पोखरेबगरमा बृहत खेल मैदान निर्माण हुने।

म्याग्दी जिल्लाको अन्नपूर्ण गाउपालिका वडा नम्बर ६ पोखरेबगरमा एक बृहत र बहुउद्देस्यीय खेल मैदान निर्माण हुने भएको छ। स्थानिय कालीगण्डकी युवा क्लवको लामो प्रयासपछि गाउपालिकाले २०७६/७७ को बजेटबाट रु. दश लाख रुपैया बिनियोजन गरे गरेपछि युवा क्लबको सकृयातामा नपुग रकम जनश्रमदान लगायतबाट समेत गरि योजना सम्पन्न गर्ने योजना रहेको कुरा बताइएको छ। हालको अनुमानित बजेट…

2 मिनेट

पढ्ने समय

\"\"

म्याग्दी जिल्लाको अन्नपूर्ण गाउपालिका वडा नम्बर ६ पोखरेबगरमा एक बृहत र बहुउद्देस्यीय खेल मैदान निर्माण हुने भएको छ। स्थानिय कालीगण्डकी युवा क्लवको लामो प्रयासपछि गाउपालिकाले २०७६/७७ को बजेटबाट रु. दश लाख रुपैया बिनियोजन गरे गरेपछि युवा क्लबको सकृयातामा नपुग रकम जनश्रमदान लगायतबाट समेत गरि योजना सम्पन्न गर्ने योजना रहेको कुरा बताइएको छ। हालको अनुमानित बजेट एघार लाख बाह्र हजार दश रुपैया रहेको उक्त खेल मैदान निर्माण कार्य तोकिएको समयमै सम्पन्न गर्ने लक्ष राखिएको कुरा बताउदै सम्पूर्ण स्वदेश तथा बिदेशमा रहनुभएका खेलप्रेमी तथा बिकाशप्रेमिहरुबाट सहयोग समर्थन र हौसलाको अपेक्षा रहेको कुरा मुक्तिमार्ग माविका शिक्षक तथा मैदान निर्माण कार्यका सक्रिय अभियन्ता रामकृष्ण खडकाले बताउनुभयो।

हाल अन्नपूर्ण गाउपालिकाको केन्द्र समेत रहेको पोखरेबगरमा एउटा बिशाल र खुला खेल मैदानको आवास्यकता बिगतदेखि नै महशुस गरिएको भए पनि विभिन्न कारणले निर्माण कार्य सम्पन्न हुन सकिरहेको थिएन। बिशेषत: खालि जग्गाको अभावमा खेल मैदान वनाउने काम हुन् नसकेकोमा हाल आएर २०४४ साउन १५ गते कालीगण्डकी नदीमा बाढि आउदा बगरमा परिणत गरिदिएको र पछि नदीको बहाव परिवर्तन हुदा खालि रहेको जग्गालाइ प्रयोगमा ल्याई खेल मैदान निर्माण कार्य शुरु गरिएको हो।

\"\"

लामो समयदेखि बिभिन्न अनौचारिक समुह बनाएर बिभिन्न गाउहरुमा हुने मेला तथा पर्वहरुमा आयोजना गरिने खेलकुद प्रतियोगिताहरुमा सहभागी हुदै आएका तत्कालिन शिख गाबिस वडा नम्बर ९ का युवाहरुलाई सहभागी बनाइ २०५४/५५ सालमा पोखरेबगरमा आयोजित माघे संक्रान्ति मेलाको अवसर पारि आयोजना गरिएको मेलाको खेलकुद ब्यबस्थापन गर्न र त्यस उप्रान्त हुने कुनै पनि खेलकुद सम्बन्धि गतिविधिहरुमा कालोढुङ्गा, पोखरेबगर, रातोपानी, धिर्च्यांग, साल्जा, बैसेरी, हल्लेखर्क, कुर्मुनी लगायतका तत्कालिन वडा नम्बर ९ का युवाहरु सहभागी हुदा कालिगण्डकी युवा क्लबको नामबाट सहभागी हुने निर्णय गर्दै अनौपचारिक रुपमा यस कालिगण्डकी युवा क्लबको स्थापना गरिएको थियो। युवाहरु रोजगारीको लागि विदेश जानु पर्ने बाध्यथा, माओवादी द्वन्द लगायतका थुप्रै आरोह अवरोहहरुका बिचमा कहिले निस्क्रिय र कहिले सक्रिय रहदै आएको यस युवा क्लवले आफ्नो पहलमा गाउपालिकसंग समन्वय गरि खेल मैदान बनाउन लागेकोमा स्थानिय युवा, बालक बृद्ध र महिलाहरु सबैमा खुसियाली छाएको छ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच