-लोग्ने मान्छेको कमजोरी भन्नु नै स्त्री हो

                      कुरा केही बर्ष अगाडिको हो। म काम बिशेष ले म्याग्दी जिल्लाको गुर्जा भन्ने अती बिकट गाउमा गएको थिए। सदरमुकाम बाट झन्डै १९ घण्टा हिंडेपछी बढो मुस्किलले गाउमा त पुगियो तर चिने जानेका मान्छे पनि कोही नभएका र गाउमा बस्नको लागि होटेल लज हरुको पनि ब्यबस्था नभएकोले म र मेरो साथी घनश्याम खड्का(जो अहिले कान्तिपुरका…

3 मिनेट

पढ्ने समय

\"Tham-3\"                      कुरा केही बर्ष अगाडिको हो। म काम बिशेष ले म्याग्दी जिल्लाको गुर्जा भन्ने अती बिकट गाउमा गएको थिए। सदरमुकाम बाट झन्डै १९ घण्टा हिंडेपछी बढो मुस्किलले गाउमा त पुगियो तर चिने जानेका मान्छे पनि कोही नभएका र गाउमा बस्नको लागि होटेल लज हरुको पनि ब्यबस्था नभएकोले म र मेरो साथी घनश्याम खड्का(जो अहिले कान्तिपुरका म्याग्दी सम्बाद्ताता छन)गाउकै एक राजनैतीक पार्टीका कार्यकर्ताको घरमा बस बस्न पुगेउ।स्थानय निर्वाचनको चटारोले गाउ पुरै चुनावमाय भएको थियो र हामी पनि चुनावी कामकै लागि तत्कालिन म्याग्दी जिल्लाका मानानीय निल बहादुर तिलिजा पुन को निर्देसनमा गुर्जा गाउको रजनैतीक परिस्थिती बुझ्न त्याहा पुगेका थियौ।दिनभरीको हिडाइले गलेकोले बेलुका भुसुक्कै निदाइएछ,बिहान उठेर दिशा पिसाबको लागि गाउमा घर घर म चर्पिको ब्यबस्था नभएकोले गर्दा म गाउदेखी निकै टाढाको जंगली खोल्सामा पुगेर बासस्थान तिर फर्कदै गर्दा एउटा घरको नजिकै बस्तु भाउको गोठ्मा एक जोडी श्रीमान श्रीमती झगडा गर्दै गरेको देखे,अपरिचित ठाउँ त्यस्मा पनि लोग्ने श्वास्नीको झगडा परालको आगो भन्ने सम्झिएर म सरासर आफ्नो बाटो लाग्दै थिए तर उनिहरुको झगडा शान्त हुनुको साटो बढदै गैरहेको थियो। त्यसैले म पनि बाटोको डिलमा उभिएर कुरा के रहेछ भनेर बुझ्ने बिचारले उनिहरुको झगडा सुन्न थाले,तेतिबेला सम्म गाउका अरु मनिस हरु पनि भेला भाईसकेका थिए। कुरा के रहेछ भने श्रीमतिको बानी अली खराब रहेछ र त्यो कुरा उनी पनि स्विकार गर्न हिच्किचाउदी रहिनछिन,उनी आफ्नो लोग्ने घर नभएको बेला घरमा भएका चिजबिज बस्तुभाउ बेचिदिदी रहिछन र श्रीमनलाई थाहै नदिएर पैसा खर्च गर्दिरहिछन। हिजै मात्र पनि उन्ले एक जब्बर गोरु बेचिछिन लोग्नेलाई थाहै नदिकन,त्यो कुरा उनले बेलुकामा श्रीमानले उनिसँग यौन संपर्क गर्न खोज्ने बेलामा शर्तको रुपमा मलाई एउटा कुरा दिने भए मात्रा दिन्छु नत्र दिन्न भनेर भनिछन,यौन उन्माद्ले मत्त भएको बेलामा श्रीमानले भनेछ कि हुन्छ बाबा जे मागे पनि दिन्छु तर अहिले यो अगुल्टो निभाउन देउ तेस्पछी तिम्रो माग भोली बिहान पुरा गरिदिउला भनेर भनेछ।त्यसपछी दुबै जना सन्तुस्ट हुन्जेल सम्म यौन संपर्क गरे पछी श्रीममान श्रीमती दुबै सुतेछन।बिहान श्रीमान चाँही घाँसपात गर्न गोठ्मा जड सबै भन्दा मन परेको र जब्बर गोरु नदेखे पछी श्रीमतिलाई गोरुको बारेमा सोधेछ तर श्रीमतिले त्यो गोरु बेचिसकेको कुरा गरेपछी श्रीमान चाँही रिस्ले पगल भएको रहेछ। तर श्रीमती चाँही उनले श्रीमान्लाई सोधेर नै आफुले गोरु बेछेको कुरा गर्दैथीन जबकी श्रीमान चाँही आफुले कहीलेइ पनि उन्लाई त्यो गोरु बेच्ने अनुमती नदिएको कुर गर्दै थिए,भने श्रीमती चाँही आफुले अनुमती लिएर नै गोरु बेछेको र श्रीमान झुट बोलिरहेको कुरा गर्दै थीन। श्रीमान भने रिश्ले चुर हुँदै श्रीमतिलाई भर्खरै घर छाडेर जान र अब आइन्दा घरमा फर्किएर नआउन भनीरहेका थिए। हामी भने ति दम्पतिको झगडाको मुख्य बिसय नै नबुझेर अल्मल पारीरहेका थियौ। तेतिनै बेला श्रीमती चाँही आफ्ना पोका पन्तउरा समातेर बाहिर निस्किएर लोग्नेलाई भनिन कि-ल म अब गए तिमीले आँफैले बोलेको कुरा पनि पुर्याउन सक्दैनौ भने तिमी सँग बस्नु भन्दा त बेनी(सदरमुकाम)गएर भाडा माझेर भए पनि ज्यान पाल्न त सकिहाल्छु नि,हिजो राती गर्ने बेलामा हुन्छ भन्छ अहिले गरिसके पछी चाँही होइन र?यत्रा गाउलेको अगाडि मैले कसरी भन्ने त्यस्तो कुरा?जाबा एकपटक गर्नको लागि त के मागेको थाहा नै नपाई जे मागे पनि दिन्छु गर्न देउ भन्ने ले अझ मलाई घर छाडेर जा रे,हेरौला कती दिन हुदो रहेछ म नभैकन त्यो अगुल्टोलाई?श्रीमतिको यती कुरा सुनेपछी श्रीमान चाँही पुर रिस एकै पटक भुलेर मुसुक्क हाँस्दै ,ए!त्यो कुरा पो रहेछ,अगिनै भनेको भए त किन यात्रो रडाको हुन्थ्यो र?जाउ भित्र,मा त कुरै नबुझेर पो रिसएको रहेछु। त्यस्पछी श्रीमान श्रीमती अङगालो हाल्दै भित्र गए र म पनि लोग्न मान्छेलाई यौनले कती निरिह र दास बनाएको रहेछ भन्ने सोच्दै आफ्नो बासस्थान तिर लागें। यो त एउटा सानो उदाहरण मात्रा हो र त्यो पनि श्रीमान श्रीमतिको बिचमा। यो संसारमा एउटी चरित्र हिन क्लिवपेत्रा जस्ता आईमाईका लागि दशकौ सम्म युध्ह भएको र तेस्मा हज्जारौ लोग्ने मान्छे हरु मारियाको इतिहाँस पनि हामीले नपढेका होइनौ। के आईमाई नै लोग्ने मान्छेको सबै भन्दा ठुलो कम्जोरी होइन त?

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच