पर्सा ठोरीका बासिन्दाको विरोधपछि भारतले सुरक्षा पोस्ट दशगजाबाट सार्‍यो

पर्सा — पर्सास्थित ठोरीका बासिन्दाको विरोध र अडानपछि भारतीय पक्षले दशगजा क्षेत्रमा बनाउन लागेको सुरक्षा पोस्ट सीमाबाट करिब ३० मिटर पर सारेको छ । भारतीय पक्षले वन गस्तीका लागि भन्दै सोमबारदेखि ठोरी गाउँपालिका–४ विजयबस्तीस्थित दशगजामै टावरसहितको सुरक्षा पोस्ट बनाउन थालेको थियो । अचानक गिट्टी, बालुवा झारेर निर्माण कार्यसमेत थालेको भारतीय पक्षलाई स्थानीयले रोकेका थिए । मंगलबार फेरि दशगजामै…

1 मिनेट

पढ्ने समय

पर्सा — पर्सास्थित ठोरीका बासिन्दाको विरोध र अडानपछि भारतीय पक्षले दशगजा क्षेत्रमा बनाउन लागेको सुरक्षा पोस्ट सीमाबाट करिब ३० मिटर पर सारेको छ ।

भारतीय पक्षले वन गस्तीका लागि भन्दै सोमबारदेखि ठोरी गाउँपालिका–४ विजयबस्तीस्थित दशगजामै टावरसहितको सुरक्षा पोस्ट बनाउन थालेको थियो । अचानक गिट्टी, बालुवा झारेर निर्माण कार्यसमेत थालेको भारतीय पक्षलाई स्थानीयले रोकेका थिए ।

मंगलबार फेरि दशगजामै सुरक्षा पोस्ट बनाउन भारतीय सुरक्षा फौज एसएसबी, बिहार प्रहरी र भारतीय वन विभागका अधिकारी आएका थिए । करिब २ सय ५० को संख्यामा भेला भएका स्थानीय, नेपाल तथा सशस्त्र प्रहरीसमेतको संयुक्त विरोध र अडानपछि भारतीय पक्ष आफ्नै भूमिमा सुरक्षा पोस्ट निर्माण गर्न सहमत भएको हो । ठोरी–४ का वडाध्यक्ष बहीबहादुर पाख्रिनले ठोरीवासी र जनप्रतिनिधिको अडानले भारतीय पक्ष पछि हटेको बताए । ‘कुनै पनि हालतमा दशगजामा सुरक्षा पोस्ट बनाउन दिन्नौं भनेर हामीले अडान लियौं,’ उनले भने,

‘भारतीय पक्ष अन्तत: पछि हट्न तयार भयो’

सशस्त्र प्रहरी बल सुवर्णपुर बीओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सिंहवीर मल्लले भारतीय पक्षले भ्यु टावरसहितको सुरक्षा पोस्ट निर्माण गर्न खोज्दा विवाद भएको बताए । यसअघि ठोरी गाउँपालिका–४ स्याउलीबस्तीमा पनि यसरी नै दशगजामै वन विभागको पोस्ट बनाउन खोज्दा स्थानीयले विरोध गरेपछि भारतीय पक्ष पछि हटेर आफ्नै भूमिमा बनाइरहेको छ । करिब ५ वर्षअघि भारतीय पक्षले ठोरी–३ स्याउलीबस्तीको दशगजा क्षेत्रमै जबर्जस्ती भ्यु टावर बनाएको छ । पटकपटक भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गर्न खोज्दा यहाँका स्थानीयले चर्को विरोध गर्दै आएका छन् ।

( यो समाचार आजको कान्तिपुरले छापेको छ )

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच