-कमरेड जेएनको चोरऔँलो

खगेन्द्र संग्रौला नेकपा-एमाले आप\\mनो अस्तित्वको \’हो\’ र \’होइन\’को कष्टप्रद दोसाँधमा रुग्ण स्वरमा कनिरहेछ । र, एमालेका आलंकारिक अध्यक्ष कमरेड जेएनको अस्तित्व पनि \’हो\’ र \’होइन\’कै दोसाँधमा छ । श्रमिक वर्गीय आदर्श र निष्ठासहितको कम्युनिस्ट रहने कि आदर्श र निष्ठाबाट पूरापूर च्युत भई दक्षिणपन्थमा गिरेर सकिने ? अवस्था यस्तो छ, नेकपा एमालेको पनि र कमरेड जेएनको…

5 मिनेट

पढ्ने समय

खगेन्द्र संग्रौला

नेकपा-एमाले आप\\mनो अस्तित्वको \’हो\’ र \’होइन\’को कष्टप्रद दोसाँधमा रुग्ण स्वरमा कनिरहेछ । र, एमालेका आलंकारिक अध्यक्ष कमरेड जेएनको अस्तित्व पनि \’हो\’ र \’होइन\’कै दोसाँधमा छ । श्रमिक वर्गीय आदर्श र निष्ठासहितको कम्युनिस्ट रहने कि आदर्श र निष्ठाबाट पूरापूर च्युत भई दक्षिणपन्थमा गिरेर सकिने ? अवस्था यस्तो छ, नेकपा एमालेको पनि र कमरेड जेएनको पनि । संस्था र संस्था-प्रमुख दुवै नै भित्तेघडीको अस्थिर लंगुरभै“m हल्लिरहेका छन् । घरि वाम भित्तोतिर, घरि दक्षिण भित्तोतिर । यिनको धरमरे, धुकचुके र ल्याङप\\mयाङे हविगत देख्दा लाग्छ, यी पुग्ने ठाउँ अस्तित्वको रसातल नै पो हो कि ! यसपटकको मई दिवसको कुरा हो । श्रमिक वर्गको महान् उत्सवको त्यो दिन एमालेगण भृकुटीमण्डपको शीतल, शान्त, सुरक्षित र आरामदायी सभाकक्षमा जुट्यो । गौड गरेर हेर्दा देखेँ— त्यहाँ जुटेका सबै जन ब्रोइलर कुखुराजस्ता छन्, अति निम्छरा, शुष्क र सुस्त । श्रमिकजस्तो श्रमिक त्यहाँ एउटा पनि छैन । नजिकै सहिदमञ्च टुँडिखेलमा नेकपा-माओवादीको मई दिवसको भेला थियो । सानो जनसागरै भन्न मिल्ने त्यस भेलामा घामले अनुहार डढेका, हातमा ठेला उठेका र लाबरका चप्पल लाएका जनहरूको बाहुल्य थियो । त्यहाँ श्रमिक भन्न मिल्ने जनहरूको बगालै थियो । अनि, ती थिए च्याखुने कुकुराजस्ता । दरिला, जोसिला र फुर्तिला । सोचेँ— ०५२ सालअघिसम्म ती अधिकांश जन आखिर नेकपा-एमालेमै त थिए । एमालेले श्रमिक वर्गीय आदर्श त्याग्दै गयो, ती एमालेलाई त्याग्दै गए । एमाले \’म खाउ“m मै लाउ“m\’को व्यक्तिवादतिर लहसियो, ती \’तै-तै यल्ले पो केही गरिहाल्ला कि\’ भनेर माओवादीतिर लहसिए । श्रमिकको हक र मुक्तिको छनक दिने नाम \’एमाले\’ त एमालेले अझै छाडेको छैन, तर श्रमिकगणले भने उसलाई भसक्कै छाडिसके । यहीँबाट सुरु भयो एमालेको अस्तित्वको दयनीय दोसाँध ! श्रमिक वर्ग कम्युनिस्ट पार्टीको जग हो । माक्र्सवादी सिद्धान्त कम्युनिस्ट पार्टीको छानो हो । दूरदर्शी नेतृत्व, जोदाहा कार्यकर्ता र तीक्ष्ण बौद्धिक जमात कम्युनिस्ट पार्टीका खम्बा, भित्ता र झ्यालढोकाहरू हुन् । एमालेको जग छैन । छानो फिलफिले प्लास्टिकको जस्तो छ । बीचको संरचनाको आकार अझै विशाल छ । तर, यो जगविहीन शून्यमा तुन्द्रुंग झुन्डिएको छ । पहिले जबजलाई दक्षप्रजापतिको संज्ञा दिने र अहिले त्यही दक्षप्रजापतिका प्रवक्ता बन्न विवश जेएन एमालेको यही तुन्द्रुंग अस्तित्वका आलंकारिक नायक हुन् । कटु यथार्थ नियाल्दा लाग्छ, एमालेका वास्तविक नायक त केपी गुरु पो हुन् । कति वास्तविकता हो र कति भ्रम हो जगत् जानोस्, जेएन एमालेको वामपन्थका अस्थिर ध्वजावाहक मानिन्छन् । तर, केपी मानिन्छन् एमालेको दक्षिणपन्थका जब्बर जोदाहा । यी दुई हस्तीको चिन्तन, मुद्रा र शैलीमा आकाश-जमिनको फरक छ । वाचाल केपी आप\\mनो मान्यतामा सधैँ स्पष्ट छन्, सधैँ अडिग छन्, सधैँ सुसंगत छन्, सधैँ पारदर्शी छन् । तिनका राख्ने र फार्ने कुरा छैनन् । जनआन्दोलनताका तिनको चिन्तनको चुरो राजतन्त्रतिरै थियो । संविधानसभाको पैरवी गर्ने कार्यकर्तालाई ती होच्याउँथे । गणतन्त्रको आग्रह गर्नेहरूलाई ती गिज्याउँथे । राजतन्त्रनिषेधी आन्दोलनमा जेएनले एमालेगणको नेतृत्व गरिरहँदा केपी कौसीमा कुर्सीमा बसेर खुट्टा हल्लाउँदै मस्त मुद्रामा रमिता हेरिरहेका थिए । तन र मन दुवै हिसाबले जेएन शास्त्रीय ढाँचाका मानव हुन् । किञ्चित् भद्दा र ढिला । चिन्तनमा प्रायः अस्पष्ट, अडानमा सधैँजसो धुरमुरे । केपीका मुखारविन्दबाट कटाक्षकारी तुक्काहरू स्वस्फूर्तरूपमा दुलाबाट कमिलाको गोलो निस्केभै“m ह्वारह्वार्ती निस्किन्छन् । जेएनलाई \’हाम्रा हातमा पनि दही जमेको छैन\’ भन्न तीन दिन लाग्छ । केपी संविधानसभाको चुनावमा पराजित दुःखी हुन् । यिनले बटौली जम्बोरीमा पार्टी अध्यक्षको चुनावमा पनि हावा खाएकै हुन् । जेएन हुन्, यी दुवै चुनावमा बाजी मारेका भाग्यमानी मानव । तर, एमालेमा केपी विजयी भाग्यमानीजस्ता देखिन्छन्, जेएन पराजयी दुःखीजस्ता । पार्टीमा केपीको दक्षिणपन्थ तेजस्वी, ओजस्वी र हुंकारमय देखिन्छ । जेएनको वामपन्थ देखिन्छ— निस्तेज, ओजविहीन, निरुपाय र शुष्क । हार्नेले जित्नेको स्थान हडप्नु र जित्ने हार्नेको दर्जामा गिराइनु यो एमालेभित्रको विद्रुप दृश्य हो । दक्षिणपन्थी रंगको वर्तमान सरकार यही विद्रुप दृश्यको प्रतिविम्बन हो । आप\\mना कथनी र करनीमा सधैँ मेल खानु केपीको दक्षिणपन्थको जब्बर सबलता हो । आप\\mना कथनी र करनी सधैँ बाझ्नु जेएनको वामपन्थको भयंकर दुर्बलता हो । आन्दोलनताका केपी नरेशपथगामी थिए । पछि उपप्रधानमन्त्री हुँदा यिनले खुबै गम खाएर रायमाझी आयोगको प्रतिवेदनअनुसार राजालाई कारबाही गर्नै नपर्ने दिव्यवाणी जारी गरे । अहिले शान्ति-सम्झौताअनुसार सेना समायोजन गर्नै नहुने यिनको खरो मत र दह्रो अडान छ । माओवादीसँग पानी बाराबारको नाता बनाउने र कांग्रेससँग प्रगाढ मितेरी साइनो गाँस्ने यिनको अटल मान्यता छ । यी जे भन्छन्, बर्कतबुताले भ्याएसम्म त्यो गरेरै छाड्छन् । तर, जेएनको मामिला सर्वथा विपरीत छ । ऊबेलाका महारथी रुक्मांगद कटवाललाई कारबाही गर्ने कुरामा यिनको समर्थन बज्राँठतुल्य बलबान् थियो । पछि सो कारबाही बदर गरिपाऊँ भनी राष्ट्रपतिलाई गुहार्ने अठार भाइमध्ये रोलनम्बर एक यिनै हुन गए । निहुरिएर पहिलो नम्बरमा बाहुली-निसानी यिनैले प्रदान गरे । जेएनले सारा दुनियाँले सुन्ने गरी एकचोटि होइन, बीसौँचोटि भने— राष्ट्रिय सरकार बनाउन, माओवादीलाई त्यसमा भित्र्याउन, भुत्ते शान्ति-प्रक्रियामा पाइन हाल्न र संविधान बनाउने कामलाई साकार रूप दिन उस्तै परे एमालेले त्याग गर्नुपर्छ । यस त्यागको स्पष्ट अर्थ थियो, माधव गुरुबाट प्रधानमन्त्री पद त्याग गर्नु । तर, हालैको बैठकमा जेएन आप\\mनो पार्टीका दक्षिणपन्थी जोदाहाहरूबाट त्यसरी घेरिए जसरी भोका कमिलाको गोलोले जिउँदो फट्यांग्रोलाई घेर्छ । तिनबाट यी चिमोटिए, यी टोकिए, यी लछारिए, पछारिए, यी घिसारिए र यी लल्याकलुलुक गले । अनि, झापातिरबाट एउटा आवाज आयो । आवाजले भन्यो— वर्तमान सरकारको विकल्प सपनामा पनि सोच्न सकिँदैन । संविधान बनाउने सरकार यही हो, यही हाम्रो माधव सरकार । शान्ति-प्रक्रियालाई टुंगोमा पुर्‍याउने योग्यतम सरकार यही हो, यही हाम्रो माधव सरकार । कुरा सुन्दा बोल्ने को होला भनी म अल्मलिएँ । पछि थाहा भयो, केपीको दक्षिणपन्थमा मिसिएर जेएनको वामपन्थको प\\mयुजन भएछ । बोल्ने मुख छ जेएनको, बोलिएको बात छ केपीको । हेर्छु, जेएनत्वसहितको जेएन अस्तित्वमै छैन । त्यो केपीको हंसमा घुस्यो, त्यसमा घुलमिल भयो र त्यहीँ बिलायो । के केपीमा जेएनको यो विलय एमालेको रुग्ण वामपन्थको दक्षिणपन्थमा लाचार आत्मसमर्पण हो ? हिजो बोल्ने जेएन को हो, आज बोल्ने जेएन को हो ? एमालेभित्र जेएन कति थान छन् ? वामपन्थ आजको ठोस धरालतमा उभिएर हिजोका अनुभवहरूको स्मरण गर्दै भोलिको मार्गचित्र कोर्ने सशक्त र जीवन्त स्मृति-शृंखला हो । हिजोको स्मृति आजै विस्मृत हुने जेएन कमरेडको वामपन्थ कताका कसको खटनपटनसामु लत्रिएर छिन्ने काँचो धागो हो ? हिजोको आप\\mनो बोली, आप\\mना वाचा र आप\\mनो आत्मसम्मानलाई उपहास गर्दै जेएनको दाहिने हातको चोरऔँलो सुस्तरी उठ्यो, पलभर टक्क स्थिर भयो र सुस्तरी तल झर्‍यो । औँलाले मानौँ भनिरहेको थियो— हाम्रा हातमा पनि दही जमेको छैन । पार्टीभित्रको दक्षिणपन्थसामु हरिबिजोकसँग लत्रिएका जेएन गुरुले यो कसलाई के भनेका होलान् ?

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच