लामो समयदेखि मौनता साँचिरहनुभएका पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्रले यसै महिनाको चौथो सातामा आफ्ना कुराहरू सार्वजनिक गर्नुहुने भएको छ। निर्मलनिवास निकट सूत्रहरूले जनाएअनुसार देशको स्थिति देखेर ‘राजा’मा छटपटी सुरु भएको छ र मुलुक नै तहस–नहस हुने हो कि भन्ने कुराले उहाँलाई पहिलेभन्दा बढी नै पिरोल्न थालेको छ।त्यसैले उहाँले आफ्ना छटपटी असार २३ गते कुनै न कुनै रूपमा प्रकट गर्नुहुने बताइएको छ। स्मरणीय छ, असार २३ गते ‘राजा’ को जन्मदिन हो र यसपटकको जन्मोत्सव विशेष रूपमा मनाउन विभिन्न तयारीहरू भइरहेका छन्। ६३औं जन्मोत्सव मनाउन पूर्वराजदूत खिलेन्द्रप्रसाद पाण्डेको संयोजकत्वमा एउटा समिति गठन भएको छ। उक्त समितिले “राष्ट्रियता र प्रजातन्त्र जोगाऊँ, राजसंस्था पुनर्वहाली गरौं” भन्ने मूल नाराका साथ ‘राजा’को जन्मदिवस मनाउने निर्णय गरेको छ। ‘राजा’ले ६२ वर्ष पूरा गरी ६३ वर्ष प्रवेश गर्नुभएको अवसरमा असार २२ र २३ गते बिहान विभिन्न मन्दिरहरूमा पूजाआजा गर्ने र २३ गते बिहानको दोस्रो प्रहरमा र्याीलीसहित निर्मलनिवास गई ‘राजा’मा शुभकामना चढाउने कार्यक्रम समितिले तय गरेको छ। सोही अवसरमा ‘राजा’बाट पनि मतव्य प्रकट हुने बताइएको छ। निकटवर्ती सूत्रहरूले जनाएअनुसार मुलुकमा जातीय तथा क्षेत्रीय सद्भाव र सन्तुलन बिग्रँदै गएको तथा राष्ट्रियता र सार्वभौमिक स्वतन्त्रता कमजोर भएको एवम् नागरिकहरूको स्वतन्त्रता र सुरक्षा रुग्ण हुँदै गएकोजस्ता विषयहरूमा रहेको चिन्ता सो दिन ‘राजा’बाट प्रकट हुने बुझिएको छ।
गत वर्षको जेठ १५ गते संसद्ले गणतन्त्र स्थापना गर्ने निर्णय गरेपछि ‘राजा’ले नारायणहिटी राजदरबार परित्याग गर्नुभएको एक वर्ष नाघेको छ। वर्ष दिनयता ‘राजा’बाट विवादमा पर्ने कुनै कार्य भएको छैन। यसअघि गत हिउँदमा यस घटना र विचार साप्ताहिकमा ‘राजा’सँगको वार्तालापको विवरण सार्वजनिक भएको थियो। उक्त ‘वार्तालाप’मा पनि ‘राजा’ले राष्ट्रिय र प्रजातन्त्रको भविष्यका बारेमा विशेष चिन्ता व्यक्त गर्नुभएको थियो।
-पूर्व राजाको सकृय बन्ने सम्भावना
Adminstrator@nepalchautari लामो समयदेखि मौनता साँचिरहनुभएका पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्रले यसै महिनाको चौथो सातामा आफ्ना कुराहरू सार्वजनिक गर्नुहुने भएको छ। निर्मलनिवास निकट सूत्रहरूले जनाएअनुसार देशको स्थिति देखेर ‘राजा’मा छटपटी सुरु भएको छ र मुलुक नै तहस–नहस हुने हो कि भन्ने कुराले उहाँलाई पहिलेभन्दा बढी नै पिरोल्न थालेको छ।त्यसैले उहाँले आफ्ना छटपटी असार २३ गते कुनै…
अघिल्लो लेख
अर्को पोस्ट
ताजा खबर
लेखकको बारेमा

AF themes
सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

अभिलेखहरू खोज्नुहोस्
खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच
तपाईंले मिस गरेको हुन सक्छ












