-अधिकांश चाहन्छन् \’राष्ट्रिय सरकार\’

-गंगा बीसी काठमाडौं, माओवादी नेतृत्वमा राष्ट्रिय सरकार बनाउन माओवादीका अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमा अधिकांश सचिवालय सदस्यले सहमति जनाएका छन् । गत मंगलबारदेखि प्रारम्भ पोलिटब्युरो बैठकमा बोल्ने १२ सदस्यमध्ये अधिकांशले राष्ट्रिय सरकारको पक्षमा विचार व्यक्त गरेका थिए ।स्रोतका अनुसार वरिष्ठ नेता मोहन वैद्य, नेत्रविक्रम चन्द, सीपी गजुरेल र देव गुरुङले भने राष्ट्रिय सरकारको मूल नारा…

3 मिनेट

पढ्ने समय

-गंगा बीसी

काठमाडौं, माओवादी नेतृत्वमा राष्ट्रिय सरकार बनाउन माओवादीका अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमा अधिकांश सचिवालय सदस्यले सहमति जनाएका छन् । गत मंगलबारदेखि प्रारम्भ पोलिटब्युरो बैठकमा बोल्ने १२ सदस्यमध्ये अधिकांशले राष्ट्रिय सरकारको पक्षमा विचार व्यक्त गरेका थिए ।स्रोतका अनुसार वरिष्ठ नेता मोहन वैद्य, नेत्रविक्रम चन्द, सीपी गजुरेल र देव गुरुङले भने राष्ट्रिय सरकारको मूल नारा लिनुभन्दा \’जनविद्रोह\’ का लागि आधार तयार गर्नुपर्ने धारणा राखेका थिए ।उनीहरूले माओवादी नेतृत्वको सरकारलाई भारतले \’जबर्जस्ती\’ हट्न बाध्य बनाएको भन्दै तत्काल राष्ट्रिय सरकार सम्भव नभएको बताएका छन् ।सचिवालय सदस्यहरू बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, पोस्टबहादुर बोगटी, वर्षमान पुन, गिरिराजमणि पोखरेल र टोपबहादुर रायमाझीले शान्ति, संविधान निर्माण, नागरिक सर्वोच्चताका लागि राष्ट्रिय सरकार आवश्यक रहेको बताएका छन् । \’अधिकांश सचिवालय सदस्यहरूले आन्दोलन र वार्ताबाटै राष्ट्रिय सरकार बनाउन सकिने बताउनुभएको छ,\’ एक केन्द्रीय सदस्यले भने, \’जनविद्रोहलाई केन्द्रमा राखेर अघि बढ्ने कि राष्ट्रिय सरकारबाट संविधान निर्माण गर्ने विषयमा बहस जारी छ ।\’

माओवादी नेतृत्वमा राष्ट्रिय सरकार बनेमा विगतको जस्तै नियति भोग्नुपर्ने बताउँदै वैद्य पक्षले \’जनविद्रोह\’ तर्फ उन्मुख हुने गरी नागरिक सर्वाेच्चताका लागि आन्दोलन केन्दि्रत गर्नुपर्ने धारणा राखेका छन् । उनीहरूले राष्ट्रिय सरकारको स्वरूपबारे प्रश्न उठाएका छन् । \’अध्यक्षले उठाएको राष्ट्रियस्वरूप कस्तो हुने विषयमा प्रश्न उठेका छन्,\’ अर्का सचिवालय सदस्यले भने, \’सजिलै माओवादीको नेतृत्वमा सरकार बन्ने अवस्था छैन, त्यसैले त्यो प्रमुख एजेन्डा हुन सक्दैन ।\’दाहाल पक्षधर नेताहरूले एमालेको नेतृत्वको सरकारको विकल्पको राष्ट्रिय सरकार बनाउनुपर्नेमा जोड दिएका छन् । उनीहरूले वामपन्थी, देशभक्त र राष्ट्रवादीहरूको राष्ट्रिय सरकार बनाउन सकिने धारणा बैठकमा राखेको स्रोतले जनाएको छ ।\’राष्ट्रिय सरकार कांग्रेस, एमालेसहितको पनि हुनसक्छ,\’उच्च स्रोतले भन्यो, \’नागरिक सर्वोच्चताको पक्षमा भएका कांग्रेस, एमाले नेताहरू राष्ट्रिय सरकारमा आउन सक्छन् ।\’प्रधानसेनापति प्रकरणमा राष्ट्रपतिको कदमविरुद्ध आन्दोलन गरिरहेको माओवादीले आफ्नो नेतृत्वमा राष्ट्रिय सरकारको एजेन्डा ल्याएपछि नयाँ राजनीतिक चर्चा सुरु भएको छ । माओवादीले नागरिक सर्वोच्चताको पक्षमा उठाएको एजेन्डालाई प्रधानमन्त्री माधवकुमार नेपालले कुनै न कुनै रूपमा सम्बोधन गरे राजनीतिक सहमतिका लागि बाटो खुल्ने बताएको छ ।

बैठकमा \’सरकार बनाउनेभन्दा संगठन बलियो बनाउने\’ विषय वैद्य पक्षधर नेताहरूले चर्को रूपमा उठाएका छन् । संगठन पार्टीको मुटु भएको भन्दै त्यसलाई बलियो बनाउने कार्यनीति ल्याउन अध्यक्ष दाहालको ध्यानाकर्षण गराएको स्रोतले जनाएको छ । माओवादीको संगठन विभाग प्रमुख पनिवैद्य नै छन् ।जनविद्रोह रहर होइन’वरिष्ठ नेता वैद्यले जनगणतन्त्र र राष्ट्रिय स्वाधिनताका लागि क्रान्ति पूरा नभएको बताएका छन् । उनले जनविद्रोह रहर नभएर बाध्यता भएको पनि उल्लेख गरे । माओवादी दाङ जिल्ला इञ्जार्ज सौगात आचार्यको कथा संग्रहको मंगलबार विमोचन गर्दै वैद्यले \’प्रतिक्रान्ति सुरु भइसकेको बताउँदै क्रान्ति पूरा नभएको\’ बताएका हुन् ।\’लोकतन्त्र र जनतन्त्रको लडाइँ पूरा भएको छैन,\’ उनले भने, \’क्रान्तिकारी र प्रतिक्रान्तिकारीबीच भीषण संघर्ष सुरु हुने बेला भएको छ ।\’ उनले पूर्ण लोकतन्त्रका लागि अर्को क्रान्ति आवश्यक रहेको बताए ।\’अग्रगमन र पश्चगमकारीबीच द्वन्द्व सुरु भइसकेको छ,\’ उनको भनाइ थियो, \’त्यसैले जनविद्रोह रहर होइन, बाध्यता हो ।\’ उनले जनविद्रोहमा धकेल्न सरकार उद्धत रहेको उल्लेख गरे । कार्यक्रमपछि संवाददाताको जिज्ञासामा नेता वैद्यले वर्तमान सरकार भारत र अमेरिकाको आशीर्वादमा बनेको दाबी गर्दै यही अवस्था कायम भए क्रान्ति वा तेस्रो आन्दोलन हुने बताए । \’यस्तै अवस्थामा क्रान्ति वा तेस्रो जनआन्दोलन हुन्छ,\’ उनले भने, \’स्थिति यस्तै भए हामीले कोसिस गरे पनि संविधान बन्दैन, शान्तिले पनि पूर्णता पाउँदैन ।\’

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच