-कहीं नभएको जात्रा हाँडी गाँउमा भनेको यही होला है !

Administrator@nepalchautari नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको सामान चोरी हुने गुनासो धेरै आउने गर्छ। त्यसैगरी यात्रुहरुले पनि धेरै झण्झट बेहोर्नुपरेको छ।  एक पाठक बीना गिरीले त नेदरल्यान्ड जाने क्रममा आफूले भोग्नुपरेको झण्झटको बेलिबिस्तार नै  लगाएकी थिइन्। केही अघि विदेशमा जान लागेका एक यात्रुसँग एक लाख रुपैयाँ घुस मागेको र विरोध गरेपछि खुरुक्क जान दिएको कुरा पनि…

1 मिनेट

पढ्ने समय

Administrator@nepalchautari

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको सामान चोरी हुने गुनासो धेरै आउने गर्छ। त्यसैगरी यात्रुहरुले पनि धेरै झण्झट बेहोर्नुपरेको छ।  एक पाठक बीना गिरीले त नेदरल्यान्ड जाने क्रममा आफूले भोग्नुपरेको झण्झटको बेलिबिस्तार नै  लगाएकी थिइन्। केही अघि विदेशमा जान लागेका एक यात्रुसँग एक लाख रुपैयाँ घुस मागेको र विरोध गरेपछि खुरुक्क जान दिएको कुरा पनि आएको थियो।

धेरै समयदेखि सुतिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सोमबार के जाँगर चलेछ कुन्नि, त्रिभुवन विमानस्थल, नेपाल वायुसेवा निगम र नागरिक उड्ययन प्राधिकरणलाई निर्देशन दिएछ। कस्तो निर्देशन दिएछ हेर्नुस् न-

-त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुको सामान चोरी नियन्त्रण गर्नका निमित्त कर्मचारीलाई खल्ती नभएको युनिफर्म अनिवार्य लगाउने व्यवस्था कडाइका साथ लागू गरी चोरी कार्यको नियन्त्रण गर्नू

-वैदेशिक यात्रामा जाने क्रममा गलत विवरण पेस गरी गलत व्यक्ति पनि यात्रामा जान सक्ने प्रवृत्तिको नियन्त्रण गर्नू

-सही व्यक्तिले सहजरूपमा वैदेशिक यात्रामा जान पाउने व्यवस्था मिलाउनू।

-यात्रुको ट्राभल डकुमेन्टमा कुनै समस्या आएर प्रस्थान रोक्नुपर्ने अवस्था आएमा कारणसहित लिखित जानकारी दिनू, मुखै जान पाइन्न भनेर रोक लगाउने प्रवृत्ति पूर्ण रुपमा अन्त्य गर्नू।

लौ यी सब निर्देशन लागू भइदिए त यात्रुहरुलाई हाइसञ्चै हुन्थ्यो नि, हैन ?

बरु एउटा निर्देशन चाहिँ आफ्नै कर्मचारीलाई पनि दिए हुन्थ्यो- अख्तियारको वेबसाइटमा आफ्नै प्रेस विज्ञप्ति अपडेट नभएको सात महिना भइसक्यो। कतै त्यहीँ पनि भ्रष्टाचार त भएन ? लौ खोज्नुस् है खोज्नुस् \":)\"

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच