-प्रयास जारी

   संसद सुचारु गर्ने विषयमा बिहीबार भएको एमाले-मा‌ओवादी वार्तामा सहभागी प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरु  ।                           तस्बिर : विकास कार्की    ..

2 मिनेट

पढ्ने समय

\"MAO_index\"

 

 संसद सुचारु गर्ने विषयमा बिहीबार भएको एमाले-मा‌ओवादी वार्तामा सहभागी प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरु  ।                           तस्बिर : विकास कार्की

 

 

 

राष्ट्रपतिलाई संसदमा जान नदिने माओवादी प्रयास-
एकीकृत नेकपा माओवादीले पेश्की वजेट प्रस्तुत गर्न ब्यवस्थापिका-संसदको बैठक अवरुद्ध नगर्ने बताएको छ। बिहीबार एमाले र काग्रेससँग छुट्टाछुट्टै भएको बैठकमा माओवादीले यो कुरा बताएको हो। काग्रेस र एमालेका नेताहरुले संसदको जारी गतिरोधले गर्दा वजेट प्रस्तुत गर्न समेत अप्ठयारो भएको बताएपछि माओवादी नेताहरुले पेश्की वजेट प्रस्तुत गर्न भनेका हुन्। तर राष्ट्रपतिको कदम नसच्चिएसम्म सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने अडान माओवादीको छ ।माओवादीले सरकारको प्रशासनिक कार्य सञ्चालनका लागि अवरोध नगर्ने भए पनि नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने भएको हो। यसो भन्नुको मतलव माओवादीले राष्टपतिलाई संसदमा आउन रोक लगाएको हो। सरकारको नीति तथा कार्यक्रम राष्टपतिले प्रस्तुत गर्ने प्रावधान छ।

\”उहाँहरु काग्रेस र एमाले नेताहरुले वजेट ल्याउन अप्ठयारो पर्छ भनेपछि हामीले पेश्की वजेट ल्याउन भनेका हौं,\” माओवादी संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठले भने, \”तर राष्ट्रपतिको कदम नसच्चिएसम्म संसद चल्न दिदैनौ भनेका छौं।\” विहीवार माओवादीसँग काग्रेस र एमालेले छुट्टाछुट्टै गरेको द्धिपक्षीय वार्तामा माओवादीले यो प्रस्ताव राखेको हो ।विहीवार सुरुमा माओवादी र एमालेबीच वार्ता भएको थियो भने त्यसको लगत्तै माओवादी र काग्रेसवीच वार्ता भएको थियो । माओवादी संसदीय दलको कार्यलयमा भएका वैठकमा काग्रेस र एमाले नेताहरुले दीर्घकालिन समाधान खोज्न आग्रह गरेका थिए । तर माओवादीले भने प्रधानमन्त्रीको सम्बोधनमा राष्ट्रपतिको कदमका विषयमा राजनीतिक दलहरुबीच छलफल गरेर समाधान निकाल्ने वाक्याशं नराखेसम्म आफुले गतिरोध अन्त्य नगर्ने अडान लिएका छन् ।

राष्ट्रपतिको कदमलाई लिएर माओवादीले सडक र सदन अवरु गर्दै आएको छ । अवरुद्ध व्यवस्थापिका संसद बैठक सुचारु गर्ने विषयमा तीन ठूला दलले गरेको छलफल बिहीबार पनि कुनै निश्कर्षमा पुग्न सकेन। एकिकृत नेकपा माओवादी र नेकपा एमालेबीचको छलफल कुनैमा टुंगोमा नपुगेपछि माओवादी र नेपाली कांग्रेसबीच शीर्ष नेतृत्व तहमा छलफल भएको थियो। एमालेका तर्फबाट माओवादीसँग भएको छलफलमा प्रधानमन्त्री माधव कुमार नेपाल, महासचिव ईश्वर पोखरेल, सञ्चारमन्त्री शंकर पोखरेल, विष्णु पौडेल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेता नाराणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी सहभागी थिए।कांग्रेससँगको छलफलमा संसदीय दलका नेता रामचन्द्र पौडेल, महामन्त्री विमलेन्द्र निधी र माओवादीका अध्यक्ष दाहाल, नेता नाराणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी, प्रवक्ता दिनानाथ शर्मा लगायतका नेताहरु थिए।

दलका नेताहरु बीचको बैठक निश्कर्षमा पुग्न नसकेपछि संसदको बिहीबार साँझ सवा ७ बजे बस्ने भनिएको बैठक शुक्रबार दिउसो ३ बजेसम्म बैठक सूचना टाँसेर स्थगित गरिएको छ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच