शुन्दर हरैंचा सेवा समाज कतारको प्रथम साधारण सभा सम्पन्न – अध्यक्षमा भारती निर्वाचित

दोहा, सेप्टेम्बर २१ , \”हाम्रो एकता नै समाजको गतिशिलता\” भन्ने मूल नाराका साथ प्रदेश नम्बर एकको मोरङ्ग  जिल्ला अन्तरगतको शुन्दर नगरी शुन्दर हरैचा नगरपालिकाबाट विभिन्न पेशा ब्यबसाय तथा रोजगारीको शिलसिलामा दोहा कतारमा रहनु भएका शुन्दर हरैचा निवासिहरुको साझा संस्थाको रुपमा सन् २०१९ मा स्थापित \”शुन्दर हरैचा सेवा समाज दोहा कतार \” को प्रथम साधरण सभा…

1 मिनेट

पढ्ने समय

दोहा, सेप्टेम्बर २१ , \”हाम्रो एकता नै समाजको गतिशिलता\” भन्ने मूल नाराका साथ प्रदेश नम्बर एकको मोरङ्ग  जिल्ला अन्तरगतको शुन्दर नगरी शुन्दर हरैचा नगरपालिकाबाट विभिन्न पेशा ब्यबसाय तथा रोजगारीको शिलसिलामा दोहा कतारमा रहनु भएका शुन्दर हरैचा निवासिहरुको साझा संस्थाको रुपमा सन् २०१९ मा स्थापित \”शुन्दर हरैचा सेवा समाज दोहा कतार \” को प्रथम साधरण सभा यहि सेप्टेम्बर २० तारिक शुक्रवारका दिन दोहाको नज्मास्थित युनिक नेपाली रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ। शुन्दर हरैचा नगरपालिका बाट कतारलाई कर्मभूमि बनाएर रहनुहुने सम्पूर्ण हरैचावासीहरुलाइ  एकजुट बनाएर  स्थानीय स्तरमा सामाजिक कार्यहरु गर्ने र कतारमा रहेका सुन्दरहरैंचावासीहरुमा भै परि आउन सक्ने  समस्याहरुमा आपसी सहयोगको आदन प्रदान गर्दै कतारको नेपाली सामुदाय एवम् सबै संघ संस्थाहरु सँग हातेमालो गर्दै अगाडी बढ्ने उक्त संस्थाको उद्देश्य रहेको बताइएको छ।

              अच्युत भट्टराईको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा मोरङ सुनसरी सेवा समाजका अध्यक्ष चिरन्जिवि तिमल्सिना प्रमुख अथिति रहनु भएको थियो भने विशिष्ट अथिति मा मोरङ सुनसरी सेवा समाज कै निवर्तमान  अध्यक्ष तेज कटुवाल र मोरङ सुनसरी सेवा समाजका कोषाध्यक्ष नियम कुमार भुजेल रहनु भएको थियो। त्यसैगरी अथितिमा मोरङ सुनसरी सेवा समाज कै उपाध्यक्षद्वय दिलीप पराजुली, भीम बराइली, नेपाल दशनामी दसनाामि सामाज कतारका अध्यक्ष  थमन  गिरी ,सामाजसेवी राजु राइ रहनु भएको थियो।

                 जोशन थापाले सहजीकरण गर्नुभएको उद्घाटन सत्र समापन संगै शुरु भएको बन्द सत्रले  रमेश भारतीको अध्यक्षता मा २५ सदसीय कार्यसमिति चयन गरेको  छ। त्यसैगरी प्रथम उपाध्यक्षमा सुरज श्रेष्ठ, द्वितीय उपाध्यक्षमा चन्द्र पोदार, महिला उपाध्यक्षमा रेनुका कार्की, सचिबमा पर्शुराम पोखरेल,  सहसचिबमा महेन्द्र खड्का, कोषाध्यक्षमा जोशन थापा र सहकोषाध्यक्षमा मनोज न्यौपाने रहेका छन।

\"\"
\"\"
\"\"

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच