कतारमा कोरोना संक्रमणको बढ्दो ग्राफसंगै मोना कतारले गर्यो यस्तो आव्हान

दोहा कतार १६ मे २०२०। गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लाबाट रोजगारीको शिलसिलामा दोहा दोहा कतारमा आइ कार्यरत सम्पूर्ण म्याग्देलीहरुलाई भौतिक रुपमा सामाजिक दुरी कायम गर्नु पर्ने बर्तमान वाध्यता भए पनि मानसिक र भावातात्मक रुपमा दुरी नबढाई निरन्तर सम्पर्कमा रहन अनुरोध गरेको छ। साथै विश्वव्यापी महामारीको रुपमा दिनानुदिन ब्यापक हुदै गैरहेको कोरोनाको प्रकोपमा परि रोजगारी गुमाउनुभएका तथा…

2 मिनेट

पढ्ने समय

दोहा कतार १६ मे २०२०। गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लाबाट रोजगारीको शिलसिलामा दोहा दोहा कतारमा आइ कार्यरत सम्पूर्ण म्याग्देलीहरुलाई भौतिक रुपमा सामाजिक दुरी कायम गर्नु पर्ने बर्तमान वाध्यता भए पनि मानसिक र भावातात्मक रुपमा दुरी नबढाई निरन्तर सम्पर्कमा रहन अनुरोध गरेको छ। साथै विश्वव्यापी महामारीको रुपमा दिनानुदिन \"\"ब्यापक हुदै गैरहेको कोरोनाको प्रकोपमा परि रोजगारी गुमाउनुभएका तथा नेपाल र कतार दुवै देशको सरकारले जारि गरेको अस्थायी यात्रा प्रतिबन्धको कारण चाहेर पनि मातृभुमि फर्कन नपाएर समस्यामा परेका म्याग्देलीहरुलाइ खान तथा बस्नको समस्या भएमा तुरुन्त मोना कतारका कुनै पनि पदाधिकारीहरुलाई सम्पर्क गरेमा जति सकेको छिटो र सम्भव भए जति सहयोग उपलब्ध गराइने कुरा मोना कतारका कतारका अध्यक्ष तिलु शर्मा पौडेलले बताउनुभयो। कतिपय नेपालीहरुले समस्यामा हुदा हुदै पनि राहत वितरण तथा ग्रहणका समाचार र तस्विरहरु सामाजिक संजाल तथा समाचारहरुमा प्रकाशित हुने थाले पछि आफ्ना समस्या लुकाएर राख्ने बरु बिदेशी तथा अन्यत्रका साथीहरुसंग ऋण लिएर आफ्नो दैनिक गुजारा गर्ने जस्ता अप्ठेरो परिस्थितिको शृजना भएको भन्ने अपुष्ट खबरहरु सुनिन आएकोले मोना कतारले आगामी दिनमा कोहि कसैलाई कोरोना महामारीको कारण परेको समस्यामा गरिएको सहयोगलाई सहयोग लिनेको जानकारी र सहमति बिना सार्वजनिक नगरिने समेत जनाएको छ। केहि दिन अघि मात्र जारि गरिएको सुचनामा उक्त कुरा सहित यदि कसैलाई समस्या भएमा अप्ठेरो नमानी मोना कतारका अध्यक्ष श्री तिलु शर्मा पौडेलको मोबाइल नम्बर +९७४ ५५३४७९५७, महासचिव श्री थम गिरीको मोबाइल नम्बर +९७४६६९८००३६, सचिव श्री देवीदत्त कंडेलको मोबाइल नम्बर +९७४ ६६४६३२१७ लगायत मोना कतारका कुनै पनि पदाधिकारी वा सदस्यहरु संग सम्पर्क गर्न अनुरोध गरिएको छ।

स्मरण रहोस, हालैका दिनमा कतारमा कोरोना संक्रमितहरुको संख्या तुलनात्मक रुपमा पहिलाको\"\" भन्दा बढ्दै गएको देखिन्छ। तथापि सरकारको तदारुकता र सम्भवभए जतिको सुरक्षा र स्वास्थ्य सतर्कताको कारण कोरोना संक्रमितहरुको मृत्यु डर तुलनात्मक रुपमा न्यून रहेको छ भने निको हुने हरुको संख्या उच्च रहेको छ। कतार सरकारले हालै एक सुचना जारि गरि कुनै पनि कामले घरदेखि बाहिर निस्कनु पर्दा गाडीमा एक्लै रहेको अवस्था बाहेक हरेक समय अनिवार्य मास्क लगाउनु पर्ने निर्देशन जारि गरेको छ। उक्त निर्देशनको पालना नगरेमा नियमानुसार कैद र नगद जरिवाना समेत हुने कुरा सुचनाहरुमा बताइएको छ।

हाल सम्म कतारमा जम्मा १५२७०४ जनाको परिक्षण गरिएकोमा ३०९७२ संक्रमित भएका मध्ये ३७८८ जना निको भै आ आफ्नो घर फर्किसकेका छन। त्यस्तै गरि २७१६९ उपचाररत छन् भने १५ जनाको मृत्यु भएको छ। पछिल्लो चौबिस घन्टामा संक्रमित हुनेको संख्या १५४७, निको हुनेहरुको संख्या २४२ र मृत्यु हुनेको संख्या १ रहेको कुरा कतारको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ। पछ्ल्लो पटक मृत्यु हुनेमा ७४ वर्षीय कतारी नागरिक रहेको बताइएको छ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच