-भारतीय लगानीको पत्रिकाको चर्तिकला हेर्नुस्

Administrator@nepalchautari आज प्रकाशित दि हिमालयन टाइम्सको अंक हो यो। हिजो देशमा अरु पनि निकै महत्त्वपूर्ण घटना भएका थिए। दुई मन्त्रीको शपथ ग्रहणै भएको थियो राष्ट्रपति भवनमा। तर भारतीय लगानीको यो पत्रिकाले भारतीय राजदूतले एउटा विद्यालयको सानो कार्यक्रममा पुरस्कार बाँड्दै गरेको एउटा फोटोलाई चार कोलममा मुखपृष्ठमा छाप्‍नुको अर्थ के हो ? भित्रको देश वा सहर पेजमा…

3 मिनेट

पढ्ने समय

Administrator@nepalchautari

आज प्रकाशित दि हिमालयन टाइम्सको अंक हो यो। हिजो देशमा अरु पनि निकै महत्त्वपूर्ण घटना भएका थिए। दुई मन्त्रीको शपथ ग्रहणै भएको थियो राष्ट्रपति भवनमा। तर भारतीय लगानीको यो पत्रिकाले भारतीय राजदूतले एउटा विद्यालयको सानो कार्यक्रममा पुरस्कार बाँड्दै गरेको एउटा फोटोलाई चार कोलममा मुखपृष्ठमा छाप्‍नुको अर्थ के हो ? भित्रको देश वा सहर पेजमा छापिएको भएसम्म यसलाई स्वीकार गर्न सकिएला तर के यो नेपालको कुनै राष्ट्रिय दैनिकको मुखपृष्ठमा छापिनुपर्ने महत्त्वपूर्ण फोटो हो त ?

\"\"

दि हिमालयन टाइम्स कसरी प्रकाशन भयो ? यस पछाडि कस्ता रहस्य लुकेका छन् ? यस सम्बन्धमा पूर्व सञ्चारमन्त्री जयप्रकाश गुप्ताको संस्मरण पनि यहाँ उद्‍धृत गर्ने अनुमति चाहन्छु।

यसको प्रकाशन प्रारम्भ हुने सन्दर्भमा नेपाली भाषाको हिमालय टाइम्स दैनिक बाहेक अन्य ब्रोडसिट दैनिकहरुका प्रकाशन संस्थाहरुको संलग्नतामा बनेको मिडिया सोसाइटीले विदेशी लगानी भयो भनेर विरोध गरेको थियो। यस विरोधलाई ध्यानमा राखी मैले नै अग्रसरता लिएर सत्यतथ्य सार्वजनिक होस् भन्ने उद्देश्यबाट मन्त्रालयका एक जना सहसचिवको अध्यक्षतामा एउटा छानबिन समिति गठन गरेको थिएँ। यस छानबिन समितिको उद्देश्य थियो दि हिमालयन टाइम्समा ऐन नियम छलेर कसरी विदेशी लगानी भित्रियो ? विदेशी लगानी हुनसक्ने यस्तो प्रवृत्तिलाई निस्तेज गर्न कस्तो उपाय अपनाउने ?

…मैले छानबिन समितिमा प्रेस काउन्सिलका अध्यक्षका रुपमा वरिष्ठ पत्रकार साप्ताहिक विमर्शका सम्पादक हरिहर विरहीलाई पनि राखेको थिएँ। तर उनी बस्न भनी सहमति जनाएर पनि बसेनन्। सायद यस पत्रिकाको प्रकाशनमा संलग्न रहेकाहरुको चित्त नदुखाउन उनले समितिमा बस्न नरुचाएको हुनुपर्छ।….

समितिले राम्रो सुझाव दिएको थियो। त्यस प्रकाशन संस्थामा अप्रत्यक्ष रुपमा विदेशी लगानी भएको कुरा स्पष्ट रुपमा उल्लेख थियो। तर, यस प्रतिवेदनमार्फत् सार्वजनिक भएका यथार्थलाई भने कुनै पनि दैनिकले स्थान दिएनन्। वास्तविक कुरा त मैले पछि मात्र बुझेँ।

मैले मन्त्रालयको सहसचिवको अध्यक्षतामा छानबिन समिति गठन गरेको खबर सार्वजनिक भएको दुई चार दिनभित्रै एक दिन प्रम शेरबहादुर देउवाले मलाई भेट्न बोलाउनु भयो। यसको केही दिनअघि मात्रै पुस्करलाल श्रेष्ठहरुको अगुवाईमा मिडिया सोसाइटीको प्रतिनिधि मण्डलले उहाँलाई भेट्दा उहाँले छापामाध्यममा विदेशी लगानीको खिलाफमा बोल्नुभएको थियो। भेट्नेहरु पनि आश्वस्त भएका थिए। तर, त्यस दिन प्रमले मसँग कुरा गर्दा मैले उहाँको दृष्टिकोण पूर्णरुपेण फरक पाएँ।

मैले गठन गरेको छानबिन समितिलाई प्रमले गर्न नहुने काम गरेको बताउनु भयो। त्यसमा माथिको अर्कै इन्ट्रेस्ट रहेकोले एउटा जाबो पत्रिकाको विषयलाई लिएर दरबारलाई चिढ्याउने काम गर्नु ठीक नभएको उहाँको सुझाव थियो। प्रमले मलाई स्पष्ट रुपमा भन्नुभयो, दरबारको इच्छा छ भर्खरै ठूलो लगानीमा प्रकाशित हुन लागेको दि हिमालयन टाइम्सलाई अप्ठ्यारो पार्ने तथा हतोत्साहित गर्ने काम सरकारी तहबाट नहोस्।

एउटा पत्रिकाका बारेमा प्रधानमन्त्री मार्फत् व्यक्त भएको दरबारको यस्तो चिन्ता मेरो लागि पहिलो थिएन। दि हिमालयन टाइम्सको प्रसंगमा प्रधानमन्त्रीबाट मलाई उक्त कुराहरु भनिए पनि छानबिनको यस प्रक्रियालाई मैले रोकिनँ। नेपाल रहस्यहरुको मुलुक त हो। केही कालपछि दि हिमालयन टाइम्सका भारतीय लगानीकर्ता दिलीप पेंडगावकर (टाइम्स अफ इन्डियाका पूर्व सम्पादक) राजाको प्रथम भारत भ्रमणको पूर्वसन्ध्यामा राजाको अन्तर्वार्ता लिई टाइम्स अफ इन्डियामा छपाउनुका साथै भारतको सरकारी च्यानल दूरदर्शनमा समेत प्रसारित गराउने सौभाग्य पाउने पहिलो विदेशी पत्रकार भए।

यद्यपि, गर्भस्थ यथार्थ त अर्कै छ। राजाका घनिष्ठ सहयोगी कहलिएका सोल्टी होटलका प्रमुख प्रभाकर शमशेर राणासँग दिलीप पेँडगावरको बढो मित्रतापूर्ण सम्बन्ध रहीआएको छ। यही मित्रतावश सम्भाव्य असोज १८ का जस्ता राजेच्छापछि विदेशीहरुका माझ जनमत तयार गर्ने पेँडगावकरलाई नेपाली छापा माध्यममा विस्तृत धनराशी लगानी गर्न प्रोत्साहित गरिएको हो। (आनन्द, जयप्रकाश, अख्तियारको थुना मेरो सम्झना (२०६०) पेज १०८, १०९

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच