-सुन्धारा हुलाक कार्यालयमा कार्गो गरी पठाएको सामान छुटाउन जाँदा मैले पाएको हैरानी र दुःखको छोटो बयान।

 -अजय कुँवर • आफ्नो कार्टून हेर्छु त उस्तै ताल। एकातिर साइडबाट सरक्क खोलेर अर्कै टेप लगाको रहेछ। त्यो देखेपछि त मलाई झन् रिसको पारो चढ्न थाल्यो। पक्कै पनि सामान निकालेछन्। • अनि भन्न थाले वेइट नाप्नुन वेइट तपाईँलाई सन्का लाग्यो भने। मैले भनेँ वेइट त तपाईंले ढुङ्गा हालेर पनि समान बनाउनु सक्नुहुन्छ। म खोलेर हेर्छु…

7 मिनेट

पढ्ने समय

 -अजय कुँवर

• आफ्नो कार्टून हेर्छु त उस्तै ताल। एकातिर साइडबाट सरक्क खोलेर अर्कै टेप लगाको रहेछ। त्यो देखेपछि त मलाई झन् रिसको पारो चढ्न थाल्यो। पक्कै पनि सामान निकालेछन्।
• अनि भन्न थाले वेइट नाप्नुन वेइट तपाईँलाई सन्का लाग्यो भने। मैले भनेँ वेइट त तपाईंले ढुङ्गा हालेर पनि समान बनाउनु सक्नुहुन्छ। म खोलेर हेर्छु के के हराएको छ भनेर। अनि उनीहरु पल्याक पुलुक हेर्दै भन्नथाले, तपाईंले यहाँ खोल्न पाउनुहुन्न।
• राजस्व तिर्न आँट्दा ऊ अस्ति झगडा गर्ने भाइ ऊ नै हो भन्न थाले। भाइले झगडा नगरेको भए यत्रो पैसा त तिर्नै पर्दैनथ्यो भन्न थाले
• मसँगै अर्को एक जना केटी साथी पनि गएकी थिइन्। एउटा कर्मचारीले उनलाई तिमी त कस्ती राम्री “आर यु हिज वाइफ” भन्न भ्याइ हालेछ। उसले हैन साथी हो भने पछि त अस्ति त अर्कैसँग आएको थियो भनेर पो पोल लगाउन खोजेछ। क्या अचम्म बा, किन त्यसो भन्नुपरेको !

\"\"

कुरा मार्च २००९ को हो म जर्मनीबाट पीएचडी सकेर नेपाल फर्कँदै थिएँ। जर्मनीबाट सँधैको लागि विदाबारी हुनु थियो। त्यसैले सामान अलि बढी नै थियो, प्लेनमा दिने लगेजको भारभन्दा बढी। अनि २० केजी सामान DHL बाट पठाउने सुर कसेँ। DHL बाट पठाउँदा अलि बढी तिर्नु परे पनि महत्वपूर्ण सामान भएको हुनाले २० केजी सामान एउटा कार्टुनमा पोको पारेर जर्मनीको पोस्ट अफिस भौतारिँदै पुगेँ।अफिसको मान्छेले साधारण DHL बाट पठायो भने ८५ युरो अनि एक्स्प्रेस DHL बाट पठायो भने १५० युरो भनेपछि किन बढी पैसा तिर्ने भन्दै ८५ युरोको स्किमबाट सामान पठाएँ। ८५ युरोको स्किममा चाँही आफूले पिकअप गर्नुपर्ने थियो। ल ठीकै छ नि त आफू नै लिन जानुपर्ला DHL अफिस काठमाडौंमा भन्दै जर्मनीबाट बिदाबारी भएँ।

काठमाडौं बाहिर घर भएकोले काठमाडौंमा एक हप्ता बसेर सामान बुझ्दै विराटनगर फर्किनुपर्ला भन्ने योजना बनाएँ। हप्ता दिन बित्यो। तर DHL बाट फोन आएन। अब कति काठमाडौंमा बसिरहने ! त्यो पनि अरुको डेरामा। आफूलाई पनि अप्ठ्यारो अरुलाई पनि अप्ठ्यारो।१०-१२ दिनपछि सुन्धारा पोस्ट अफिसबाट फोन आयो- तपाईंको सामान लिन आउनु भनेर। छक्क परेँ- किन सामान पोस्ट अफिसमा पठायो DHL ले भनेर। तैपनि धन्न सामान त आएछ भनेर चित्त बुझाउँदै लिन पुगेँ सुन्धारा।त्यहाँ काम गर्ने कर्मचारीलाई सोधेँ- मेरो सामान आयो रे जर्मनीबाट। उनले खै आको छैन होला, तपाईंलाई फोन आको थियो र भन्न थाल्यो। अनि मैले मलाई फोन आको थियो र त म यहाँ सामान आयो भनेर थाहा पाएर आएको भनेपछि बल्लतल्ल आनाकानी गर्दै ल भित्र सोध्नुपर्छ भन्दै भित्र गयो। त्यतिन्जेल मैले बुझिसकेको थिए यहाँको छाँट्काँट् के रहेछ भनेरर। शायद पैसा खान खोजेको होलान् जस्तो लाग्यो। अनि म पनि ऊसँगै भित्रै लागेँ। उसले यति नम्बरको सामान आयो रे भनेर सबैलाई सोधे जस्तो गर्‍यो। सबै आ-आफ्नै धुनमै मस्त। अनि सरलाई सोध्नू भनेर हिँड्यो ऊ चाँही। त्यहाँ अफिसर जस्तो अधबैसे मान्छेले तपाईंको सामान कहाँबाट आउनु पर्ने भनेर सोध्यो। मैले जर्मनीबाट भने पछि खै आको छैन होला, आको छैन जस्तो छ भन्दै आनाकानी गर्न थाल्यो ।त्यतिन्जेल मेरो रिसको पारो बढ्दै थियो। त्यसमाथि हेर्छु त त्यहाँ भएका कार्टून सबै टुटेफुटेका एकातिरबाट खोलेका। अनि मैले अलि कडा तरिकाले मेरो फोन आएर त म यहाँ आएको नभए म कसरी यहाँ आउथेँ त भनेपछि बल्ल फाइल पल्टायो। अनि ल सामान आको रहेछ यहाँ साइन गर्नू भन्यो र सामान खोज्न भन्यो अर्को साथीलाई।आफ्नो कार्टून हेर्छु त उस्तै ताल। एकातिर साइडबाट सरक्क खोलेर अर्कै टेप लगाको रहेछ। त्यो देखेपछि त मलाई झन् रिसको पारो चढ्न थाल्यो। पक्कै पनि सामान निकालेछन्। किनकि मलाई थाहा थियो पोस्ट अफिसमा यस्ता धेरै घट्ना हुन्छन्। बाहिरबाट सामान आयो कि महँगो महँगो सामान लुकाएर अरु अरु रड वा छड हालेर सामा्नको वजन उत्तिकै छ भनेर देखाउने प्रवृत्ति हुन्छ भनेर सुनेको थिएँ। मेरो कार्टून किन यसरी एकातिरबाट खोलेको भनेर सोद्धा जवाफ अपेक्षा गरे अनुसार नै थियो हाम्रोमा सामान एक्कै चोटि आउँछ। कार्गोबाट ल्याउँदा अलि अलि टुट्फुट त भइहाल्छ नि। अनि भनेँ सानोतिनो टुट्फुट हुनु त स्वभाविक नै हो तर यस्तै एकातिरबाट सरक्क खोलेर एक्स्ट्रा टेप त लाको हुँदैन नि, छेउछाउबाट कुना काप्चा फुटेकोभा त ठिकै थियो। मलाई थाहा छ मैले कसरी टेप लगाएको थिएँ, कसरी प्याक गरेको थिएँ, अनि भित्र एक एक सामान के के छ भनेर।उनीहरुको बानी के रहेछ भने सामान बाहिरबाट आउँदा अर्कै मान्छे लिन आउने भएकोले उसलाई थाहा हुँदैन कसरी प्याक गरेको हुन्छ भनेर। अनि भित्रको महँगो इल्क्ट्रोनिक् सामान निकाली एक्स्ट्रा रड हालेर समान वजन बनाउँदा रहेछन्। अनि भन्न थाले वेइट नाप्नुन वेइट तपाईँलाई सन्का लाग्यो भने। मैले भनेँ वेइट त तपाईंले ढुङ्गा हालेर पनि समान बनाउनु सक्नुहुन्छ। म खोलेर हेर्छु के के हराएको छ भनेर। अनि उनीहरु पल्याक पुलुक हेर्दै भन्नथाले, तपाईंले यहाँ खोल्न पाउनुहुन्न।मैले भनेँ, किन नपाउने ? मेरो आफ्नो सामान मैले हेर्न नपाउने ?कोठा बाहिर लगेर हेर्छु भन्दा पनि नपाउने रे। अनि मलाई शंका अझै लाग्न थाल्यो। किनकि भित्र केही इलेक्ट्रिक् हिटर अनि वायरलेस हेड्सेटहरु पनि थिए। अनि आफन्तहरुलाई केही उपहारसमेत। त्यसपछि बहसले अलि चर्को रुप लिन थाल्यो। १०-१२ जना कर्मचारी जम्मा भएर तपाईं यहाँ चेक गर्न पाउनुहुन्न, भन्सारको एक जना कर्मचारी लिएर आउनुस्, अनि उसको अगाडि मात्र सामान खोल्न पाइन्छ भन्न थाले। ल म चिन्दिनँ कसैलाई तपाईं बोलाइदिनुस् न त भन्दा हुँदैन रे। तपाईँ आफै यो नाम गरेको ब्यक्तिलाई लिएर आउनुस् भने पछि सायद नियम नै यस्तो होला भनेर म हान्निएँ अर्को कोठामा बस्ने भन्सारको कर्मचारीलाई खोज्न।त्यहाँ जान्छु ताल उस्तै, यो नाम गरेको कर्मचारी कहाँ हुनुहुन्छ भन्दा अहिले भर्खर यहाँ हुनुहुन्थ्यो खै कता लाग्नु भएछ भन्न थाले। अनि एउटा (त्यो पनि फटाहा कर्मचारी नै होला) ले म देखाइदिन्छु भन्दै एक छिन भित्र बाहिर घुमायो। त्यतिन्जेल मेरो आँखा सामान भएको कोठामा पनि हेर्दा त्यहाँ भएका कर्मचारीहरु चोर जस्तै पल्याक पुलुक हेर्दै बाहिर भित्र बाहिर भित्र गर्दै थिए। शायद त्यति नै खेर मेरो सामान फेरि पहिला कै ठाउँमा हालेको हुनुपर्छ। बल्ल १५-२० मिनेट पछि त्यो कर्मचारी ती नजिकै पो रहेछन्। मैले सोध्दा कसैले बताएनन् सबै चुपचाप, लाग्थ्यो। त्यहाँ एउटा गिरोह नै थियो पैसा र सामान खानेहरुको।अनि उसलाई लिएर सामान भएको कोठामा जान्छु त सबै जना त्यहीँ बसिरहेका। अनि सामान जस्ताको त्यस्तै बनाए पछि त उनीहरुको बोली ठूलो भइहाल्यो, सबै खनिए मसँग, बाहिर ल्याएर एक एक चेक गर्नुस् भन्दै सबैको भन्सार कटाउनुस् भन्दै ठूलो ठूलो स्वरले भन्सारको कर्मचारीलाई भनेजस्तो गरेर मलाई गाली गर्न थाले। एउटाले भन्न थाल्यो, तपाईं मान्छे ठूलै होला कि तर यसरी हामीलाई चोर भन्न पाउनुहुन्न। मैले भनेँ, मैले कहाँ चोर भनेको हो त, मेरो कार्टून पो किन फोरियो भनेको। अनि अघिको तल्लो तहको कर्मचारीले एक एक सामान निकाल्न थाल्यो- लुगादेखि खाली सीडीसम्म। अनि अर्को गर्जियो- यो खाली सीडी गन्नुस् कतिवटा छ। सबैको राजस्व लेख्नुस्। सबै सामान भेटिए पछि अलि नम्र स्वरले म एक-एक सामानको राजस्व तिर्छु तिर्नुपर्‍यो भने तर यो कार्टून फोड्ने प्रवृत्ति बन्द गर्नुपर्‍यो भनेँ। अर्कोले कच्याककुचुक परेको कार्टून ल्याएर भन्न थाल्यो- ल हेर्नुस् यस्तो पनि हुन्छ। तपाईंको त सद्दे नै छ। यसरी तपाईंले हामीलाई आरोप लाउने ?अब कति कराउनु। मैले चुप लाग्नु नै ठीक ठानेँ। किनकि म तल परिसकेको थिएँ। अनि अर्को कोठामा गएर बिल बनाउँदा झन्डै १००० रुपैयाँको बिल बन्यो। मसँग ६-७०० मात्र थियो। अहिले बैंकबाट युरो साट्छु भनेर हिँडेको न्युरोडका बैंकहरु सबै बन्द। साढे ४ बजिसकेको थियो। अनि म फर्केर म पर्सि आउँछु भनेँ। भोलिपल्ट बन्द थियो सरकारी कार्यालयहरु। अनि अर्कोले पेच हानिहाल्यो आज त हामीलाई चोर लाउने पर्सि झन् कसरी पत्याउनु हुन्छ सामान हराएको छैन भनेर। अनि म पनि के कम, पर्सि आउँछु अनि फेरि चेक गर्छु भनेँ हाँसीहाँसी।

पर्सिपल्ट फेरि पुगियो उही अफिस। अनि राजस्व तिर्न आँट्दा ऊ अस्ति झगडा गर्ने भाइ ऊ नै हो भन्न थाले। भाइले झगडा नगरेको भए यत्रो पैसा त तिर्नै पर्दैनथ्यो भन्न थाले एउटा भन्सारको कर्मचारी। म चाँही राजस्व तिर्नु परे तिरिन्छ तर एकचोटी बोलेको कुराबाट पछाडि हटिँदैन त्यो पनि जायज कुरामा भन्दा चुप लागे तिनी पनि। अनि सम्झिएँ यी इलेक्ट्रोनिक सामान आफूसँगै ल्याउन त सक्थेँ तर दिल्लीको रूट परेको हुनाले दिल्लीका चोरहरुलाई पैसा बुझाउनु भन्दा त DHL बाट पठाउँदा नेपाल एअरपोर्टको कार्गोमा राजस्व बुझाउनु परे पनि आफ्नै देशको सरकारलाई कर तिर्नु राम्रो।

मसँगै अर्को एक जना केटी साथी पनि गएकी थिइन्। एउटा कर्मचारीले उनलाई तिमी त कस्ती राम्री “आर यु हिज वाइफ” भन्न भ्याइ हालेछ। उसले हैन साथी हो भने पछि त अस्ति त अर्कैसँग आएको थियो भनेर पो पोल लगाउन खोजेछ। क्या अचम्म बा, किन त्यसो भन्नुपरेको ! न म सँगै अस्ति कोही आएको थियो, न उनीहरुले त्यस्तो देखेका थिए। सिग्रेट र पूरै बिल्डिङ चर्पीको गन्धले बस्न नसकेर उनी बाहिर निस्किँदा पो मैले थाहा पाएँ उनीहरुले यसो यसो भन्न भ्याएछन् भनेर। सामान आइपुगेपछि काठमाडौंमा कति शरणार्थी बनेर बस्नु भनेर म पनि विराटनगर हानिएँ।

आजकाल अमेरिकामा साथीहरुले नेपाल बसाइँ कस्तो रह्यो भनेर सोध्दा उही नानीदेखि लागेको बानी आइहाल्दोरहेछ, ठीकै अनि राम्रै नै। जति तीतो अनुभव, बन्द र चक्कजाम अनि आफन्तको बिछोड खेपे पनि आखिर मातृभूमिको माया त लागिहाल्दो रहेछ। नेपाल बसाइँ कसरी नराम्रो भन्ने ~ !!!

[तपाईँका पनि यस्तै अनुभव छन् भने हामीलाई लेख्‍नुस्-giritnt@yahoo.com)

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच