-आचार्य प्रभा

भो, नमत्याउ मलाई मेरो रूपको प्रशंसा गरेर\"prabha\"

म कमल नै हुन चाहन्छु

जो हिलोमा फुलेर पनि सधैं हर्षित हुन चाहन्छ।

अनुवाद नगर मलाई गुलाबसँग

जो राजकुमारी झैँ काँडारुपी पहरेदारहरुको सुरक्षामा

फुलेकी हुन्छे ,

बरु….. मलाई गर तुलना

बेस्याहार अनी बेवारीसे लजावती झारसँग

जो कसैको स्पर्षमा लज्जित भएर झुक्छे

ऊ जताततै छरिएर बाँचेकि हुन्छे

हजारौं लातहरुको प्रहार सहेर पनि ।

भो,नखिज्याउ मलाई मेरो बैंशको बर्णन गरेर

म सुकेको मुढामा फुल्नेसुनाखारी नै

हुन चाहन्छु ,

जो…. पत्झडसँग पनि सम्झौता गर्न सक्छे

आफु निर्जन फाँटमा पनि रमाउन जान्दछे

असिना, पानीको चोट सहेर पनि ।

बरु…… दाँज मलाई पारीजातसँग

जो अल्पायु लिएरै भएपनी

सधैं दिर्घायुको अभिनयमा बाँच्छे

रातमा फुलेर पनि

निष्पट रातकै अन्धकारमा मग्मगाउछे

अनी अँध्यारो मै

जीवनलाई बिश्राम दिन्छे ,

हो………नमत्याउ मलाई,

नखिज्याउ मलाई ……