गरुड (चिल) संग सिक्न सकिने ६ नेतृत्वदायी आदर्श र गुणहरु :

गरुड एक्लै उड्छ र त्यो पनि  एकदम उचाइमा। गरुड कहिल्यै पनि भंगेरा अथवा काग जस्ता चराहरुसंग मिसिएर  उड्दैन। अर्थ : सागुरो सोच भएका मान्छेहरुसंग सधै टाढा नै बस्नुहोस, जसको संगतले तपाइको उचाइलाई कम बनाउछ। गरुड गरुड संग नै उड्छ, आफु सुहाउदो साथि छान्नुहोस। गरुडसंग एउटा निश्चित भिजन हुन्छ । उनीहरुसंग कमसेकम ५ किलोमिटर दुरीमा रहेको…

3 मिनेट

पढ्ने समय

  • गरुड एक्लै उड्छ र त्यो पनि  एकदम उचाइमा। गरुड कहिल्यै पनि भंगेरा अथवा काग जस्ता चराहरुसंग मिसिएर  उड्दैन।

अर्थ : सागुरो सोच भएका मान्छेहरुसंग सधै टाढा नै बस्नुहोस, जसको संगतले तपाइको उचाइलाई कम बनाउछ। गरुड गरुड संग नै उड्छ, आफु सुहाउदो साथि छान्नुहोस।

  • गरुडसंग एउटा निश्चित भिजन हुन्छ । उनीहरुसंग कमसेकम ५ किलोमिटर दुरीमा रहेको चिजमा ध्यान र दृष्टि केन्द्रित गर्न सक्ने क्षमता हुन्छ । जस्तोसुकै अवरोध वा बाधा ब्यबधान किन न आओस तर गरुडले शिकार नपकडीए सम्म आफ्नो ध्यान र दृष्टि आफ्नो शिकारबाट हटाउदैन ।

अर्थ: जस्तो सुकै बाधा ब्यबधान र अबरोध आए पनि यदि तिम्रो भिजन स्पस्ट छ र तिमि त्यसमा दृढ छौ भने लक्ष प्राप्त गर्न असम्भव छैन ।

  • गरुडले शिनो खादैन, यसले सधै ताजा शिकार मात्र खान्छ ।

अर्थ : बितेको सफलता वा राम्रा कुराको आत्मरतिमा नरमाउनुहोस । सधै अगाडी बढनुहोस र जितलाई पछ्याइरहनुहोस्। बितेको कुरालाई उसैको स्थानामा छोडीदिनुहोस।

  • गरुडले आधि र तुफान मन पराउछ । जब वादल देखिन्छ तब गरुड उत्साहित हुन्छ ।आधिबेहरी र हुरी बतासलाई उसले आफुलाई अझ माथि सम्म उड्न उत्प्रेरति गर्ने तत्वको रुपमा लिन्छ । उस्ले आधिबेहरी देख्यो भने त्यो प्रचण्ड आधि आफुलाई बादल भन्दा माथि उड्न उत्प्रेरित गर्न आएको सम्झन्छ । जबकी आधीको समयमा अरु सबै चराचुरुंगीहरु रुखका हाँगा र पातहरुमा आफुलाई लुकाएर सुरक्षित महसुस गर्छन ।

अर्थ : हरेक चुनौतिहरुको डटेर मुकावला गर्नुहोस, यसले तिमीलाई पहिलेको भन्दा मजबुत बनाउन मदत गर्छ । हामीले पनि जिन्दगीमा आउने आधिबेहरिलाई हाम्रो जिन्दगीको उचाइलाई अझ माथि पुर्याउन सहयोगीको रुपमा उपयोग गर्न सक्छौ। सफल मान्छेहरु  आफ्ना सफलाताहरुलाई अझै माथि माथि लैजानबाट कहिल्यै पनि डराउदैनन । सफल मान्छेहरु चुनौतिहरु संग डराउने होइन कि बरु त्यसलाई स्वाद मानि मानि आफ्नो हितमा उपयोग गर्छन ।

  • गरुडले आफुलाई सधै तालिमद्वारा तयारि अवस्थामा राख्छ । यसले आफ्नो गुडबाट नरम प्वाख र घासहरु हटाउछ, जस्ले गर्दा उसका कलिला बचेराहरु गुडमा बस्न असहज महशुस गर्छन अनि आफुलाई उडाउनको लागि तयार पार्छन अनि गुडमा बस्न नसकिने भए पछी उडेर जान्छन ।

अर्थ : सरल सहज र आरामदायी ठाउ छोड, त्याहा बसेर तिम्रो प्रगति हुने वाला छैन । कुनै पनि सफल मान्छेले आरामदायी बिस्ताराबाट सफलता प्राप्त गरेको रेकर्ड छैन ।

  • जब गरुड बुढो हुन्छ तब उसका प्वाखहरुले उसलाई जति उचाइमा लैजानु पर्ने हो त्यतिमा लैजान सक्दैनन । यस अवस्थामा उ  कमजोर बन्छ र सायद मर्न पनि सक्छ । उसले यस्तो अवस्थामा अग्लो र चिसो हिमाली क्षेत्रबाट आफुलाई टाढा लैजान्छ अनि आफ्नो शरीरमा रहेका कमजोर प्वाखाहरु उखेल्छ, आफ्ना नंग्रा र चुचोलाई चट्टानमा यसरी ठोक्छ कि उस्का नंग्रा र चुच्चो पूर्णरुपमा उसको शरीरबाट अलग हुन्छन। यो अवस्थामा उसको शरीर रक्ताम्य भएको र पीडाले भरिपूर्ण हुन्छ। त्यसपछि, उसको शरिरमा नाया प्वाख, चुचो र नंग्रा न आउदा सम्म उ गोप्य ठाउमा लुकेर बस्छ, आराम गर्छ अनि फेरी पहिलाको भन्दा तगडा भएर अझ उचाइमा उड्दै बाहिर निस्कन्छ।

अर्थ: कहिलेकाही हामीले हाम्रा पुराना आदतहरुलाई छोड्नु पर्ने हुन्छ, चाहे त्यो छोड्न जति नै कठिन किन नहोस । त्यस्ता आदतहरु छोड्न जति कठिन हुन्छ त्यो भन्दा भारि र कठिन त्यस्ता आदहरुलाई आफुसंग राखिराख्दा हुन्छ किनकि त्यस्ता आदहरुको हाम्रो जिबनमा  कुनै मूल्य र अर्थ नै बाकि रहेको हुदैन हुदैन ।

जिन्दगि देखि हार नमान्नुस र कुनै लक्षको पनि परित्याग नगर्नुहोस, बरु गरुड बनेर अगाडी बढ्नुहोस अनि आफुलाई समयानुकुल रुपान्तरण गर्नुहोस।

भावानुवाद: थम गिरी आभाष

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच