-फेरी अर्को एउटा सम्बेदनहिन हत्या

Administrator@nepalchautari सुन्दा मात्रै पनि आङ सिरिङ हुने एउटा अत्यन्तै डरलाग्दो हत्याको घटना भएको छ राजधानीमा। कालिमाटीको जेसीआरसी कलेज पढ्ने १९ वर्षकी एक किशोरी ख्याति श्रेष्ठलाई अपहरण गरेको १७ दिनपछि हिजो लाश भेटिएछ। त्यो पनि पापीले पाप लुक्छ भन्ठानेर होला, टाउको र कम्मरमुनिको भाग काटेर खोल्सामा गाडेको रहेछ। आज पूरै काठमाडौँ यो खबरले स्तब्ध भयो। कलेजका…

2 मिनेट

पढ्ने समय

Administrator@nepalchautari

सुन्दा मात्रै पनि आङ सिरिङ हुने एउटा अत्यन्तै डरलाग्दो हत्याको घटना भएको छ राजधानीमा। कालिमाटीको जेसीआरसी कलेज पढ्ने १९ वर्षकी एक किशोरी ख्याति श्रेष्ठलाई अपहरण गरेको १७ दिनपछि हिजो लाश भेटिएछ। त्यो पनि पापीले पाप लुक्छ भन्ठानेर होला, टाउको र कम्मरमुनिको भाग काटेर खोल्सामा गाडेको रहेछ। आज पूरै काठमाडौँ यो खबरले स्तब्ध भयो। कलेजका केही साथीहरुले सडकमा उत्रेर न्यायको माग गरे। बिचरा उनीहरु। उनीहरुले गर्न सक्ने त्यति मात्रै थियो। तर जनताका लागि राजनीति गरेको भन्ने दलका नेताहरुले एक शब्द बोल्न आवश्यक ठानेनन्। मानौँ, सारा नेपालीलाई मनमा छोएको यो घटनाले उनीहरुको गैँडे छालालाई भेदन सकेको थिएन। कारण, ख्याति कुनै दलकी सदस्य थिइनन् !

उनको हत्यामा संलग्न भनी प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको एक व्यक्ति उनकै शिक्षक रहेछन्। उनलाई पक्रेपछि बल्ल हिजो उनैले देखाएको ठाउँमा खोज्दा लाश भेटिएको रहेछ।

नरदेबीमा डेरा गरी बस्ने ४२ वर्षका विरेन श्रेष्ठ (प्रधान) उनलाई ट्युसन पढाउने शिक्षक रहेछन्।
\"\"

अनि हत्यामा संलग्न भनी पक्राउ परेका अर्का चाहिँ १६ वर्षकी मेरिना शाक्य रहिछिन्। आम्मै नि, १६ वर्षकीलाई के त्यस्तो परेछ र यस्तो जघन्य पाप काममा लागिछिन् ! मेरिना र वीरेनले मिलेर हत्या गरेको प्रहरीले बताएको छ।

विराटनगर घर भएकी ख्यातिलाई परिवारले पढाउन कै लागि काठमाडौँ ल्याएका थिए। उनी एक्ली छोरी रहिछिन्। पापीहरुले अपहरण गरेर १० लाख रुपैयाँ फिरौति मागेर पनि पैसा लिइसकेर पनि पोल खुल्ने डरले त्यसरी निर्दयी किसिमले हत्या गरेका रहेछन्।
\"\"
नालायक दलहरुको चाला देखियो, अब कानुनले उनीहरुलाई अर्को फेरि त्यस्तै अपराधी जन्मन नसक्ने गरी सजाय दिएन भने यो देशमा जंगली कानुन लागू होला भन्ने डर छ। अनि त्यति बेला भीडले अपराधीलाई कुटी कुटी मार्लान् भन्ने डर छ। जस्तो आज एउटा भीडले गर्‍यो। यो घटनाको समाचार अन्नपूर्ण पोस्टले छाप्दा “प्रहरीले ललितपुरको बुङगमतीस्थित एक घरबाट एक युवतीको शरीरको गिंड बरामद गरेको छ ” भनेर लेखिदिएछ। बुङ्गमतीका स्थानीय बासिन्दाहरुले आफूहरुलाई बदनाम गराउन खोजेको भन्दै पत्रिका छापिने प्रेसमा तोडफोड गरेर पत्रिका समेत जलाइदिएछन्। फोटो साभारः रासस/टिएचटी/जेसीआरसी

\"\"
ख्यातिको आत्माले शान्ति पाउन् !
उनका हत्याराहरुले सजाय पाउन् !
परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् !
उनीहरुले न्याय पाउन् !
फेरि यस्तो कहिले सुन्न नपरोस् !!!

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच