-कोरियामा नेपालीहरुको कथा

– कृष्ण प्रसाई पोखराका रामचन्द्र पराजुली विगत १७ वर्षदेखि कोरियामा छन् । श्रीमतीको काखमा तीन महिनाको दूधे बालक छोडेर सन १९९१ मा कोरिया हानिएका उनी १७ वर्षदेखि नै अवैधानिक छन् र संयोग नै भनौ अध्यागमन प्रहरीको नजरबाट बच्न सफल छन् । २००८ को जुलाईतिर उनको दाहिने हात मेसिनमा पेलियो । मुस्किलले उनी बाँचे र कोरियामा…

13 मिनेट

पढ्ने समय

– कृष्ण प्रसाई\"krishna-prasai\"

पोखराका रामचन्द्र पराजुली विगत १७ वर्षदेखि कोरियामा छन् । श्रीमतीको काखमा तीन महिनाको दूधे बालक छोडेर सन १९९१ मा कोरिया हानिएका उनी १७ वर्षदेखि नै अवैधानिक छन् र संयोग नै भनौ अध्यागमन प्रहरीको नजरबाट बच्न सफल छन् । २००८ को जुलाईतिर उनको दाहिने हात मेसिनमा पेलियो । मुस्किलले उनी बाँचे र कोरियामा नै भएकोले जेनतेन चिकित्सकीय प्रविधिको सहयोगले हात पनि बचाउन सफल भए । पन्ध्र वर्षअघि एउटै स्थितिबाट सँगसँगै प्लास्टिकका दाना बनाउने कम्पनीमा काम सुरु गरेका उनले आफ्ना कम्पनी साहुलाई १५ वर्षको अन्तरालमा मजदुरबाट साहु बनाए । अर्बौको मालिक बनाए तर जब रामप्रसादजीको हात मेसिनबाट पेलियो उनै मालिकले पन्द्र वर्षदेखिको पूरा बोनस दिन समेत अन्कनाए । पाउने रकममध्ये २५ प्रतिशतको हाराहारी मात्र दिएर पन्छाउन खोज्ने साहुसँग उनको विमति रहे पछि श्रम अदालतमा मुद्धा हालॆर अदालत र अस्पताल खेपिरहनु उनको दिनचर्या छ । सबै मुद्दामामिला र थेजिकम कम्पनी छोड्दा एक वर्ष काम गरेमा एक महिना बराबरको दरले पाइने फाउ रकम को मुद्दा सल्टिएपछि नेपाल फर्किने र स्नातक भइसकेका दुव्ौ छोरीको बिहादान गरिदिने उनको धोको छ । उनकै भाषामा भन्नुपर्दा बिछोडिएको सत्र वर्षसम्म आपुनो सिन्दुर नमेटेकी र वाह्य कस्ौसँग लसपसनगरेकी आपुनी श्रीमतीलाई काठमाडौँ विमानस्थलबाट बाहिर निस्कनेबित्तिकै ओठमा म्वाइ खाने इच्छा छ । त्यसैले उनले श्रीमतीलाई पहिले नै उर्दी जारी गरिसकेका छन्- विमानस्थलमा आउँदा ओठमा लिपिस्टिकचाहिँ नलगाएस् है भनेर । पराजुली कोरिया आउँदा उनकी श्रीमती २२ वर्षकी थिइन् । १७ वर्षसम्म आपुूलाई कुर्ने श्रीमतीलाई रामप्रसादले मात्र माया गर्न पाउनुहुन्न अरुले पनि हृदयदेखि सलोट हान्नुपर्ने हुन्छ । एउटा पुरुषको दीर्घप्रतीक्षा कुनै पनि महिलालाई सारै अत्यासलाग्दो कष्टकर र पीडादायी हुन्छ जुन संस्कृति र संस्कारलाई वाह्य मुलुकमा कल्पनासमेत गरिँदैन । नेपालमा रहँदा चुरोट नखाने पराजुलीजीले झन्नै ५ लाख नेपाली रुपियाँ बराबरको चुरोट खाए रे त्यतिकै रकम जुवामा हारे रे । काठमाडौंँ र पोखरामा गरी झन्नै तीन-चार करोड नेपाली रुपियाँका मालिक रामप्रसादजीलाई कोरियाली न्यास्रोले नेपालमा सताउँछ भन्ने चिन्ता पनि त्यति नै प्रवल छ जति इच्छा नेपाल फर्कने छ । खोटाङ्गका दिपक थुलुङ्ग पनि सन् ९० ताका कोरिया छिरेका हुन् । कोरिया प्रवेशको तीन महिनाभित्रै अवैधानिक बनेका थुलुङ्गले त्यही अवस्थामै अनौपचारिक रुपले कोरियन केटीसँग बिहे गरे । अहिले उनकी पाँच वर्षकी पुतलीजस्ती छोरी छिन् । स्कुल अवधिभन्दा बाहेक प्रायः आफूसँगै हिँडाउने थुलुङ्गलाई चार वर्ष भयो रे उनकी श्रीमतीले छोडेको । आमालाई छोरी नदिएर आफैसँग राख्ने थुलुङ्गजी पनि अध्यागमनको आँखामा परेका छैनन् । परिहाले पनि रेडिमेड कुरा गर्छन् उनी- ूमलाई समायो भने तिनीहरुकी भााजीलाई तेस्र्याइदिन्छु र पालनपोषणको जिम्मा तिमीहरु नै लेओ भनिदिन्छु । त्यसपछि त मलाई नछोडी कहाँ धर पाउछन् ती यमदूतहरुले ।ू पर्वतका नारद जोशी पनि १८ वर्ष भयो कोरिया छिरेको । पाँच वर्षअघि मात्र उनले नेपाली केटीसँग ताम्झाम्का साथ विवाह गरे । त्योभ्ान्दा अघि दश जनासँग प्रेममा लहसिएका जोशीले एक जनासँग भने कानुनी रुपमै बिहे गरेका थिए । नेपालमा बिहे गर्दासमेत उनी कोरियाली ज्वाइँ नै थिए । बिहेपछि जव कोरिया आए कोरियाली वधुसँग उनको रसरंग टुटेन र नेपालकी विवाहित पत्नीको फोन उनलाई काउछो हुनथाल्यो । पछि कोरियाकीलाई कानुनीरुपमै छोडेर नेपालकीलाई उनले कोरिया भित्र्याईकन छोडे । कोरियाकी पनि कहाँ कम थिइन् फोन गर्ने र वाधा दिने काम भइरहेको गुनासो जोशीको छ । अर्जुन तिमल्सेना चार वर्षदेखि कोरियामा छन् । कोरिया पुगेको एक वर्षपछि साविक कम्पनी छोड्नेवित्तिकै अवैधानिक बनेका उनले नेपाली नौ लाख खर्च गरेर ६ महिनाअघि आपुनी नेपालकी श्रीमतीलाई अर्कै कुनै कोरियन नागरिकसँग न्ाक्कली कागजी बिहे गराएर कोरिया छिराएका छन् । लामो समयसम्म मालपोत कार्यालय पोखरामा कार्यरत धनपति तिम_िल्सनाका एक्ला छोरा अर्जुनको धन कमाउने लालसा पनि अचम्मकै छ । यद्यपि उनका बाले नेपालमै उनलाई जागीरबाट धेरै सम्पत्ति जोडिदिएका छन् । कोरियामा अवैधानिक हुनुभन्दा अघि उनी माओवादी पीडितको सूचिमा परेर अहिले शरणार्थी भिषामा बसेका छन् । त्यसो त माओवादी पीडित बनेर नक्कली पीडितहरु शरणार्थी भएर बस्नेको संख्या पनि कम छैन कोरियामा । खोटाङ्गकै बविन्द्र राई पनि लामो समयदेखि कोरिया बसेका थिए तर अहिले उनी काठमाडौ भित्रिसकेका छन् । अवैधानिक अवधिमै कोरियन केटीसँग बिहे गरेका बविन्द्रको कुनै जायजन्म नभए पनि झन्नै दुई दशकपछि उनी आपुनी कोरियन श्रीमतीसहित सन् २००७ को मध्यतिर नेपाल फर्किए । पहाडको आपुनो गाउँमा भव्यरुपमा राँगा-खसी काटेर नेपाली हिसाबले बिहे गरेर काठमाडौँ फर्के तर उनकी श्रीमतीले काठमाडौँको धुलो र धुवाँको प्रदुषण खप्न सकिनन् र पहाडबाट काठमाडाँै झरेको एकै हप्तामा कोरिया फर्किइन् । अहिले राईजी कोरिया जान नपाउने र श्रीमतीलाई धुवाँधुलोका कारण नेपाल बस्न नसक्ने समस्याले दुवैको जीवनलाई पिरोलेको छ । यद्यपि सम्बन्ध बिगि्रहालेको चाहीँ छैन् । कोरियातिरबाटै फोन आइरहन्छ प्रायः । राई भने सानोतिनो व्यवसाय गरेर काठमाडौँमै जीवन बिताइरहेका छन् । चौवालीस वर्ष काटिसकेका दुवैलाई अर्को नयाँ बिहे गर्नलाई पनि समस्या छ । झन् कोरियामा त अलि उमेर ढल्केपछि बिहे हुनै गाह््रो हुन्छ । चितवनका विनोद पौडेल कोरिया भासिएको आठ वर्ष भयो । जन्मदै बाबु नदेखेका विनोदलाई पालनपोषण भने आपुनै सानीमाले आपुू अविवाहित रहेर गरिन् । बिहे मात्र गरेर कोरिया छिर्दैगर्दा पौडेलकी श्रीमतीको पेटमा तीन महिनाको गर्भ थियो । छोरी आज झन्नै आठ वर्ष पुग्नलागिन् तर उनी घरबाट पूरै बेखवर छन् । एकपटक त उनकी आमाले जहाँ भए पनि फर्काइदिएर नेपालमात्र छिराइदिनु भनेर नेपाली राजदूतसँग अनुरोध पनि गरिन् रे । लुकीलुकी हिँडेका पौडेल कामका लागि जति पोख्त छन् कमाएको पैसा साथीभाइ र रक्सीमा उडाउन त्यति नै माहिर छन् । आठ वर्षमा उनले मुस्किलले पाँच लाख घर पठाएछन् । यद्यपि उनी महिनाको १ लाख नेपाली कमाउछन् । पोखराकै राजु गुरुङ्गको समस्या भने फरक छ । दुई वर्षअघि उनी १६ वर्षको कोरिया वसाइबाट नेपाल फर्किएका थिए । नेपाल आउनुअघि कोरिया त जुनसुकै जुक्तिले पनि छिर्न सकिन्छ भन्ने उनको विचार थियो । सोझो हिसाबको उनको सोचले त्यतिखेर झट्का खायो जतिखेर उनी आपुनो असली नाममा नभएर पैंतिस हजार नेपाली रुपियाँ खर्च गरेर न्ाक्कली नागरिकता निकालेर न्ाक्कली पासपोर्टमा कोरिया छिर्न लाग्दा इन्छन एअरपोर्टमा समातिए । उनलाई अध्यागमनले कोरिया छिर्न दिएन र यसअघि कोरियामा गैरकानुनीरुपले बसिसकेको दलिल पेश गर् यो । उनलाई आपुनै साथीले पोलेकोले आफू समातिएको उनको तर्क छ । हाल उनी नेपालकै रसरङ्गमा कोरिया सम्झेर डुबेका छन् । उनकी श्रीमती नौ वर्षअघिदेखि गैरकानुनी रुपमा कोरियामै काम गरिरहेकी छिन् । उनीहरुको १८ वर्षको छोरो १२ कक्षामा पोखरातिरै कतै पढिरहेको छ । छोरो होस्टलमा बस्छ । तीन जना तीनतिर बाडिएर बसेका गुरुङ्ग दम्पत्ती आपसमा कोरियन भाषामै कुरा गर्न रमाउँछन् । रुपन्देही मणिग्रामका माधव पाण्डे नेपालमा रहदा बस व्यवसायी थिए । होहल्लाकै भरमा मुनड्रप्पस मेनपावरमार्पुत कमाइको खोजीमा कोरिया पुगे । एक दुई वर्षसम्म त राम्रै कमाइ भयो । घरमा पैसा पनि पठाउदै रहे । तर बिस्तारै उनको लत यसरी बिगि्रयो उनी चौविसै घन्टा रक्सीमा डुब्न थाले । हँुदाहँुदा उनलाई वेहोसी अवस्थामै अस्पताल भर्ना गरियो र चार पाँच लाख रुपियाँ नेपालबाटै झिकाएर औषधि गरिसकॆर नेपालमै पठाइयो । उनका जानकारहरु भन्दछन्- उनी मानसिकरुपमा अझै स्वस्थ छैनन् । झापा दुहागढी-६ का ईश्वर चौलागाई तीन वर्षदेखि कोरियामा अवैधानिक छन् । कोरिया भासिएको ६ वर्ष भए पनि कोरियामा तीन वर्षसम्म उनी श्रम भिषामै थिए । सुंगुरपालन गर्ने कम्पनीमा काम अप्ठ्यारो भए पनि कमाइ राम्रै छ । झापामै जायजेथा प्रसस्त जोडिसके उनले । खर्च कम गनॆ्र स्वभावका चौंलागाई महिनैपिछे नेपाली लाख रुपियाँका दरले घरमा पैसा पठाउँछन् । ललितपुरका सुधिर श्रेष्ठ पनि लगातार पैसा पठाइरहेका छन् । तर काठमाडौका शिवेन्द्र शाहले भने न त पैसा पठाउन सके न त शरीर बनाउन नेै सके । न कसैलाई स्थायी अभिन्न मित्र बनाउन सके । तलब थापेकै दिन सबै पैसा यसरी उडाउँछन् जसलाई भोलि के खाने भन्ने चिन्ता हँुदैन र पसर्ीपल्टदेखि सापटी माग्न थालिसकेका हुन्छन् । रक्स्ाीमै शरीर डुबाउने उनी कसरी जीवन थेगिरहेछन् यो उनै छेउकालाई मात्र थाहा हुन्छ । नेपालमा कोरियन नागरिकसँग नक्कली बिहे गरेर कोरिया पुगेका नेपाली महिलाहरुको संख्या पनि धेरै छ जो कोरियामै नेपाली वा अन्य देशका श्रमिकहरुसँग एकै कोठामा बस्दछन् । एक्लै बस्नेको संख्या छदैछैन भने पनि हुन्छ । जोडी भएर ब्ास्नुपर्ने बाध्यात्मक स्थिति समेत सिर्जना गरिन्छ रे कोरियामा । सुरुमै आठ-दश लाख रुपियाँ तिरेर नक्कली विवाह गरी कोरिया पुगे पनि प्रत्येकचोटि भिषा नविकरण गर्न सोही न्ाक्कली लोग्नेको आवश्यकता पर्ने हुन्छ । तर भिसा नविकरण गर्दा कतिले सजिलै सहयोग गरे पनि कतिले थप पैसाको माग गर्ने र अझ कतिले त कम्तिमा एक हप्ता आफूसँग सुत्नुपर्ने माग समेत राख्ने गरेको सुन्नमा आएको छ । अझ डरलाग्दो कुरा के छ भने नक्कली बिहे गरी बसेको थाहा पाई कस्ौले पोल गरिदिएमा समातिएर कार्वाहीमा परी नेपाल फर्कनुपर्ने समेत हुँदोरहेछ कोरियामा । नेपालमा विवाहित वा छोराछोरी भएका महिलाहरु समेत ब्वाइप्रुेण्ड बनाई बसेका भेटिन्छन् भने विवाहित वा अविवाहित केटाहरुको त कुरै छोडौं । कोरिया पुगेपछि चुरोट र रक्सी नखाने कमै मात्र हुन्छन् । नियमित वा आंशिक मात्र फरक हो । अपवादको रुपमा कोही पाइएला त्यो भने आश्चर्यको विषय हुन्छ । त्यसो त कोरिया पुगेर आ आपुना परिवारको भाग्य चम्काउनेको संख्या पनि कम छैन । यस्तै लर्कोमा उभिने के।पी। सिटौला रेस्टुरेण्ट व्यवसायीहरु रुद्र शर्मा लक्ष्मण बोगटी दिनेश हिराचनलगायत राजीव कँडेल विनोद कुँवररुको नाम पनि उल्लेख्य रहेको छ । विदेशिएका नेपालीहरु माझ अहिले जातीयता क्षेत्रीयता धार्मिक विभेदजस्ता कुराहरु हुर्किदै गएको छ । त्यसमा पनि कोरिया जापान र हङ्गकङ्ग अग्रपंक्तिमा आउँछन् । प्रत्येक जनजाति जिल्ला र समूहका आ आपुनै च्याउ उमि्रएजस्ता संघसंस्थाले नेपाल र नेपालीको समग्ररुपमा विकास गर्नेभ्ान्दा पनि आपसमा टुटफुट ल्याउने घटनामा वृद्धि भएको छ । कोरियामा मात्रै यस्ता जातीय र क्षेत्रीय संघसंस्थाहरु झन्नै साठीको संख्यामा खुलेका छन् । यस्ता संघसंस्थाले आपसी मनमुटाव र फुट मात्र सिर्जना गरेका छन् । गैरकानुनीरुपमा वसोवास गरेका नेपालीहरु समेत यस्ता संघसंस्थाका सदस्य हुनाले तिनीहरुको वैधानिकताको प्रश्नहरु पनि प्रशस्त उठ्ने गरेका छन् । विदेशमा बसेर कमसेकम यस्ता जातीय क्षेत्रीय र कुप्रभाव बढाउने संस्था नखोलिए राम्रो हुनेथियो भन्ने बसाइभरि लागि नै रहन्छ । नेपालबाट विदेश भ्रमणमा जाने दलका नेता वा सरकारी निकायका अधिकारीहरुले पनि ती देशमा गैरकानुनीरुपमा बसेका नेपालीहरुलाई त्यस्ता संघसंस्थाहरुलाई र त्यसका पदाधिकारीहरुलाई मान्यता दिनुले आधिकारिक पार्टीका नेता वा सरकारी निकायका पदाधिकारीकै नियतमा मात्र खोट होइन विदेशीले नेपालीलाई सोच्ने विषयमा समेत प्रश्नचिन्ह उठाएको छ । किनभने जुन देशको पानी पिइन्छ जुन देशको न्यानो घाम तापिन्छ र बाच्नलाई फेरिरहनु पर्ने हावा लिइन्छ कमसेकम त्यस देशका लागि प्रत्येक मान्छेले आपुनो उत्तरदायित्व निर्वाह गर्नुपर्छ गर्नुपर्ने हुन्छ । कानुनी मान्यता समेत वहन गर्नुपर्ने हुन्छ । त्यसो नहुँदा नेपालमाथि नै प्रश्न उब्जन सक्छ । मानिस जहाँ बसोस् सकेसम्म कानुनी दायरामा बसोस् भन्ने सोचाइ रह्यो भने विदेशीहरुको नेपालीहरुप्रतिको सोचाइ समेत सकारात्मक हुन्छ । नेपालबाटविदेश भ्रमणमा जाने दलका नेता वा सरकारी निकायका अधिकारीहरुले पनि ती देशमा गैरकानुनीरुपमा बसेका नेपालीहरुलाई त्यस्ता संघसंस्थाहरुलाई र त्यसका पदाधिकारीहरुलाई मान्यता दिनुले आधिकारिक पार्टीका नेता वा सरकारी निकायका पदाधिकारीकै नियतमा मात्र खोट होइन विदेशीले नेपालीलाई सोच्ने विषयमा समेत प्रश्नचिन्ह उठाएको छ । किनभने जुन देशको पानी पिइन्छ जुन देशको न्यानो घाम तापिन्छ र बाच्नलाई फेरिरहनु पर्ने हावा लिइन्छ कमसेकम त्यस देशका लागि प्रत्येक मान्छेले आपुनो उत्तरदायित्व निर्वाह गर्नुपर्छ गर्नुपर्ने हुन्छ । कानुनी मान्यता समेत वहन गर्नुपर्ने हुन्छ । त्यसो नहुँदा नेपालमाथि नै प्रश्न उब्जन सक्छ । मानिस जहाँ बसोस् सकेसम्म कानुनी दायरामा बसोस् भन्ने सोचाइ रह्यो भने विदेशीहरुको नेपालीहरुप्रतिको सोचाइ समेत सकारात्मक हुन्छ । नेपालबाट श्रमिक र अन्य प्रवेशाज्ञा लिएर कोरिया पुग्नेहरु कोरियाको वर्षौंको वसाइमा धर्म परिवर्तन गर्नेको संख्या पनि १५÷२० प्रतिशतको हाराहारीमा छ । विशेषगरी इसाईधर्मको प्रभाव र यसको विभिन्न भौतिक सुविधाको प्रलोभनमा परेर चाहॆर वा नचाहेर इसाईधर्मतिर झुक्नेहरु पनि मनग्गे छन् कोरियामा । सेवा सहयोग जस्ता मानवीय गुणहरु अन्य धर्मबाट उपलब्ध नहुने देखेर वाध्यात्मकरुपमा चर्चको शरणमा पुगेपछि क्रमशः इसाईकरण हुने चलन सामान्यजस्तै छ । इसाई धर्मप्रचारकको चर्को उपस्थिति चर्चमा दिइने आश्रय र सहयोग्ाी भावनाले पनि प्रशस्त प्रभाव पारेको छ कोरियामा । तर इसाई धर्मको प्रभावमा पर्नेहरु भने मुस्लिम मुलुकबाहेक अन्य मुलुकका प्रमुख छन् । त्यसमा हिन्दू धर्मालम्वी मान्ने देश नेपाल अग्रपङ्क्तिमा छ । एकताका बुद्ध धर्मको वर्चश्व रहेको कोरियामा आजभोलि दिनानुदिन इसाईधर्मीको संख्या बढिरहेको छ । सम्भवतः चर्चहरुको उपस्थितिको हिसाबले शिओल संसारकै टप फाइभ चर्च हुने सहरमा परेको अनुमान छ । विशेषगरी गोरो छालाको प्रभुत्व र आधुनिकरणको प्रभावले पनि कोरियालीहरुमा धर्म परिवर्तनको लहर चलेको छ । त्यसको हावाले कोरियामा रहेका अन्य आप्रवासीहरु पनि प्रभावित रहेका छन् । इस्लाम धर्मालम्वीहरु आपुनो धर्मप्रति अति नै कट्टर हुनेहुँदा लचिलोरुपमा रहेको हिन्दूधर्मावलम्वीलाई प्रभाव पार्न धेरै सजिलो छ । त्यसमा पनि हिन्दू धर्मको वास्तविक मर्म नबुझेका कम शिक्षित अवसरवादी र लोभीपापी मगजको सस्तो र सजिलो उपाय चर्चमा जाने फेशन नै छ जुन विस्तारै इसाई धर्ममा वप्तिस्मा पानीमा डुवाएर दिइने इसाई धर्म प्रवेशको प्रारम्भिक चरण अवलम्वनपछि हिन्दूधर्मको विरोध गर्ने हुनु सामान्य बनेको छ कोरियामा । आप्रवासीहरुमा वंगलादेशी नेपाली र पाकिस्तानीहरुको खासै मान्यता छैन कोरियामा । अवैधानिक काममा पूर्वीय मुलुकभरि ख्याति कमाउनेमा पहिलो पंङ्तीमा पाकिस्तानीहरु पर्दछन् । पाकिस्तानीकै सिको र संगतले नेपालीहरु पनि जापान कोरिया हङ्कङ र मलेसियामा समेत बदनाम भइसकेका छन् । कोरियामा पनि पाकिस्तानीहरुले यही कारणले कुख्याति कमाएका छन् । पछिल्ला दिनहरुमा नेपालबाट नक्कली बिहे गराउने ध्ान्दामा केही नेपालीहरुको नाम मुछिएकॊले पनि कोरियाली अध्यागमनले नेपालीलाई कडाइ गरेको छ । आजभोलि एउटा बिराउने शाखा पिराउने भनेझैं एउटाले गरेको नराम्रो कर्मको फल अरुले पनि भोग्नु पर्ने भइरहेछ । कुन देशको व्यक्तिले गरेको हो भनेर विशेष महत्व रहन्छ पूर्वीय विकसित मुलुकहरुमा । त्यसपछि सबै कुरामा कडाइ सुरु हुन्छ । दशौंलाखको रकममा नक्कली बरबधु बनाएर कोरिया पठाउने कामको सुइँको पाएपछि ध्ोरै सक्कली बरबधु पनि कोरिया प्रवेशमा रोक लगाइए सन २००८ को वर्षभरि । कति त कोरिया पुगेका पनि अध्यागमनबाट फर्काइए र सक्कलीहरु समेतले हुनसम्मको मानसिक र आर्थिक गोता खाए । यस्ता घटनाले सँधै नेपालीहरुको शिर निहुरेको छ कोरियामा । नेपाली भन्नेबित्तिकै र नेपाली राहदानी देख्नेवित्तिकै शङ्काको दृष्टिले हेरिन्छ कोरियामा । प्राकृतिक सौन्दर्य हिमाल र सगरमाथा भनेर धेरै कोरियालीहरुले नेपाललाई मायाँ गरे पनि प्रायः हप्तैपिछे कोरियाली टेलिभिजनहरुका पर्दामा देखाइने गाउँले नेपाली गरिवीका कारुणिक दृष्यहरु खाते बालबालिकाहरुका बारॆमा प्रसारण गरिएका दर्दनाक अवस्थाहरु आपुनी आमाको उपचारको लागि नावालकले काठमाडौँको टेम्पोमा खलासी बनेका घटनाहरु पशुपति आर्यघाटमा चितालाई चढाएको पैसा र श्रद्धालुहरुले बागमती नदीमा दियोसँगै बगाएको पैसा टिपेर गुजारा चलाउने बालकहरुको नारकीय जीवन घटना उजागार गरेबाट पनि कोरियालीहरुको नजरमा नेपाल हरितन्नम देश नै हो भन्ने बुझाई हुन्छ । यस्ता दृष्य कोरियाली टेलिभिजनमा दोहोर् याएर तेह्र् याएर दिइने गरिन्छ । त्यसो त कोरियाली टेलिभिजनमा आपुनो देशको नकारात्मक कुरा प्रायः देखाइदैन जवकि धनी देश कोरियामा पनि फुटपातमा सुत्ने भिखारीहरु प्रशस्त छन् । रेलमा मागििहंड्ने मगन्तेहरु छन् र यङ्गदम्पोलगायतका रेल स्टेशनहरुमा बेलुका सुत्न र बस्नकै लागि झगडा गरिरहेका बूढा भिखारीहरु पनि प्रसस्त छन् । कोरियाली सन्चारमाध्यमहरुले अमेरिकाको र वेलायतको नकारात्मक कुरा कहिल्यै पनि प्रसारण गर्दैनन् । गोरा छालाहरुको मानसिक दासता र उनीहरुले बोकाएको अर्धऔपनिवेशिकतालाई बुझ पचाएर सन्चारकर्मीहरु कहिलेकाँही आफ्नो धर्म समेत बिसर्िदिन्छन् । कोरियाली आकाशमा मानसिक सन्ताप दिएर चर्को आवाजमा उडिरहने अमेरिकी लडाकु विमानहरुलाई मनोवैज्ञानिक आतंक नभनेर कसरी उम्कन सक्छ एउटा स्वच्छ पत्रकारिता कसरी सफल हुनसक्छ एउटा राष्ट्रियता बोकेको कलमको आवाज कोरियामा प्रायः सबै टेलिभिजन च्यानलहरु प्राय सबै गरिब मुलुकतिरै खनिएका हुन्छन् र गरिवीको भारी बोकिरहेका अरु एशियाली र संसारका अरु मुलुकको मात्र खिसिट्युरी गरिरहेका हुन्छन् । सही ज्ञान र सूचनाको सत्यता पनि कहिलेकाहीं शंकाको घेरामा हुन्छ भन्ने कुराको उदाहरण बुद्ध जन्मेको देश भारत हो भनेर कोरियाली पाठ्यपुस्तकहरुमा पढाइनु पनि एक उदाहरण हो । अझै पनि आधाभन्दा धेरै कोरियालीहरु बुद्ध भारतमा जन्मेका हुन् भनेर मान्दछन् । कोरिया मात्र होइन भारतबाट समेत हामीले यस विषयमा न्याय पाएका छैनौ । उनीहरु संसारभर यही भ्रमको खेती गरिरहेका छन् । सही सूचनाको अभावमा आफ्नै बाबुले आफ्नो छोरो अरु कसैको हो भन्दा पनि सुन्नु र टुलुटुलु हेर्नुको अर्को विकल्प छैन । यी सबै यस्ता जल्दाबल्दा नेपाल र नेपालीका समस्याहरु हुन् जसलाई हामी सबैले छातीमा हात राखेर सोच्नैपर्ने भएको छ समाधान खोज्नैपर्ने भएको छ र सही निक्र्यौलमा पुग्नैपर्ने भएको छ ।

साभार : नेपाल माइग्रयान्स इन कोरिया सन २००८ मा तीन भागमा प्रकाशित-कोरिया


लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच