कल्पना गर्नुस् हाम्रा परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्य नयाँ दिल्ली पुगे। कुन स्तरको कुटनीतिक आतिथ्य पाउलान् ? भारतीय राष्ट्रपति, प्रधानमन्त्री वा सत्ता गठबन्धन र विपक्षीका शीर्ष नेताहरुसँग कुनै पापड नबेली घण्टौ उच्च गोप्य वार्ता गर्न पाउलान् ?तर, ज्ञानचन्द्रका समकक्षी भारतीय विदेश सचिव शिवशंकर मेनन पछिल्लो सात महिनामा दोस्रोपल्ट काठमाडौं ओर्लिदा पहिलो विशिष्ट अतिथि बने प्रधानमन्त्री माकुनेका। त्यसपछि वर्तमान सत्ता गठबन्धनका स्वनामधान्य पिता गिर्जाप्रसादका। क्रमशः राष्ट्रपति डा. रामवरण यादव र विपक्षी नेता प्रचण्ड, एमाले मुखिया झलनाथका। परराष्ट्रमन्त्री सुजातादेखि गृहमन्त्री र अन्य मन्त्री वा स-साना दलका नेताहरुका। वाह एउटा भारतीय वरिष्ठ कर्मचारीलाई जम्लाहात जोडेर धनुष्टङकार ट्रक्याइरहँदा नेपाली सीमा मिचिएको कुरा कसैले आँखा जुधाएर उप्काएनन् है। माकुनेका विदेश सल्लाहकार राजन भट्टराईको कथनीमा उच्च तहबाटै सीमा समस्या सुल्झाउने सहमति भो रे। तर, शनिबार आएर आइतबार फर्कँदै गर्दा मेनन पड्किए, सीमा मिचिएको कुरा कपोलकल्पित र बढाइचढाइ गरिएको राजनीतिक सौदाबाजी मात्रै हो। ९८ प्रतिशत सीमा समिक्षा सुल्झिएको केवल सीमा व्यवस्थित गर्न केही बाँकी रहेको भन्दै प्रेसलाई साक्षी राखेर थर्काए नेपाललाई।विचरा ज्ञानचन्द्र आचार्यलाई समकक्षी मेननले कति टुहुरो र टीठलाग्दो पाए होलान्, स्वयं आचार्यलाई कति ग्लानी भो होला। त्यो त तिनै जानून तर राष्ट्रवादी क्रान्तिकारी सरकार र राजनतिक नेतृत्वको खुट्टी र ल्याकत नापौँ त थुइक्क भन्नु पर्दैन त हुतिहारा सरकार र ह्याउ भएका नेताहरुलाई ? किन बुद्धिनारायणहरुको तथ्य प्रस्तुत गरेर झाँको झार्न सकेन हँ प्रधानमन्त्रीदेखि गिरिजाप्रसाद र रामवरण, झलनाथहरुले मेननको ? के नयाँ दिल्लीको दानापानीका नेपाली भेडा-बाख्रा गोठाला हुन यी महान भुइझुट्टाहरु ? राजा त्रिभुवन, महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्र भन्दा पृथक र अग्लो राष्ट्रवाद यही हो त गिरिजाप्रसाद देखि माकुने मार्काहरुको ?के दाङका सीमाक्षेत्रका विस्थापित जनताको रोदन र पीडा वाहियात हो ? भारतसँग सीमा जोडिएका तराइका २२ मध्ये १८ जिल्लाको सीमा समस्या बेकार हो ? कालापानीमा तैनाथ भारतीय सैनिक टुकडो राष्ट्रियताको हस्तक्षेप हैन ? सुस्ता सुस्केरा नाटक हो ? महाकाली सन्धीको क्षति नयाँ राष्ट्रवाद हो ? अनि सडकमा उर्लेका विरोध, भीडको खबरदारी र जनताको मनमा बिझेको पीडा सतप्रतिशत गल्ती हो ?धन्य छ तमाम नयाँ राष्ट्रवादी सारथीहरुलाई जसले अब बाँकी केही छ भारतीय दवदवालाई सलाम गर्न भने कृपया चाडै पूरा गर्दिनुस् ताकि केही दिन पाएनौ भन्ने दिन अब धेरै नरहुन्। अरु त के याचना गर्ने र यस्तो राजनीतिक नेतृत्वबाट होइन त ? कि कसो त ?जाँदाजाँदै तत्कालीन गृहमन्त्री वामदेव गौतमको क्यासिनो हमला अन्ततः पानीको फोका सावित भो। मौसम बेमौसम प्रहरी क्यासिनोमा छापा मार्छ। वास वात मिल्छ अनि शायद जेन्टेलमेन्ट एग्रीमेन्टका गिभ एण्ड टेकबाट मिडिया खबरपछि चर्चा नै सेलाउँछ क्यासिनो लीलाको।नवधनाढ्यहरुको दिनहुँ उदय हुने हाम्रो जस्तो गरिब देशका केही धनी जनता कसरी अपराधिक बन्दा रैछन् भन्ने क्षतिपूर्ण क्रुर सत्य पस्केका छन् एभीएमका निवर्तमान विज्ञान मास्टर वीरेन प्रधानले मेधावी छात्रा ख्याती श्रेष्ठको अपहरण, सफाया र दश लाख फिरौती असुलीबाट। प्रहरी पौरख सम्झिनोस् त अपहरणकारीको फोन ट्याक गर्यो, अपहरणकारीलाई एटयाक गरेन। शायद ख्याती कुनै पहुँचवालाका चेली थिइनन्। र त पुलिसले कथित अनुसन्धानका नाममा मात्रै अपहरणका १७ दिनसम्म माखो मारेन। मृत्युपछिको डाक्टर अहिले मतियार र नाइके पक्रेर के गर्नु जो जविन थियो ख्यातीको अब फर्केर आउँछ र -धिक्कारी सलाम गर्नैपर्ला ती अहिलेका गृहमन्त्री भीम रावलको गृह प्रशासनलाई, माकुने सरकारलाई।तर ! सावधान क्यासिनो लतका पौरखीहरु अझै छन् हाम्रो वरिपरी वीरेन प्रधानजस्तै। जोगाउन सक्छौं हामी धेरै ख्याती जस्ता उदयमान प्रतिभाहरु, उन्मुलन गर्न सक्छौ हामी वीरेन प्रधान जस्ता दुष्टहरु। तर के हिम्मत छ क्यासिनो बन्द गर्ने गृहमन्त्री रावलको – खै शान्ति पोइल गइ सुरक्षा पोइल जाँदैछे…………………!
-कठै, मेननलाई सेवाढोग चढाउनेहरु
Admistrator@nepalchautari कल्पना गर्नुस् हाम्रा परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्य नयाँ दिल्ली पुगे। कुन स्तरको कुटनीतिक आतिथ्य पाउलान् ? भारतीय राष्ट्रपति, प्रधानमन्त्री वा सत्ता गठबन्धन र विपक्षीका शीर्ष नेताहरुसँग कुनै पापड नबेली घण्टौ उच्च गोप्य वार्ता गर्न पाउलान् ?तर, ज्ञानचन्द्रका समकक्षी भारतीय विदेश सचिव शिवशंकर मेनन पछिल्लो सात महिनामा दोस्रोपल्ट काठमाडौं ओर्लिदा पहिलो विशिष्ट अतिथि बने प्रधानमन्त्री…
अघिल्लो लेख
अर्को पोस्ट
ताजा खबर
लेखकको बारेमा

AF themes
सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

अभिलेखहरू खोज्नुहोस्
खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच
तपाईंले मिस गरेको हुन सक्छ












