-बहुपति प्रथा: सन्तान विवाद अदालतमा

सुरेन्द्र सुवेदी संखुवासभा, भोटखोलाको किमाथांकाका नावा जातिले अपनाएको बहुपति प्रथाले विवाद निम्त्याएको छ । यो प्रथाले उत्पन्न गरेको सन्तान र अंश विवाद अदालतसम्म पुगेको छ । केही परिवारका अंश र सन्तान विवाद थाति छन् । साझा पत्नी राख्ने किमाथांकाका नावा जातिको विवाद धेरै पतिसँगको संसर्गबाट एउटै पत्नीले जन्माएका सन्तान कसको भन्नेमा देखिएको हो । बहुपति…

1 मिनेट

पढ्ने समय

सुरेन्द्र सुवेदी

संखुवासभा, भोटखोलाको किमाथांकाका नावा जातिले अपनाएको बहुपति प्रथाले विवाद निम्त्याएको छ । यो प्रथाले उत्पन्न गरेको सन्तान र अंश विवाद अदालतसम्म पुगेको छ । केही परिवारका अंश र सन्तान विवाद थाति छन् । साझा पत्नी राख्ने किमाथांकाका नावा जातिको विवाद धेरै पतिसँगको संसर्गबाट एउटै पत्नीले जन्माएका सन्तान कसको भन्नेमा देखिएको हो । बहुपति प्रथाबाट पीडित बनेको भन्दै किमाथांका-२ का पेम्बा शेर्पाले दाजु पासाङविरुद्ध अंश पाउन संखुवासभा अदालतमा मुद्दा दर्ता गराएका छन् । उनले साझा श्रीमतीबाट जन्मेका सन्तान पनि नस्विकार्ने बताएका छन् । दाजु पासाङले आफ््नो जिम्मा दिएका छोराछोरी आफ्ना नभएको उनको दाबी छ । पासाङ र पेम्बाका साझा श्रीमती किपा नावा हुन् । किपाबाट जन्मेका ४ सन्तानमध्ये सुम्जोक र धार्पुलाई पेम्बाको जिम्मा लगाइएको छ । पेम्बाले आफूबाट नजन्मेको भन्दै यी छोराछोरी लिन मानेका छैनन् । सुम्जोक र धार्पु पासाङसितै बस्छन् । पेम्बाले आफू गोठमै बस्दै आएकाले किपासित शारीरिक सम्पर्क नगरेको दाबी गरेका छन् । \’मैले एकपटक पनि शारीरिक सम्पर्क नगरेकी महिलाबाट जन्मेका बच्चा कसरी स्विकार्नु ?\’ पेम्बाले प्रश्न गरे । छोराछोरी जिम्मा लगाएर अंश नदिएपछि आफू अदालतलाई गुहार्न बाध्य भएको उनले बताए । पासाङले जातीय चलनले किपा दाजुभाइकै साझा श्रीमती भएकाले उनबाट जन्मेका दुई सन्तान किपाकै भनाइअनुसार पेम्बाको भएको जिकिर गर्छन् । यो प्रथाअनुसार आमाले सन्तानको बाबु बताएअनुसारै जिम्मा लिने चलन छ । अदालतले बहुपति प्रथाका कारण सिर्जित मुद्दा पहिलोपटक आएको बताएको छ । किमाथांका-७ का छिन्डुम र रिन्जिन शेर्पाबीच पनि सन्तान र अंश विवाद छ । यी दाजुभाइकी साझा पत्नी सिजेलाई भाइ रिन्जिनले राखेका छन् । दाजु छिन्डुम अलग बसेका छन् । गाउँलेले पटकपटक यो विवाद मिलाउन खोजे पनि नसकेको किमाथांका गाविसका सचिव कृष्ण खनाल बताउँछन्


लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच