बिदेशमा रहेका नेपालीहरुको स्वदेश फर्कने चाहाना कम्तिमा पनि १४ जुन २०२० सम्मको लागि पुरा नहुने 

बैदेशिक रोजगारीमा रहेका चालिस लाख भन्दा बढी नेपालि युवाहरुको स्वदेश फर्कने चाहाना १४ जुन २०२० सम्मको लागि पुरा नहुने भएको छ। फ्रान्सबाट कतार एयरवेजको जहाज मार्फत नेपाल प्रवेश गरेकी एक १९ बर्षीय विधार्थीमा जाँच गर्दा २३ मार्च २०२० सोमबारका दिन कोरोना पोजिटिभ भएको पुष्टि भएपछी त्यसैको भोलिपल्ट अर्थात २४ मार्च २०२० मंगलवारका दिनदेखि अत्यावस्यक काम…

2 मिनेट

पढ्ने समय

\"\"

बैदेशिक रोजगारीमा रहेका चालिस लाख भन्दा बढी नेपालि युवाहरुको स्वदेश फर्कने चाहाना १४ जुन २०२० सम्मको लागि पुरा नहुने भएको छ। फ्रान्सबाट कतार एयरवेजको जहाज मार्फत नेपाल प्रवेश गरेकी एक १९ बर्षीय विधार्थीमा जाँच गर्दा २३ मार्च २०२० सोमबारका दिन कोरोना पोजिटिभ भएको पुष्टि भएपछी त्यसैको भोलिपल्ट अर्थात २४ मार्च २०२० मंगलवारका दिनदेखि अत्यावस्यक काम जस्तै औषधोपचार तथा दैनिक उपभोग्य सामानहरुको खरिद बाहेक अन्य कामको लागि कोहि पनि घर बाहिर निस्कन नपाइने र एक ठाउबाट अर्को ठाउमा जान पनि नपाइने गरि एक हप्ताको लागि लक् डाउन लागु गरिएको थियो। राष्ट्रिय तथा अन्तराष्ट्रिय उडानहरुमा समेत प्रतिबन्ध लगाउदै गरिएको उक्त लकडाउनलाइ किस्ता किस्तामा थप्दै सरकारले मेको अन्त्य सम्मको लागि लकडाउन जारि राखेको छ। त्यसपछी पनि लकडाउन लम्बिन सक्ने सम्भावना भए पनि बैदेशिक रोजगारीमा रहेका कतिपय नेपालीहरुलाई भने स्वदेश फर्किएर तोकिएका दिनहरु क्वारेन्टाइनमा बसेर त्यसपछि घरपरिवारमा जान पाइने गरेर भए पनि सरकारले नेपाल भित्रिन दिन्छ होला भन्ने झिनो आशा थियो। तर नागरिक नागरिक उड्ड्यन प्राधिकरण नेपालले एक सुचना जारि गरि १४ जुन २०२० सम्मको लागि कुनै पनि आउट गोइंङ्ग र इनकमिङ्ग राष्ट्रिय तथा अन्तराष्ट्रिय उडानहरु नहुने कुरा बताएपछि बैदेशिक रोजगारीमा रहेका नेपालिहरुलाई कमसेकम पनि तत्सम्म नेपाल जाने आशा मार्नु पर्ने अवश्था आएको छ। ।

\"\"

अन्य मुलुकहरुले बिदेशमा रहेका आफ्ना नागरिकहरुलाई बिभिन्न च्यानलहरुमार्फत स्वदेश झिकाउने काम गरेको वा गरिरहेको भए पनि नेपाल सरकार यस मामलामा उदासिन जस्तो देखिएको मात्र होइन प्रधामन्त्री स्वयं संसदको रोस्टममा उभिएर बिदेशमा रहेका चालिस लाख नेपालिहरुलाई नेपाल ल्याउन सकिने अवस्था पनि नरहेको र ल्याएर पुरै देश सोत्तर पार्न पनि सकिदैन भन्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिएपछि बिदेशमा रहेका लाखौ युवाहरु आक्रोशित र निराश भएका छन्। राजनैतिक आस्थाका आधारमा आफ्नै पार्टीका प्रधानमन्त्री भएको र वहाले बोलेका कुरामा टिकाटिप्पणी गर्दा अस्वाभाविक रुपमा बिरोध र कारवाही खप्न पर्ला कि भनेर कतिपय बिदेशमा रहेका नेपालिहरुले  सार्वजनिक रुपमा प्रधानमन्त्रीको अभिव्यक्ति माथि नकारात्मक टिप्पणी गर्न नचाहे पनि आन्तरिक रुपमा असन्तुष्ट रहेको कुरा सामाजिक संजालाहरुमा आएका अभिव्यक्तिहरुबाट सहजै अनुमान गर्न सकिन्छ। प्रधानमन्त्रीको सोहि अभिव्यक्तिको पछि पछि नै नागरिक उड्ड्यन प्राधिकरणको बिज्ञप्ति आउनाले प्रधानमन्त्रीको उक्त भनाइलाई थप बल पुगेको र प्रमाणित गरेको जस्तो देखिएपनि CAAN को बिशेष अनुमतिमा उद्धार कार्यको लागि उडान गर्न सकिने भनेर भनिएकोले सरकारले उद्धार गरि पो हाल्छ कि भनेर आशा गर्ने ठाउ भने बाकि नै रहेको देखिन्छ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच