एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले राजिनामा दिएपछि वास्तविक प्रधानमन्त्री भएको अनुभव गरेको बताएका छन्। \”अस्तिसम्म राजिनामा दिने प्रधानमन्त्रीको पछाडि कोही हुन्नथे तर मैले राजिनामा दिएपछि पो बल्ल प्रधानमन्त्री भएजस्तो लागेको छ,\” नेवाः राज्य समितिद्वारा शनिबार गरिएको कार्यक्रममा एमाले नेता र चलचित्रकर्मीहरुलाई पार्टी प्रवेश गराउँदै उनले भने – \”सरकारबाट बाहिरिएको दल माओवादीमा ओइरिनु चमत्कार होइन ?\” सरकारबाट बाहिरिएपछि माओवादीमा आउने लहर बढेको प्रसग उल्लेख गर्दै अब देश निर्माण र राज्यको पुनस्रंरचनामा लाग्न आफूहरुलाई कसैले रोक्न नसक्ने दाबी गरे। \”मुठीभरका दलाल नोकरशाह नयाँ नेपाल बनाउन नदिन सक्रिय छन्। अब ती भ्रष्ट दलालहरुलाई बढारेर फाल्न र नयाँ नेपाल बनाउन दुनियाँको कुनै पनि तागतसँग झु्क्ने छैनौं,\” उनले भने। यतिबेलाको राजनीतिक अवस्थालाई \’फिल्मको मध्यान्तरपछि\’को संज्ञा दिए। उनले नेपालको राजनीतिक अवस्थालाई मध्यान्तरपछिको फिल्मसँग तुलना गर्दै अहिले पनि देशघाती र दलालहरुको चुरीफुरी बढ्ता र हिरो कमजोर देखिए पनि आखिर आफूहरुले नै जित्ने बताए । उनले नेपालको राजनीतिमा पनि फिल्ममा जस्तै दलाल भ्रष्ट र देशघातीहरु सल्बलाएको बताए । \”फिल्ममा मध्यान्तरपछिसम्म पनि जित्छ जित्छ जस्तो लाग्छ। फिल्ममा पनि विदेशी दलाल भ्रष्ट कोठामा तानाबाना बु्न्छन्। हिरो देशको स्वाधीनता र स्वतन्त्रताको लागि लड्छु उनको भनाइ थियो – \”अहिले पनि ठीक त्यस्तै भइरहेको छ । माओवादीतिरको यो लहर विजयको उद्घोष हो।\” आगोसँग नखेल्न विरोधीहरुलाई आग्रह गरेका छन्। \”विदेशी प्रभु र तिनका दलालहरुले होस गरुन् माओवादीसँग खेल्नु आगोसँग खेल्नु हो। विदेशी प्रभु र तिनका चाकडी गरेर बस्न चाहनेलाई बढारेर फाल्नेछौं,\” दाहालले भने। उनले माओवादीमा प्रवेशको सुरुवाती मात्र भएको बताउँदै एक सातापछि एमालेका बुद्धिजीवी र अर्को साता अर्को पार्टीसँग एकीकरण हुने जानकारी दिए । माओवादीले नेकपा एकीकृतको एउटा घटकसँग एकीकरण गर्दैछ । \”थुप्रै रेक्टर स्केलको भूकम्प जानेवाला छ,\” उनले भने । माओवादीले जनताको मुक्तिका लागि र लखन थापादेखिका बलिदानको हिसाब चु्क्ता गरेर स्वाधीन नेपाल बनाउने अभियानमा अघि बढेको समेत बताए । उनले भने, \”विदेशी दलालको नौटंकी अन्त हुनेछ र हाम्रो प्यारो देश नेपाल र नेपाली मुक्त हुनेछौं ।\” माओवादीमा प्रवेश गरेका एमाले अञ्चल कमिटीका सदस्य एवं रुकुमका एमाले नेता हस्तबहादुर केसीले एमाले दक्षिणपन्थी भासमा भासिएको र देशघातीसँग घाँटी जोडेकाले छाडेको बताए । उनले एमालेले राष्ट्रपति रामवरण यादवलाई सैनिक कु गर्न एमालेले नै उक्साएको समेत आरोप लगाए । उनले केही समयपछि नै एमालेबाट माओवादीमा प्रवेश गर्ने बताए । \”जेबी टुहुरे, डिल्लीराज खनाल माआवादीमा प्रवेशले ऊर्जा थपेको छ। भूकम्पको ठूलो कम्पन सबैभन्दा बढी एमालेमा गएको छ,\” उनले भने – \”ठूलो तप्का एमालेबाट माओवादीमा आउने छ।\” रुकुमका एमाले विभाजन भएपछि मालेमा लागेका थिए। वामदेव गौतमले नेतृत्व गरेको माले एमालेमा बिलय भएपछि उनी पनि एमालेमा फर्किएका थिए । पटकपटक संसदीय निर्वाचनमा रुकुमबाट उम्मेदवार बनेका केसी एमालेको बुटवलमा सम्पन्न एमाले आठौं महाधिबेसनमा केन्द्रीय सदस्य पदमा पराजित भएका थिए। उनी खनाल र ओली कुनै गुटमा परेका थिएनन् ।
-वास्तविक प्रधानमन्त्रीको अनुभव गरेको छु : दाहाल
Administrator@nepalchautari एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले राजिनामा दिएपछि वास्तविक प्रधानमन्त्री भएको अनुभव गरेको बताएका छन्। \”अस्तिसम्म राजिनामा दिने प्रधानमन्त्रीको पछाडि कोही हुन्नथे तर मैले राजिनामा दिएपछि पो बल्ल प्रधानमन्त्री भएजस्तो लागेको छ,\” नेवाः राज्य समितिद्वारा शनिबार गरिएको कार्यक्रममा एमाले नेता र चलचित्रकर्मीहरुलाई पार्टी प्रवेश गराउँदै उनले भने – \”सरकारबाट बाहिरिएको दल माओवादीमा ओइरिनु चमत्कार होइन…
अघिल्लो लेख
अर्को पोस्ट
ताजा खबर
लेखकको बारेमा

AF themes
सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

अभिलेखहरू खोज्नुहोस्
खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच
तपाईंले मिस गरेको हुन सक्छ












