श्यामसुन्दर शशि
दोहा (कतार), दोहाको समुन्द्री तटमा मंगलवार विहानै भएको पानी जहाज दुर्घटनामा १० नेपालीसहित २५ जना कामदार हराईरहेका छन् । तीमध्ये पाँच जनाको शव फेला परेको छ । छ जनाको जिवितै उद्धार गरिएको छ ।
मृतकमध्ये महोत्तरी बगडा गाविस ६ का शेषनाथ यादव तथा पाल्पा गौराकोट १ का तिलकबहादुर खम्चाको सनाखत भएको छ । जिवितै उद्धार गरिएका छ जनामा एउटै पनि नेपाली नरहेको बताईएको छ ।कतारस्थित एचबीक पावर क्लिनिङ्ग कम्पनीले संयुक्त अरब ईमिरेट्सको एक कम्पनीलाई सप्लाईमा दिएका कामदारहरु फिर्ता आई रहेको पानी जहाज दोहा समुन्द्री क्षेत्रमा उल्टिएको थियो । जहाजमा सबार ३५ जनामध्ये २४ जना एचबिके कम्पनीका कामदार थिए भन्ने ९ जहाजकर्मी तथा दुई कैटरीङ्ग स्टाफ रहेको दोहाबाट प्रकाशित हुने गल्फ टाईम्स दैनिकले जनाएको छ । दुर्घटनाग्रस्त जहाजमा १२ नेपाली,११ भारतीय तथा एक वंगलादेशी रहेको समाचारमा उल्लेख छ । जहाज तथा कैटरींगकर्मीहरुको बारेमा समाचारमा केही उल्लेख छैन ।
कतारका लागी नेपाली राजदुत डा.सूर्यनाथ मिश्रका अनुसार-उक्त दुर्घटनामा परी बेपत्ता हुनेहरुमा धादीङ्ग जिल्ला गुम्दी गाविस ५का गंगाबहादुर गुरुंग, वाग्लुङ्ग जिल्ला छिस्ती गाविस १ का लीलाराम पौडेल, बारा जिल्ला फेटा गाविस ८ का मेहदी हुसेन मियाँ, बाके जिल्ला कठकुजा गाविस १ का अब्बास अहमद सई, अर्घाखांची जिल्ला दीभर्ना गाविस ३ का मानसिंह खत्री महोतरी जिल्ला बगडा गाविस ६ का शेषनाथ यादव, महोतरी जिल्ला सुगाभवानी गाविस ५ का राजीवकुमार दत्त, पाल्पा जिल्ला गैराकोट गाविस १ का तीलकबहादुर खम्चा, दाङ्ग जिल्ला हापूर गाविस २ का शंकर विष्ट, पर्वत जिल्ला कर्घा गाविस ३ का ऋषिप्रसाद शर्मा पौडेल, रोल्पा जिल्ला जौलीपोखरी गाविस ८ का जयबहादुर पुन मगर र नवलपरासी जिल्ला हप्सेकोट गाविस ३ का घनश्याम सार्की दुर्घटनामा परी बेपत्ता भएका हुन् । तीमध्ये दुईको शब प्राप्त भइसेको छ । अन्यको अवस्था अज्ञात रहेको छ ।दोहास्थित नेपाली नियोगको पहलमा सम्बद्ध कम्पनीले दुर्घटनामा परेका नेपालीहरुको पासपोर्ट तथा परिचयपत्र बुधवार अवेर साँझ उपलब्ध गराएको थियो । दुर्घटना भएको लामो समय बितिसकेका कारण दुर्घटनामा परेकाहरुको जिवित उद्धारको सम्भवना अत्यन्तै न्युन रहेको बताईन्छ ।यद्यपि उनिहरुको अवस्था बारे आधिकारिक रुपमा केही भनिएको छैन ।झण्डै २६ वर्ष पुरानो उक्त पानी जहाज दुर्घटाग्रस्त हुदा प्रायः सबै यात्रु सुतीरहेको अनुमान गरिएको छ । दुर्घटनाको कारण बारे आधिकारिक रुपमा केही जानकारी दिईएको छैन ।दुवईस्थित नेपाली नियोगका प्रमुख अर्जुनबहादुर थापाले घटना बारे थप जानकारी संकलन गर्ने काम भइरहेको बताए ।
कतारका लागी नेपाली राजदुत डा.सूर्यनाथ मिश्रका अनुसार-उक्त दुर्घटनामा परी बेपत्ता हुनेहरुमा
१ धादीङ्ग जिल्ला गुम्दी गाविस ५ का गंगाबहादुर गुरुंग
२ वाग्लुङ्ग जिल्ला छिस्ती गाविस १ का लीलाराम पौडेल
३ बारा जिल्ला फेटा गाविस ८ का मेहदी हुसेन मियाँ
४ बाके जिल्ला कठकुजा गाविस १ का अब्बास अहमद सई
५अर्घाखांची जिल्ला दीभर्ना गाविस ३ का मानसिंह खत्री
६ महोतरी जिल्ला बगडा गाविस ६ का शेषनाथ यादव
७ महोत्तरी जिल्ला सुगाभवानी गाविस ५का राजीवकुमार दत्त
८ पाल्पा जिल्ला गैराकोट गाविस १ का तीलकबहादुर खम्चा
९ दाङ्ग जिल्ला हापूर गाविस २ का शंकर विष्ट
१० पर्वत जिल्ला कर्घा गाविस ३ का ऋषिप्रसाद शर्मा पौडेल
११ रोल्पा जिल्ला जौलीपोखरी गाविस ८ का जयबहादुर पुन मगर
१२ नवलपरासी जिल्ला हप्सेकोट गाविस ३ का घनश्याम सार्की दुर्घटनामा परी बेपत्ता भएका हुन् ।
तीमध्ये महोतरी बगडाका शेषनाथ यादव र पाल्पा गैराकोटका तीलकबहादुर खम्चाको शबको सनाखत भइसेको छ ।














