एक असाधारण महिलाले दुनियाँ बदल्न सक्छिन भने पण्डित बा त के हुन र ? ( प्रेरक कथा )

  एक दिन पण्डित बा लाइ अचानक लाई तिर्खा लाग्यो, संयोगवश घरमा पानी थिएन । पण्डितनी बज्यैले छिमेकीको घरबाट पानी लिएर आइन् । पानी पिएपछि पण्डित ले सोधे, कति चिसो पानी, कहाँ बाट ल्यायौ? बज्यैले सहजै जवाफ दीइन, पल्लो घरका छिमेकी विश्वकर्मा दाइको घरबाट । पण्डितनिको वाक्य पुरा हुन नपाउदै पण्डित बा ले करुवा जोडले…

4 मिनेट

पढ्ने समय

 

\"\"

एक दिन पण्डित बा लाइ अचानक लाई तिर्खा लाग्यो, संयोगवश घरमा पानी थिएन । पण्डितनी बज्यैले छिमेकीको घरबाट पानी लिएर आइन् । पानी पिएपछि पण्डित ले सोधे, कति चिसो पानी, कहाँ बाट ल्यायौ?

\"\"

बज्यैले सहजै जवाफ दीइन, पल्लो घरका छिमेकी विश्वकर्मा दाइको घरबाट ।

पण्डितनिको वाक्य पुरा हुन नपाउदै पण्डित बा ले करुवा जोडले भुँइमा फालिदिए र रिशले आगो भएर चिच्याउन थाले, “हे पापिनी तैंले मेरो धर्म नष्ट गरिस् । यो पाप तलाई नै लागोस् । ला तैले नै खा पानि पापिनी”, भन्दै बाकि रहेको पानि पण्डितनिको मुखमा खन्याइदिए । पण्डितनी डरलेले काम्दै बोलिन, “माफ गर्नुस् हजुर अब यस्तो पाप कहिल्यै गर्दिन “।

पण्डित बा ले पण्डितनिको अनुनय सुने कि सुनेनन कुनी। उनि आफ्नै सुरमा कसैले नबुझ्ने मत्रोच्चारण गर्दै आफैले आफैलाई शुद्द पारेर जजमानकातिर लागे।

 

पाण्डित बा एकैपटक साँझमा घर फर्किएर सिधै भान्सातिर पस्दै  फरमान जारि गरे, \”खोइ खाना ल्याउ, कि केहि पकाएको छैन र \”?

पण्डितनी बज्यैले मधुरो र डराएको स्वरमा भनिन, “पकाएको त थिए तर अन्न उब्जनी गर्दा खेतमा काम गर्ने दलितहरु,

र पकाएको भाँडो बनाउने विश्वकर्मा थियो, त्यसकारण मैले त फ्याँकिदिए तपाईंले खानुहुन्न र खानुभयो भने धर्म भ्रष्ट हुन्छ भनेर”।

फेरी पण्डित बा र पण्डितनि बज्यैको जुहारी जस्तो चल्यो एकछिन,

पण्डित बा – तँ पागल भइस कि के हो? अन्न र भाडा पनि अशुद्ध हुन्छ? जा पानी लिएर आइजा, पानी पिउँछु।

पण्डितनी बज्यै – पानी त छैन हजुर।

पण्डित बा – कहाँ गयो पानीको भाडो, खै करुवा पनि देख्दिन?

पण्डितनी बज्यै- त्यो पनि मैले त फालिदिए किनकि त्यो पनि विश्वकर्मा ले बनाएको थियो नी ।

पण्डित बा – हे भगवान! ठीक छ जा दूध लिएर आइजा दूध पिउँछु । दूध त होलानी?

पण्डितनी बज्यै- दूध पनि मैले त फालिदिए किनकि त्यो गाईको स्याहार गर्ने र घाँस काट्ने नोकर पनि दलित नै थियो।

पण्डित बा रिसाउँदै – तैले त हद गरिस् दूध पनि कहिल्यै अशुद्ध हुन्छ र छोइन्छ र?

पण्डितनी बज्यै- यो कस्तो चलन हो कुन्नि? पानी छोइने तर दूध, घ्यु, मह, तेल नछोइने । काटे रगत सबैको रातै आउँछ तैपनि म ठूलो, तँ सानो भनेर मान्छे मान्छेमा विभेद गर्ने ।  एउटा पशु (कुकुर) सजिलै घर भित्र पस्छ तर एउटा चेतनशील प्राणी मान्छेले मान्छेलाई नै पशुलाई जस्तो व्यबहार गर्छ यो कस्तो चलन हो मैले बुझ्नै सकिन हजुर।

पण्डित रिसले आगो भएर मुरमुरिदै – कति जान्ने भएकी? तैले मलाई पागल बनाइस । हे भगवान! म कहाँ गएर मरम? मेरो दिमाख खराब भयो । म सुत्छु, खै खाट कता गयो खाट पनि देख्दिन ।

पण्डितनी- ए खाट! त्यो पनि मैले त फालिदिए, किनकि त्यो बनाउने पनि त दलित नै थियो होइन र?

पण्डित चिच्याउन थाले – हे भगवान कसले यसको बुद्धि भुटिदियो? कसरी यसको दिमाख बिग्रियो? जा फूल लिएर आईजा भगवानलाई फूल चढाउँछु, तेरो दिमाख ठाउँमा आउँछ कि ।

पण्डितनी- मैले त त्यो बगैंचाको फूलहरू पनि सबै उखेलेर फालिदिए किनकि  त्यो बगैंचामा काम गर्ने माली पनि दलित नै थियो।

पण्डित- सारो सारो चिच्याउन थाले । अब सबै कुरा सकिछस, अब यही खाली घर मात्रै बच्यो । घरमा पनि आगो लगाईदे । यही घर त छ बचेको, घर पनि किन चाहियो र?

पण्डितनी – हो हजुर, यो घर पनि त अशुद्ध छ नि, यसलाई पनि भष्म गराउनु पर्छ । यो बनाउन काम गर्ने मजदुरहरु पनि त सबै दलित नै त थिए ।

पण्डितनि बज्यैका कुरा सुनेर पण्डित बा चुप भए । पण्डित संग कुनै उत्तर थिएन । पण्डित बा को दिमाखबाट सबै भ्रम हटेर दिमाख ठिक ठाउँमा आइसकेको थियो ।

दिनभरिको भाग दौड र पण्डितनि संगको सवाल जवाफले नाजावाफ पण्डित केहि समय आँखा चिम्लिएर शान्ति संग बसे। अनि एक्कासी ज्ञान प्राप्त भए झैँ गरेर आँखा खोलेर बोले, \”हो पण्डितनि तिमीले भनेका सबै कुरा सहि हुन, आज सम्म म भ्रममा रहेछु। तिमीले मेरा आँखा खोलिदियौ। अबदेखि मा कसैलाई पनि जन्म आधारमा उच र निच जात भनेर दुर्ब्यबहार र अपमानित हुने ब्यबहार गर्ने छैन। जाउ छिमेकी विश्वकर्मा भाइकोबाट एक करुवा पानि लिएर आउ। आजलाई त्यहि पानि पिएर सुतौ। भोलिको लागि भोलि नै केहि ब्यबस्था गरौला”।

पण्डित बा को यस्तो कुरा सुनेपछि पण्डितनि पनि मुसुक्क हाँस्दै बोलिन, “मैले पनि तपाइले के गर्नुहुदो रहेछ भनेर बिचार पो गरेकी त। कहा सबै सामान फालेकी छु र? सुन्तली बि क ले भान्सामा खाना तयार गरेकी छिन, दल बहादुर दर्जी दाइले गाइ दुहेर आउदैछन, जितबिर सार्की भाइले बगैचाबाट फुल टिपेर ल्याउदैछन। अब सबै जनाले हात मुख गोडा धोएर संगै पुजा गरौ अनि खाना खाएर सुतौला।

पण्डित बा को घरमा आज बिहान देखि साँझा सम्म घटेको सबै घटनाको बेली बिस्तार भोलिपल्ट गाँउ भरि परालको आगो जसरि सल्कियो।  एक दुइ जनाले पण्डितको खरो बिरोध गरे पनि ठुलो जमातले पण्डित बा लाइ समय संगै आफ्नो सोच र आचार बिचार परिवर्तन गर्न सकेकोमा बधाइ दिए।  पण्डित बा ले चाहि यसको सबै जस पण्डितनि बज्यैलाई दिदै आफ्नो पुर्ख्यौली पेशा जजमानिलाई निरन्तरता दिइरहेका छन आज पर्यन्त।

\"\"

==============================================================

…………………….त्यसैले भनिएको होला एक नारि शिक्षित भइन भने पुरै परिवार शिक्षित हुन्छ र परिवार शिक्षित भयो भने समाज देश र विश्व नै शिक्षित हुन्छ।  समाजमा रहेका कुरीति, कुसंस्कार र अन्धविश्वास हटाउनको लागि जति पुरुषहरुको भूमिका रहन्छ त्यो भन्दा कम्ति होइन बरु बढी नै भूमिका नारीहरुको हुन्छ। 

धन्यवाद।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच