-कम उमेरकासँग यौन सम्पर्कले आयु बढ्छ
आफूभन्दा निकै कम उमेरकी स्त्रीसँगको यौन सम्पर्कले पुरुषको आयु बढ्छ । जर्मनीको म्याक्स प्लाङ्क इन्स्िटच्युटका अनुसन्धाताले यस्तै दाबी गरेका छन् । उनीहरूका अनुसार साना स्त्रीसँग दिनहुँ सेक्स गर्ने पुरुषको चाँडै मृत्यु हुने सम्भावना २०.९ प्रतिशत कम हुन्छ । त्यसका लागि पुरुषको उमेर पत्नीको भन्दा कम्तीमा १५ वर्ष बढी हुनुपर्छ ।विश्वमा उमेर बढाउन मानिसहरूले जुनजुन तरिका उपयोग गर्छन् त्यसमा सेक्स सबैभन्दा राम्रो तरिका रहेको विशेषज्ञहरू बताउँछन् ।यो निष्कर्षमा पुग्नुअघि म्याक्सका अनुसन्धाताहरूले डेनमार्कमा सन् १९९० देखि २००५ सम्म मृत्यु भएका पुरुषहरूको उमेर रेकर्ड अध्ययन गरेका थिए । अनुसन्धाताहरूले के पाए भने बढी उमेरमा मृत्यु भएकाहरूका पत्नी कम उमेरका थिए ।