-एक ट्याक्सीमा एघार यात्री

काठमाडौं, एउटा ट्याक्सीमा कतिजनासम्म अट्न सक्छन् ? बा१ज ४९४५ नम्बरको ट्याक्सी चालकलाई ट्राफिक प्रहरीले ११ जना लिएर गुडाइरहेको अवस्थामा शनिबार राति पक्राउ गरेको छ । पक्राउ पर्ने चालक ००६-८०३०५६ नम्बरको लाइसेन्सबाहक ताराबहादुर श्रेष्ठ हुन् । \’भित्र कति थिए, त्यो त देखिएको थिएन, डिकीमा तीनजना कुप्रो परेर बसेका थिए,\’ ट्याक्सी पक्राउ गर्ने ट्राफिक प्रहरी जवान नवराज…

1 मिनेट

पढ्ने समय

काठमाडौं, एउटा ट्याक्सीमा कतिजनासम्म अट्न सक्छन् ? बा१ज ४९४५ नम्बरको ट्याक्सी चालकलाई ट्राफिक प्रहरीले ११ जना लिएर गुडाइरहेको अवस्थामा शनिबार राति पक्राउ गरेको छ । पक्राउ पर्ने चालक ००६-८०३०५६ नम्बरको लाइसेन्सबाहक ताराबहादुर श्रेष्ठ हुन् । \’भित्र कति थिए, त्यो त देखिएको थिएन, डिकीमा तीनजना कुप्रो परेर बसेका थिए,\’ ट्याक्सी पक्राउ गर्ने ट्राफिक प्रहरी जवान नवराज अधिकारीले भने, \’पछि गन्दै जाँदा ट्याक्सीभित्र चालकसहित चारजना ठूला र आठजना बालबालिका भेटिए ।\’ \’गाडीको क्षमता, ऐनकानुन त केही वास्ता भएन, बालबालिकालाई सासै फेर्न गाह्रो हुने गरी कोचेको देखेर हामी चकित पर्‍यौं,\’ अधिकारीले भने । यात्रा गरिरहेका चालकका आफन्त र बालबालिका बुद्धनगरस्थित आफन्तका घरमा एसएलसी पास भएको भोज खाएर ठिमीतर्फ र्फकंदै थिए । \’मेरो गल्ती भयो, श्रीमती, परिवार र आफन्तका बच्चा एकैसाथ बसेर जाने भने, मैले हुन्न भन्दाभन्दै पनि बोक्न बाध्य भएको हुँ,\’ चालक श्रेष्ठले भने । आठ सय सीसीको मारुती कारमा सामान्यतः चालकसहित बढीमा पाँच जनाले यात्रा गर्छन् । क्षमताभन्दा बढी र निर्दयतापूर्वक बालबालिकालाई बोकेको अभियोगमा कोटेश्वरका प्रहरी निरीक्षक सीताराम हाछेथुले लाइसेन्सको प्रकोष्ठमा कारबाहीस्वरूप प्वाल पारेका छन् । लाइसेन्समा पाँचवटा प्वाल परे चालक गाडी चलाउन अयोग्य मानिन्छ । उपत्यकाभित्र गुड्ने माइक्रोबसमा समेत यदाकदा यात्रुलाई घोप्टो पारेर डिकीमा राख्ने गरेको पाइन्छ । ट्राफिक प्रहरीले चेकजाँचका क्रममा यात्रु बस्ने कक्षमा नहेरी चालकसँग कुराकनी गर्दै कागजपत्र हेरेर छाडिदिने भएकाले त्यस्ता कमै कारबाहीमा पर्ने गर्छन् ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच