्धि शर्त र सिमाहरु रोजगारीको सम्झौता पत्रमा उल्लेख गरिएको हुन्छ।सामान्यतया निम्न दुइ अवस्थामा उपर्युक्त सम्झौता स्वत: खारेज हुन्छ – १. सम्झौतामा उल्लेख भए अनुसारको रोजगारीको अवधि समाप्त भएमा, २.  सम्झौता अवधि सकिनु अगाडी नै नियम संग्गत रुपमा मजदुर तथा कर्मचारीले राजिनामा दिएमा वा रोजगारदाताले सेवाबाट बर्खास्त गरेमा । (राजिनामा तथा बर्खास्तीका सिमा र शर्तहरुको बारेमा यस भन्दा अघिल्लो लेखमा प्रष्ट पारिएको छ)

मासिक मासिक तलवका अतिरिक्त करारमा काम गर्ने कामदारहरु सम्झौता अवधि सकिए संगसंगै  केहि अतिरिक्त हर्जाना वा पुरस्कार ( Indemnity ) स्वरुप दिने ब्यबस्था गरिएको हुन्छ। यस्तो रकम सामान्यतया आधारभूत तलब ( अन्य भत्ता वा लाभांस लाइ छोडेर ) को आधारमा गणना गरिन्छ। कतारमा  लामो समय काम गरेका कामदारहरुले रोजागरी छोडेर जाँदा राम्रो र ठुलै रकम प्राप्त गर्ने सक्दछन।  जुन रकम उनीहरुको सेवा निवृत्त जीवनको भरणपोषणको लागि वा अन्य कुनै सानोतिनो ब्यबसाय गर्नको लागी सहयोगीशिद्ध हुन  सक्दछ। पुरस्कार ( Indemnity ) को बिमासंग सम्बन्धित नभएर कतारको कानुन अनुसार कुनै कामदारले कतारको लागि पुर्याएको लामो सेवा बापत धन्यवाद स्वरुप दिइने रकमको  रुपमा पनि लिन सकिन्छ। यसलाई end-of-service’ benefits पनि भन्ने गरिन्छ।

यस्तो रकम कसरि र कति दिनको दिने भन्ने कुरामा कतारको श्रम कानुनमा प्रष्ट लेखिएको भए पनि श्रम कानुनको पुरा अध्यन नगएर वा नबुझेर कतिपय कामदारहरुमा एक खालको भ्रम रहेको पाइन्छ।  जस्तो कि १ वर्षदेखि ५ वर्ष, १० वर्ष, १५ वर्ष वा त्यो भन्दा बढी सेवा अवधि भएका कामदारहरुले के कसरि गणना गरि यो रकम पाउने भन्नेमा द्विविधा रहेको पाइन्छ।  यस बिषयमा लेखको अन्त्यमा प्रष्ट पार्ने कोशिस गरिएको छ।

सेवा निवृत्ति उपदान गणना विधि :

केश १ : यदि कामदारले रोजगारदाताको लागि लगातार ५ वर्ष भन्दा कम्ति सेवा गरेको रहेछ भने उसको आधारभूत तलबको प्रति वर्ष सेवा गरे वापत ३ हप्ता अर्थात २१ दिनको दरले गणना गरिने छ।

जस्तो कि – आधारभूत तलब भागा ३०. ४१६  ( १ महिना बराबर ३०. ४१६  दिन  ) गुणा २१ दिन = एक वर्ष सेवा अबधिको उपदान।

उदाहरणको लागि यदि कामदारको आधारभूत तलब १००० रहेछ भने ३ वर्ष सेवा अवधिको उपदान निम्नानुसार हुन्छ १०००/३०. ४१६ = ३२.८७ ( एक दिनको उपदान )

३२.८७ x २१ = ६९० ( एक वर्षको उपदान )

६९० x ३ = २०७० ( तिन वर्षको उपदान )

 

केश २  : यदि कामदारले रोजगारदाताको लागि लगातार ५ वर्ष भन्दा बढी र १० वर्ष भन्दा कम्ति सेवा गरेको रहेछ भने उसको आधारभूत तलबको प्रति वर्ष सेवा गरे वापत ४ हप्ता अर्थात २८  दिनको दरले गणना गरिने छ।

जस्तो कि – आधारभूत तलब भागा ३०. ४१६  ( १ महिना बराबर ३०. ४१६  दिन  ) गुणा २८ दिन = एक वर्ष सेवा अबधिको उपदान।

उदाहरणको लागि यदि कामदारको आधारभूत तलब १००० रहेछ भने ८  वर्ष सेवा अवधिको उपदान निम्नानुसार हुन्छ १०००/३०. ४१६ = ३२.८७ ( एक दिनको उपदान )

३२.८७ x २८ = ९२० ( एक वर्षको उपदान )

९२० x ८ = ७३६० (आठ वर्षको उपदान )

केश ३   : यदि कामदारले रोजगारदाताको लागि लगातार १० वर्ष वा सो भन्दा माथि सेवा गरेको रहेछ भने उसको आधारभूत तलबको प्रति वर्ष सेवा गरे वापत ५  हप्ता अर्थात ३५  दिनको दरले गणना गरिने छ।

जस्तो कि – आधारभूत तलब भागा ३०. ४१६ ( १ महिना बराबर ३०. ४१६ दिन  ) गुणा ३५ दिन = एक वर्ष सेवा अबधिको उपदान।

उदाहरणको लागि यदि कामदारको आधारभूत तलब १००० रहेछ भने १५  वर्ष सेवा अवधिको उपदान निम्नानुसार हुन्छ

१०००/३०. ४१६ = ३२.८७ ( एक दिनको उपदान )

३२.८७ x ३५  = ११५०  ( एक वर्षको उपदान )

११५० x १५  = १७२५० (पन्ध्र वर्षको उपदान )

 

कतारको श्रम कानुनमा उल्लेख भए अनुसार यस्तो उपदान रकम सम्झौता समाप्त भएर कामदार जाने बेलामा भुक्तानी गर्नु पर्ने ब्यबस्था भए पनि कतारमा स्थापित  कतिपय ठुला साना कम्पनीहरुले कामदारको सेवा अवधिको अन्त्यमा एकै पटक दिनु पर्ने ठुलो धनराशिबाट छुटकारा पाउनको लागि वार्षिक रुपमा वा  कामदार छुट्टी जाने बेलामा भुक्तान गर्दै जाने अभ्यास पनि रहेको पाइन्छ।

 

अब अन्त्यमा सबैभन्दा महत्वपूर्ण र सबैले बुझ्नै पर्ने कुरा के छ भने, माथि जे भनिएको भए पनि कतारको श्रम कानुनले रोजगारदातालाई वार्षिक सेवा अवधिको आधारमा दिनुपर्ने उपदान आधारभूत तलबको २१ दिन भन्दा कम्ति दिन नपाइने भनेर स्पष्ट रुपमा भनेको भए पनि सेवा आवधिको आधारमा  २१ दिन भन्दा बढी दिनु पर्ने भनेर वाध्य  पारेको छैन। सेवा अवधिको आधारमा २१ दिन भन्दा बढीको उपदान लिन पाइदैन भनेर नभनेको भए  पनि दिनै पर्छ भनेर स्पष्ट नभनिएकोले यो विषय रोजगारदाता र कामदार बिचको आपसी समझदारी र सम्झौतामा उल्लेख भए अनुसार हुदै आएको पाइन्छ। कतिपय कामदारहरुमा ५ वर्ष सेवा पुरा भएपछी उपदानको गणना स्वत: २१ दिनबाट २८ दिन वा एवं रितले बढ्दै जान्छ भन्ने भ्रम भए पनि यो स्वत: बढ्ने नभई दुइ पक्षको समझदारीमा सम्झौता नविकरण र पुनरावलोकन भएको अवस्थामा बढन सक्ने कुरालाई भने कतारको श्रम कानुनले कहिँ कतै बन्देज लगाएको देखिदैन। अर्को महत्वपूर्ण कुरा उपदानको गणना गर्दा कमादारको शुरुवाती महिनाको आधारभूत तलबको आधारमा नभई अन्तिम महिनाको आधारभूत तलबको आधारमा हुनु पर्दछ।

आशा छ मैले यहाहरुको द्विविधा र जिज्ञासालाई दुर गर्ने प्रयासमा सफल भए होला।  यदि अझै पनि कुनै द्विविधा र जिज्ञासा भए  तलको कमेन्टमा लेख्नुहोला वा ghorepanionline@gmail.com मा आफ्ना जिज्ञासा लेखि पठाउनुहोला सम्बधित विज्ञहरुबाट समाधान खोजि यहि प्रकाशित  गरिनेछ।

 

 

 

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच