-अंकलको गन्थन
अंकललाई अरुण बराल ले लेख्नुभएको तलको कुरा सम्झँदामात्र पनि यति हाँसो लागेर आउँछ कि एकान्तमा सम्झेंभने आजपनि एकपटक आफै हाँस्ने गरेको छु । उहाँले लेख्नुभएको बाहुनवाद पुस्तक हक्की निडरमात्र नभएर हाँस्यरसपनि उस्तै मिसिएको छ । बाहुनहरु ब्यवहारमा अलि त्यस्तैखाले ब्यंग गर्नेपर्नेखाले वातावरण स्वयंले बनाई हिडने भएरपनि पुस्तकमा उहाँले समेत थाहा नपाउँने गरेर बास्तविकता र निडरपनभित्र हाँस्यरसपनि प्रशस्तै घुस्न पुगेका छन । पुस्तकको कुनै यौटा पानामा लेख्नुभएको छ “उतिवेला माओले नेपालमा पुँजिवादलाई सामन्तवादसंग सम्झौता गरेको आरोप लगाउँदै नौलो जनवादी राजनीति र संस्कृतिको अवधारणा अघि सारेका थिए । तर आज माओ बितिसक्नुभएको यो कालमा नेपालका कम्युनिस्टहरुनै सामन्तवादी संस्कृतिसित सम्झौता गरिरहेका छन, पुँजिवादीको के कुरा – सायद चीनका माओ बाँचिरहेका भए यस्तो देखेर मरी मरी हाँस्ने थिए,, । होनी,त अचम्मै छन नेपालको कम्युनिस्टहरु बिशेष गरेर एमाले, जो आफुलाई कम्युनिस्ट भन्छ तर यौटा रुक्मांगतको चोर औंलाको भरमा परेड खेल्दोछ । संसारमै स्वाभिमानी देशभक्त उच्च दर्शनका हिमायतीहरु भन्ने अनि ज्ञानेन्द्रको पाउ चाटन पाउनुत अहोभाग्य यसैपनि तर गिरिजाको हुकुममा उठवस गर्दोछ । अनि माओ -माओत्से तुङ) भए कति हाँस्थे होलानत – यो खाले कम्युनिस्ट देखेर । माओले दिल खोलेर हाँसेको धेरैपटक देखेको छु अंकलले, माओले धक फुकाएर सिचुआन वस्ति वरिपरि जनताहरुसंग टोलटोल घुम्दै हाँसेको धेरै ठाउँमा भेटेको छु अंकलले पत्रिकाहरुमा । अनि अन्दाज गर्दोछु यहा । हो भनेको मार्क्स घतलाग्दो मुस्काउँछन, लेनिन त्यस्तै तर भेटीहाले र छनक दिईहाले देखाईहाले लेङलोईहरुलाई र्साईडपनि हानीहाल्ने माओ भने गज्जव दिल खोलेर हाँस्छन -थे) । दुखमा,त दुख भईहाल्यो तर खुशीमा पनि रोएकै जस्तो देखिने माकुनेको पिन्चे अनुहार र माओको ब्यंगात्मक हाँसो सम्झँदा साँच्चै अरुण सरको यो बाहुनवाद अर्को रमाईलो भएर थपिएको छ मेरोलागि । एक किसिम अंकल यस्तै यौटा लेखकको प्रतिक्षामा थिएछु । जस्ले माओले भनेजस्तै क्रान्ति आफैबाट सुरु गरोस । के को तिर्खा के को तिर्खा, तिर्खा होईन रहेछ अरुण बराल सरको यस्तो कितापको भोको चाही थिएछु अंकल । मैले गरेको ब्रम्हाणवादको बिरोध कहिल्यै पूर्ण भएन किन – तर लाहुरे प्रथाको कारण हो बाहुनले देश खान बाध्यभएको, हामीले छाडेपछि खानु स्वभाविक हो उस्ले,, भन्ने मेरो अडानले फेरी चर्चा पायो किन – रत्यौली, बालुन, तीजको सपोर्टबारे सानोमात्र मैले गरेको उठान, साकेवा, केलाङ, माङलाङ संगसंगै लैजानुपर्ने सहजीवन सहअस्तित्वका कुराहरुले किन मलाई आत्मैबाट शन्तुष्टि दियो – कुरा यसो रहेछ आफ्नो आंगको जुम्रा लुकाउँने होईन केलाउँनै पर्नेरहेछ, त्यो पनि आफैले । लुकाउँनुको अर्थ नस्ट होईन, त्यो फेरी कुनै न कुनैदिन निस्किएरै छाडछ रगत चुस्न । यर्सथ जुम्रा यी यसरी केलाएर फ्याँक्नै पर्छ क्या बात अरुण सर…………..। नेपालको राजनीतिमा ७ सालदेखी परिवर्तनको नाममा यस्तै लुकाउँने र टालटुले काममात्र भएका थिए । ७ सालमा टालटुलमात्र गरेकोले ११ सालदेखी सम्विधान सभाको कुरै हरायो, त्यतै लोभिएको भन्नाले संसदवादतिरै उन्मुख ने. का.१३ साल हुँदै १५ सालमा ७५ प्रतिशत बशकत पाएर गयो सरकारमा १७ सालमा गाह्रो भत्काईदिए, ३६ साले बिध्यार्थी बलले जन्माएको जनमत संग्रह नामले फेरी ३८ सालमा टालटुल गरे लिउन न थियो यसै झरि गयो, ४७ सालमा बिस्वको सवैभन्दा उत्कृष्ट सम्विधान यौटा कमापनि काटन नसकिने भने ५९ सालमा ख्वाप्प खाईदियो, फेरीपनि वास्तविक कुरा लुकाउँने कसरत हुदैनै छ । टालटुले नीतिमा र्फकने कसरत हुँदैनै छ । भतिजहरुले बुझ्नु यौटा सही कुरा चाही के हो भने उतिबेलैदेखि साक्षी किनाराका भारत सद्धर छन र मुकाम साही सेना मार्फनै हो । कुरा यताकै गरौँ, थाहै नपाई हाँस्न पुगिने बाहुनका धेरै घटना, संस्कार संस्कृति र अधोगतिका निम्न पुँजिवादी चिन्तनहरु छन पुस्तकभित्र । तर भनिहालें अरुण सरकै हातबाट लेखिएको भएपनि अंकलले त्यो कोट्याँउनु उति रमाईलो नहुँदो रहेछ । भतिजहरुले आफै किनेर पढे राम्रो हुन्छ, कितापको नाम हो बाहुनवाद लेखक हुन केरावारी मोरंगका बाहुन अरुण बराल ज्यु । लेखै लेख्दा पैसा खायो अंकलले देख्ने मोराहो फेरी सम्झौलाकी अंकलले किताप भिडाउँन आँट्यो, किताव बेचेर पैसा खान आँट्यो । होईननी मोरा हो, त्यहा पशुपति स्टोरमा जानु र घनश्याम भाई भन्ने सक्कली कमरेडसंग माग्नु, ३५ डलर तिमीहरुले सित्तैमा दिनु उस्लेपनि किताव सित्तैमा दिन्छ । अंकललाई अर्को पिर पर्यो बाहुनवाद पढेर फेरी उसैलाई गोदन थालौलानी मोरा हो………। बाहुन चोर देश छोड भनेर नारा सुरु गरौलानी मोरा हो हामीहरुत हंगकंगमा छौँ नी……। अरुण सरले आफ्नो घरभित्र, आफुभित्र क्रान्ति मच्चाएर आफुलाई रुपान्तरणत उहलेनै गरेका हुन तर अरुलाई परिवर्तन गरे जस्तै देखासिकी गर मोराहो । -उमेर हो सिंढी नचढ, डिस्को ननाच नै चाही भन्दिन, किनभने……..हैन…….-) चढने कामदेखी लिएर डिस्को नाच्नेसम्मको समय कटाएर बाँकि समय यता अध्ययन गरेर आफ्नो बिकृतिहरु चिर्दै आफुलाई रुपान्तरण गर्नेतिर लाग्नु । सवभन्दा पहिले जान्नु त्रि्रो हाम्रो बाजे पर्ुखाले डलर कमाउँन मलेवा हंगकंग धाउँन थालेको डेरसय बर्षज्यास्तै भयो तर धनी कहिल्यै किन हुन सकेनन – पहिलो प्रश्न यो उठाउँनु आफैमा । बाहुनले देश खायो भन्ने अनि आफु पिउनको जागीरसम्म नेपालमा नखाने, ठुलो पल्टेर हंगकंग आयो कर्म गर्नुलाई कुल्ली सम्झ्यो हो यिनै कुराहरुको सिरीखुरी कारण र ब्याख्याहरु गर्न सक्यौ खोज्यौ भने अरुण सरको बाहुनवादको २ गुणा ठुलो मतुवालीको किताव तयार हुन्छ । लौ त्यसैलाई उदाहरण मानेर आजै देखी ज्ञान खोजि हाल भतिजाहरु हो……….। अन्तमा माओ हाँसेको कुरा सुन्ने हो अलिकती – सत्य कुरा,त यार दाह्रा किटेरपनि सुन्नर्ुपर्छ क्या………,हेरन,त कसरी नहाँसुन माओ ! संसारको सवैभन्दा उच्च आदर्शवान दर्शनको हिमायती, मार्क्सवादको पण्डा, शोषक सामन्तवाद निर्मुल पार्ने, लिंग छुवाछुत जातपात विरोधी हौँ भन्ने अनि ज्ञानेको खुट्टा भेटेपनि हुँ हुँ रुँदै त्यहि अँगाल्न पुग्ने, उस्को स्वबिचारको सरकार बन्छ प्रतिगमन सच्चियो खर्लप्पै आधा भन्दै हस्यांग र फस्यांग त्यहि खुट्टा सुम्सुम्याउँन पुग्ने, रामवरणले खुद सेनाको प्रधानसेनापति थमौती गर्छ यहि हो नागरिक सर्वोच्चता सलाम ठोक्न पुगेकै छ, महाकाली महाप्रभुहरुलाई दिनुपर्ने भो …….भन्ने उर्दि आउँछ उफि्र उफि्र सिग्नेचर धस्काएकै छ यता जनतालाई हामी सच्चा कम्युनिस्ट लाज पचाएर भाषण ठोकेकै छ । अनि दुनियाँलाई हाँसो नहोस कसरी – अन्तमा २ शब्दत २ सयबर्षअघिदेखिनै बोल्ने चलननै छ हैन – त्यो चाही अरुण सरको पुस्तक बाहुनवाद बाट, बाहुनले ज्योतिष विज्ञानबाट अलग गरेर ठगी खाने बिद्यामा अप्रभंसित गरेको छ । पश्चिमाहरुले ज्योतिष विज्ञान प्रयोग गरेर खगोलबारे अनुसन्धान गरे, ग्रहहरु पत्तो लगाए, चन्द्रमामा पुगे, अन्तरिक्षको ब्ल्याक होलमा प्लेन उडाए । तर हाम्रा बाहुन आफुलाई ज्योतिष भनाएर पशुपतिको मन्दिर वरिपरि हात हेरेजस्तो गरेर मागी खान ताँत लागेका छन । अमेरिकामा हात खुट्टा शरिर र आँखा समेत नचल्ने स्टीफन हकिन्स एक अपाङ्गले यहि ज्योतिष बिद्या र खगोल बिज्ञानको सहारामा ब्ल्याक होलको रहस्य पत्तो लगाई सफलता पुर्वक प्लेन परिक्षण गराए । हाम्रा बाहुनले भने ज्योतिषको वैज्ञानिकतालाई पोलेर खाईरहेका छन मान्छेको हातको रेखा गनेर, चिना हेरेर मागी बसेका छन । उनिहरुले पिसाव गरेर आएका चन्द्रमालाई पानी अच्याएर पुजा गरिरहेका छन । यस्तै यस्तै जति पढ्यो पढौँ लाग्ने पापाई………।
सभार-मुल बाटो डट कम














