-\’\’म आईमाई मान्छे \’\’

                                   –आचार्य प्रभा(अमेरिका )  हो… म \’\’आईमाई\’\’ हुँ  तिमीले जे भन्यौ ठिकै भन्यौ  म, निरीह छु , निस्सार छु , निर्बल छु , निसहाय !छु  केवल… प्रसंशा र दयाको भोको छु त्यसैले तिमीले सजिलै भन्यौ  तिमी \’\’आईमाई\’\’ भनेर।  हो… म आईमाई हुनुले पीडित छु , चाहना र माया को भोको छु  कसैको थोरै विश्वाशमा…

1 मिनेट

पढ्ने समय

\"4912_1143619119622_1501802880_364709_5827152_s[1]\" 

                                 –आचार्य प्रभा(अमेरिका )

 हो… म \’\’आईमाई\’\’ हुँ 
तिमीले जे भन्यौ ठिकै भन्यौ 
म, निरीह छु ,
निस्सार छु ,
निर्बल छु ,
निसहाय !छु 
केवल… प्रसंशा र दयाको भोको छु
त्यसैले तिमीले सजिलै भन्यौ 
तिमी \’\’आईमाई\’\’ भनेर। 
हो… म आईमाई हुनुले पीडित छु ,
चाहना र माया को भोको छु 
कसैको थोरै विश्वाशमा लिप्त छु 
अनी… कसैको विश्वाशघातको शिकार पनि छु । 
तिमी ठान्छौ ,
\’\’आईमाई\’\’थोरै प्रसंशामा रमाउछे 
तिमी मान्छौ ,
\’\’आईमाई \’\’कम्ती विश्वाशमा हराउछे,
हो… यो सत्य हो …..
\’\’आईमाई \’\’नारी हुनुमा मक्ख पर्छे 
फेरी…. आफ्नै कमजोरिसँग छ्क्क पर्छे ,
कहिले आफुलाई धर्तिसँग दाँज्छे ,
कहिले फूलको कोमलतामा आफुलाई 
अनुवाद गर्छे ,
यसैले… उस्को चिनारी \’\’आईमाई \’\’  ठान्छे । 
\’\’आईमाई \’\’ आमा हुनुमा गर्वित हुन्छे 
पत्नी हुनुमा अभिमान गर्छे ,
दासी हुनुमा कर्तब्य ठान्छे 
किन कि…. ऊ  आखिर 
\’\’आईमाई \’\’हुनुमा नै सर्वस्व ठान्छे
त्यसैले… म तिम्रो आव्हान स्वीकार्छु 
हुँ म पनि तिमीले सोचे जस्तै 
\’\’आईमाई \’\’मान्छे । 
म भित्र पनि अरुको जस्तै 
कोमलताको खानि छ ,
आँखाभरी अबिरल बग्ने अश्रु धाराको पानी छ 
कहिले कोमल बनेर आसुँको सागरमा 
निथ्रुक्क भिज्छु म ,
कहिले झुठो प्रसंशामा फुल्छु म 
हो… यही निरीहता छ म भित्र पनि 
अनी…. यही कमजोरी  छ 
मेरो नारित्वमा पनि ,
त्यसैले… सजिलै भन्यौ   
तिमी \’\’आईमाई \’\’मान्छे 
तिमीले जानेरै भन्यौ त्यो 
उपनाम को मान्छे ,
म \’\’सीता  \’\’बनेर  आगोमा जल्न पनि सक्छु 
म \’\’पासँङ \’\’बनेर हिउँमा पुरिन सक्छु 
अनी…. \’\’पारीजात \’\’बनेर रातमा फुल्न सक्छु 
त र…. आखिर म \’\’आईमाई \’\’ थोरै कसैको 
फकाइमा बहकिन पनि सक्छु 
\’\’आईमाई \’\’हुनुको अभिशप्त पीडामा 
म पलायन हुन सक्छु ,
तिमी जे भन म तिम्रो आरोप प्रत्यारोपलाई 
हाँसी हाँसी सहन सक्छु ,
तिम्रो अर्थमा लोग्ने मान्छेको 
पौरषताको दासी हुन सक्छु ,
आखिर म \’\’आईमाई\’\’मान्छे 
झुठो प्रसंशाको भोकले बर्बाद हुन सक्छु 
यसैले म \’\’आईमाई\’\’मान्छे 
क्षणभरको खेलौना बन्न सक्छु 
अनी कसैको झुठो आश्वासनको 
खेती बन्न सक्छु ,
म \’\’आईमाई\’\’मान्छे 
सजिल्यै पग्लिन सक्छु ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

अघिल्लो लेख

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच