कुनैबेलाको गौतम बुद्धको शान्तिभूमि,
आज युद्धपिपाशुहरुको युद्धभूमि भएको छ।
कुनैबेला राजा बिरेन्द्रको शान्तिक्षेत्र,
आज प्रचण्डको संग्रामभुमि भएको छ।
कुनैबेला शान्तिका प्रायबाची नेपालि,
आज शान्ति शब्दसंग नै अपरिचित भएका छन्।
कुनै बेला अहिंशाका उपाशक नेपालि,
आज हिंशै हिंशाले आक्रान्त भएका छन।
कुनै बेला विश्व बन्धुत्वको नारा घन्काउने नेपालि,
आज आफ्नै दाजुभाइमा मारामार गर्दैछन।
कुनैबेला विश्वभर बहादुर कहलिएका नेपालि,
आज पिठ्यु पछाडीबाट एम्बुस र बम पड्काउने भएका छन।
कुनै बेला खुकुरीले मुला काटे झैँ बैरी काट्ने नेपालि,
आज भाइ मार्न बम र मेशिनगन बोक्ने भएका छन।
कुनैबेला सगरमाथाको देश भनेर चिनिने नेपाल,
आज प्रचण्ड र बाबुरामको देश भएको छ।
कुनैबेला बुद्ध जन्मेको देश भनेर चिनिने नेपाल,
आज राजपरिवार हत्याराहरुको देश भएको छ।
कुनैबेला बिकाश र अग्रगतिको आशा गर्ने नेपालि,
आज निराशै निराशामा पिल्सिएका छन।
कुनैबेला विश्वमानचित्रमा सुपरिचित देश नेपाल,
आज एकादेशको एउटा देश भएको छ।
आज एकादेशको एउटा देश भएको छ।।।














