महावीरसँगको मुस्ताङ यात्रा

-स्याटेलाइट, नाङ्गी/म्याग्दी– महावीर पुनको नेपाल वायरलेस नेटवर्क अन्तर्गतको ‘Upper Mustang Wireless Internet’ सेटअपको काममा अहिले हामी लागिरहेका छौँ जुन अबका दुई हप्तासम्म जारी रहनेछ। मैले केही दिनअगाडि महावीर पुनको प्रोजेक्टको बारेमा ब्लग लेखेपछि आर्थिक र भोलेन्टियरली यो प्रोजेक्टलाई सहयोग गर्न उत्सुक धेरै इमेल र प्रतिक्रियाहरु प्राप्त भए। यसबारे मैले महावीरलाई जानकारि गराइसकेको छु। तर एउटा…

3 मिनेट

पढ्ने समय

-स्याटेलाइट, नाङ्गी/म्याग्दी

महावीर पुनको नेपाल वायरलेस नेटवर्क अन्तर्गतको ‘Upper Mustang Wireless Internet’ सेटअपको काममा अहिले हामी लागिरहेका छौँ जुन अबका दुई हप्तासम्म जारी रहनेछ। मैले केही दिनअगाडि महावीर पुनको प्रोजेक्टको बारेमा ब्लग लेखेपछि आर्थिक र भोलेन्टियरली यो प्रोजेक्टलाई सहयोग गर्न उत्सुक धेरै इमेल र प्रतिक्रियाहरु प्राप्त भए। यसबारे मैले महावीरलाई जानकारि गराइसकेको छु। तर एउटा समस्या छ। महावीरको प्रोजेक्टका लागि सहयोग गर्न उत्सुक धेरै छन्। तर त्यो सहयोगलाई प्रोजेक्टसम्म पुर्‍याउने राम्रो च्यानल बनाउन सकिएको छैन। एउटा सम्पर्क अफिसको पनि हामीलाई खाँचो

\"\"

धेरै नेपालीहरुको क्रेडिट कार्डसम्म पहुँच छैन। त्यसैले चाहेर पनि उनीहरु ‘One Dollar a Month Programme’ मार्फत् सहयोग गर्न सकिरहेका छैनन्। विभिन्न विश्वविद्यालयमा IT अध्ययन गरिरहेका विद्यार्थीहरु र IT को क्षेत्रमा स्थापित नेपालीहरु, भोलेन्टियर बनेर सहयोग गर्न खोज्दापनि उपर्युक्त च्यानलको कमीले त्यो सहयोग लिन सकिइरहेको छैन।

त्यसैले मुस्ताङ वायरलेस नेटवर्क सेटअपको काम सकिएपछि हामी काठमाडौँमा एउटा सम्पर्क अफिस खोल्दैछौँ। यहाँ इच्छुक मान्छेहरुले सहयोग जम्मा गराउन, भएका कामहरुको बारेमा जानकारी लिन र महावीरसँग सम्पर्क गर्न सक्नुहुनेछ। अफिस स्थापनाको बारेमा मैले आँउदा दिनमा यसै ब्लगमार्फत् जानकारी गराउने छु।

महावीरलाई आजको महावीर बन्न बिर्सनै नसकिने सहयोग गरेका पर्दापछाडिका नायकहरुसँग पनि मैले पछिल्ला दिनहरुमा भेटेँ। पोखराका क्याप्टेन भक्तसिँह पुन हुन् या म्याग्दी शिखा गाउँको लेकमा नेपाल वायरलेस टावरको २००३ देखि रेखदेख गर्दै बसेका सेते तिलिजा हुन्- उनीहरुबिना नेपालका दुर्गम गाउँहरुलाइ इन्टरनेटसँग जोड्ने महावीरको लक्ष्य पूरा हुने थिएन। नेपाल र विदेशबाट आएका भोलेन्टियरहरुको सहयोग पनि नेपाल वायरलेसलाई आजको अवस्थासम्म आइपुग्न ठूलो सहयोग भएको छ।

मुस्ताङ प्रोजेक्टमा लाग्नुपहिले महावीरले मलाई र इराकी भोलेन्टियर अनेशलाई दुई दिन कास्कीका गाउँहरुमा काम गर्न पठाउनुभएको थियो ENRD (E-Network Research & Development)का राजेन्द्र पौडेलसँग।

पोखराबाट लुम्लेसम्म मोटरमा र त्यहाँबाट चन्द्रकोट पैदल पुगियो। चन्द्रकोटस्थित संगम टेलिसेन्टर त्यो क्षेत्रमा इन्टरनेट भएका थोरै ठाँउहरुमध्येको थियो।

\"\"

कास्कीको मझगाउँमा कम्प्युटर मर्मत गर्दै

त्यहाँस्थित टावरमा हामीले थप एउटा Alberian Radio जडान गर्यौँ। त्यहाँबाट अब पर्वत जिल्लाको दुर्लुङ, फलेबास अनि कास्कीको घान्द्रुक, लान्द्रुक, टोल्का लगायतका ठाउँमा इन्टरनेट लिङ्क जोड्न सकिनेछ। हामी पहिलो रात चन्द्रकोट बसेर अर्को बिहान मझगाउँस्थित टेलिसेन्टरमा बिग्रिएका दुई वटा कम्प्युटर र प्रिन्टर मर्मतको लागि पुग्यौँ।

त्यहाँ केही दिनदेखि इन्टरनेटले पनि काम गरेको रहेनछ। समस्याहरु सामान्य थिए जान्नेहरुका लागि। तर गाउँलेहरु इन्टरनेट र प्रिन्टरबाट वञ्चित भएका थिए। एउटा डेस्कटप कम्प्युटरको डिस्प्ले काम नलाग्ने भएको रहेछ। अर्को कम्प्युटर, प्रिन्टर र इन्टरनेट मर्मत गरेर हामी भिक्षुक गाउँ हुँदै टोल्काको उकालोतिर लाग्यौँ।

गाउँगाउँमा यी टेलिसेन्टरहरु महावीरको नेपाल वायरलेस प्रोजेक्टकै कारणले सम्भव भएका हुन्। सरकारबाट घुस खानेबाहेकको सहयोग भएको छैन अहिलेसम्मलाई। इराकबाट भोलेन्टियरको रुपमा आएको साथी अनेशको उत्साहलाई टोल्काको उकालोले कम पारेको थिएन।

 \"\"

काठमाडौँ युनिभर्सिटीका भोलेन्टियरहरु

टोल्काको माध्यमिक विद्यालय नजिकैको अग्लो रुखलाई टावरको रुपमा प्रयोग गरिएको थियो तर लगातारको चट्याङले रेडियो काम नगर्ने भएको रहेछ। हामीले राति दश बजेसम्ममा नयाँ रेडियो जडान गरेपछि इन्टरनेट सुचारु भयो। विद्यालयहरु वर्षे बिदाका कारणले बन्द छन् अहिले, तर भेटिएका गाउँले र शिक्षकहरुले खुसी ब्यक्त गरे सहयोगका निम्ति।

अर्को बिहान हामी सात घण्टाको पैदल यात्रापछि पोखरा फर्कियौँ। हामी यतिबेला महावीरको गाउँ नाङ्गी आइपुगेका छौँ। महावीरले स्थापना गरेको हिमालय विद्यालय प्राथमिक तहबाट उच्च माविसम्म पुगिसकेको छ र यहाँ पाँच कक्षाबाटै कम्प्युटर शिक्षा अध्यापन गराइन्छ। हामीहरुले भोलि यहाँबाट केही पर रहेको मोहरे डाँडामा रेडियोहरु जडान गर्नेछौँ।

हाम्रो टिममा अहिले विदेशीबाहेक काठमाडौ युनिभर्सिटीबाट ग्राजुयट गरेका विवेक शाक्य र रोशन जोशीजस्ता उत्साहलाग्दा युवा भोलेन्टियरहरु पनि छन्। साथी अनेशले ENRD का राजेन्द्र पौडेलको अनुरोधमा अक्टोबर महिनामा काठमाडौ युनिभर्सिटीको कम्युनिकेसन डिपार्टमेन्टका विद्यार्थीहरुलाई छोटो तालिम दिने भयको छ। त्यो तालिमपछि ती विद्यार्थीहरु नेपाल वायरलेस नेटवर्कलाइ लागि राम्रो Technical Support गर्न सक्षम हुनेछन्।

यी दिनहरुमा म नेपाली गाउँमा छु। मैले यहाँ एउटा समस्या देखेको छु। हामीलाई नयाँ या प्रयोग भइसकेका कम्प्युटरहरुको असाध्यै खाँचो छ। दुई वटा कम्प्युटर ६०० जना विद्यार्थीका लागि निकै कम हुन्। सिक्ने तीब्र चाहना हुँदाहुँदै पनि हाम्रा विद्यार्थीहरुले कम्प्युटरको अभावमा इन्टरनेट, इमेल लगायत अत्यावश्यक ज्ञानहरु सिक्न पाइरहेका छैनन्। तपाईँहरुसँग प्रयोग भैसकेका ल्यापटप या डेस्कटप कम्प्युटरहरु छन् कि ? ती हाम्रा नेपाली विद्यार्थीहरुका लागि ठूलो सहयोगी हुनेछन्।

 \"\"

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच