सबै प्रहरीलाई क्वारेण्टाइनमा राख्दै कालिमाटी प्रहरी वृत्त सिल।

\"\"

कालिमाटी काठमाडौं, २० मे २०२०। प्रहरी प्रवक्ता डिआइजी नीरजबहादुर शाहीले दिएको जानकारी अनुसार कालिमाटी प्रहरी वृत्तमा कार्यरत प्रहरीमा कोरोना संक्रमण देखिएपछि कालिमाटी वृत्त सिल गरिएको छ।

अन्य प्रहरीहरुमा पनि कोरोना परीक्षण गरिने बताउदै उनले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको मेडिकल प्रोटोकलअनुसार वृत्त सिल गरिएको जानकारी दिए।
कालिमाटी वृत्तमा कार्यरत सबै प्रहरीहरुलाई क्वारेन्टाइनम राखिएको भए पनि त्याहा कार्यरत कुन तहका वा कसलाई कोरोना सक्रमण देखिएको हो भन्ने चाहि खुलाइएको छैन।