कतारमा कोरोना संक्रमितको संख्या दुई हजार सात सय अट्ठाइस पुग्यो।

दोहा कतार, ११ एप्रील २०२०। विश्वभर महामारीको रुपमा फैलदै गैरहेको कोरोना भाईरस (कोभिड-१९) संक्रमितहरुको संख्या कतारमा पनि दिन प्रतिदिन बढदो क्रममा छ। यसै क्रममा आज थप २ सय १६ जना नँया संक्रमितहरु थपिएको कुरा कतारको जनस्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । यो संगै कतारमा संक्रमितको संख्या २ हजार ७ सय २८ पुगेको छ। आज सम्म ६ जनाको मृत्यू भइसकेको छ भने ३७ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

\"\"

त्यस्तै आज मात्र थप २० जनाले पूर्ण स्वास्थ्य लाभ गरे संगै अहिले सम्म पूर्ण निको भएर घर फर्कनेको संख्या २ सय ४७ जना पुगेको छ । हाल सम्म ४७ हजार ७ सय ५१ जनाको जाँच भएको बताइएको छ।

कतारमा संक्रमणको लक्षण देखिएका विरामीहरुलाई निकै तदारुकताका साथ परिक्षण गरिने गरेको छ। यसका लागि देशभर सरकारी, स्थानीय एवं नेपाली लगायत आप्रवासीहरुलाई स्वयंसेवकका रुपमा खटाई अभियान नै चलाएर जनचेतना फैलाउने कामहरु समेत हुँदै आइरहेका छन। संक्रमणको शुरुवाती अवस्थामै समुचित उपचार पाएका बिरामिहरुमा निको हुने सम्भावना अत्यधिक हुने भएकोले मानवीय क्षति त्यति उच्च नरहेको कुरा सहजै बुझ्न सकिन्छ।

अहिले सम्म कति जना नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् या छैनन् भन्ने तथ्यांक बाहिर नआएपनि कुनै पनि नेपाली आइसियूमा रहेको तथा मृत्यू भएको जानकारी प्राप्त भएको छैन।

कतार सरकारको क्वारेन्टाइनमा रहेका नेपालीहरु लगायत अधिकांश संक्रमितहरु खुशी नै भएको तथा मोबाइल र इन्टरनेट लगाएतका सबै सुविधाहरु उपलबध भएको हुँदा सबै जना परिवार तथा दुतावासको सम्पर्कमै रहेको र कुनै समस्या नभएको बुझिएको छ।