-क्यासिनोमा नयाँ नियम

अब क्यासिनोमा ५० लाख रुपैयाँभन्दा बढीको जुवा खेल्नेले सम्पत्तिको स्रोत अनिवार्य देखाउनुपर्ने भएको छ । अर्थ मन्त्रालयले मुद्रा निर्मलीकरण ऐनअनुसार क्यासिनोमा जुवा खेल्ने ग्राहकको सम्पत्तिको स्रोत खुलाउनुपर्ने व्यवस्था गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ । क्यासिनोमा जुवा खेल्ने नेपालीका लागि भने नयाँ व्यवस्थाको कुनै अर्थ छैन । नेपाली क्यासिनोमा विदेशीले मात्रै जुवा खेल्न पाउने…

1 मिनेट

पढ्ने समय

अब क्यासिनोमा ५० लाख रुपैयाँभन्दा बढीको जुवा खेल्नेले सम्पत्तिको स्रोत अनिवार्य देखाउनुपर्ने भएको छ । अर्थ मन्त्रालयले मुद्रा निर्मलीकरण ऐनअनुसार क्यासिनोमा जुवा खेल्ने ग्राहकको सम्पत्तिको स्रोत खुलाउनुपर्ने व्यवस्था गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ । क्यासिनोमा जुवा खेल्ने नेपालीका लागि भने नयाँ व्यवस्थाको कुनै अर्थ छैन । नेपाली क्यासिनोमा विदेशीले मात्रै जुवा खेल्न पाउने व्यवस्था भएकाले क्यासिनोमा नेपालीको प्रवेश नै अवैध छ । विदेशी आफूले कमाएको कालोधनलाई नेपालका क्यासिनोमार्फत वैधानिकता दिने गरेको गुनासो आएपछि ग्राहकको आम्दानीको स्रोत खोज्न थालिएको हो । सरकारको आग्रहपछि राष्ट्र बैंकले क्यासिनोलाई पनि विवरण उपलब्ध गराउन निर्देशन जारी गर्ने तयारी गरेको छ । यो व्यवस्था लागू भएपछि क्यासिनोले आफ्ना ग्राहकको सम्पत्तिको स्रोत उल्लेख गरी दैनिक विवरण राष्ट्र बैंकलाई उपलब्ध गराउनुपर्नेछ । हाल काठमाडांैका अन्नपूर्ण होटल, एभरेष्ट होटल, र्‍याडिसन होटल, याक एन्ड यती होटल, सांगि्रला होटल र मल्ल होटलमा र काठमाडौंबाहिर पोखराको फूलबारी होटल एन्ड स्पामा क्यासिनो सञ्चालित छन् । नेपालका क्यासिनोका प्रमुख ग्राहक भारतीय नागरिक हुन् । नेपालमा रहेर व्यापार व्यवसाय गर्ने केही भारतीयले अवैध रूपमा कमाएको धन क्यासिनोको मिलेमतोमा वैधानिकता दिने गरेको आशंका छ । नयाँ व्यवस्थाबाट अवैध धन्दा नियन्त्रणमा आउनुका साथै क्यासिनोबाट हुने राजस्व चुहावट नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा सरकारले गरेको छ । तर, क्यासिनो सञ्चालकले सरकारले ग्राहकको आम्दानी स्रोतको विवरण खुलाई सरकारलाई जानकारी दिनुपर्ने व्यवस्था गर्दा क्यासिनो व्यवसायमा नकारात्मक प्रभाव पर्ने बताएका छन् । तर, अर्थ मन्त्रालयले भने रेमिट्यान्स र मनिचेन्जरबाट बढीको रकम कारोबार गर्नेको सम्पत्तिको स्रोत अभिलेख गर्न राष्ट्र बैंकलाई निर्देशन दिएको छ ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच