-माओवादी र नेकपा एमालेबीचको छलफल निष्कर्षमा पुग्न सकेन

– संवाददाता सदनको गतिरोध अन्त्यका लागि एकीकृत नेकपा माओवादी र नेकपा एमालेबीच आज भएको छलफल विना निष्कर्षसकिएको छ । माओवादी संविधानसभा दलको कार्यालय सिंहदरवारमा भएको छलफलमा नेताहरुले आ-आफ्नो अडान नछोडेपछि निष्कर्षा पुग्न नसकेको हो । Your Ad Here दुई दलबीच भोलि फेरि बैठक वसेर सहमतिको नयाँ उपाय खोज्ने सहमति भएको छ । प्रधानसेनापति प्रकरणमा राष्ट्रपति…

1 मिनेट

पढ्ने समय

– संवाददाता
सदनको गतिरोध अन्त्यका लागि एकीकृत नेकपा माओवादी र नेकपा एमालेबीच आज भएको छलफल विना निष्कर्षसकिएको छ । माओवादी संविधानसभा दलको कार्यालय सिंहदरवारमा भएको छलफलमा नेताहरुले आ-आफ्नो अडान नछोडेपछि निष्कर्षा पुग्न नसकेको हो ।

Your Ad Here

दुई दलबीच भोलि फेरि बैठक वसेर सहमतिको नयाँ उपाय खोज्ने सहमति भएको छ । प्रधानसेनापति प्रकरणमा राष्ट्रपति कदमको विरोध गर्दै माओवादीले संसद अवरुद्ध गर्दै आएको छ । सदनको गतिरोध अन्त्य गर्न माओवादी र एमालेबीच ललितपुरको गोदावरीमा भएको सहमति काँग्रेसले नमानेपछि गतिरोध अन्त्य हुन सकेको छैन । गएको चैत १६ गतेदेखि शुरु भएको संसदको चालु अधिवेशन अन्त्य गरेर बजेट अधिबेशन आव्हान गर्ने समय भइसक्दा समेत सदन चल्ने संकेत देखिएको छैन ।

Your Ad Here

यसैबीच सदनको गतिरोध अन्त्य गर्ने विषयमा पहल गर्न एमालले ५ सदस्यीय वार्ता टोली बनाएको छ । प्रधानमन्त्री माधवकुमार नेपालले महासचिव इश्वर पोख्रेलको संयोजकत्वमा वार्ता टोली बनाउनुभएको हो । टोलीमा एमाले प्रमुख सचेतक भिम आचार्य, सचिव शंकर पोखरेल र विष्णु पौडेल तथा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार नेता रघुजी पन्त सदस्य हुनुहुन्छ ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच