आफ्ना बच्चाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउको लागि सिकाउनै पर्ने आठ कुराहरु

पैसा कमाउन जति आवास्यक छ त्यो भन्दा बढी आवास्यक र महत्वपूर्ण कमाएको पैसाको सहि सदुपयोग र ब्यबस्थापन गर्नु हुन्छ। अझ यसरि भनौ पैसा कमाउन जति गाह्रो छ यसको सदुपयोग र ब्यबस्थापन गर्न कमाउन भन्दा कैयौ गुणा गार्हो छ। त्यसैले हामि सबैले आफ्ना बच्चाहरुलाई उनीहरुको शैशवकालादेखी नै पैसा कमाउनु भन्दा पनि पैसाको महत्व सिकाउनु श्रेयस्कर हुन्छ।…

5 मिनेट

पढ्ने समय

\"\"

पैसा कमाउन जति आवास्यक छ त्यो भन्दा बढी आवास्यक र महत्वपूर्ण कमाएको पैसाको सहि सदुपयोग र ब्यबस्थापन गर्नु हुन्छ। अझ यसरि भनौ पैसा कमाउन जति गाह्रो छ यसको सदुपयोग र ब्यबस्थापन गर्न कमाउन भन्दा कैयौ गुणा गार्हो छ। त्यसैले हामि सबैले आफ्ना बच्चाहरुलाई उनीहरुको शैशवकालादेखी नै पैसा कमाउनु भन्दा पनि पैसाको महत्व सिकाउनु श्रेयस्कर हुन्छ। बच्चाहरुमा कस्तो आर्थिक गतिविधिको बानि लगाउने भन्ने कुरामा बावु आमा वा तत्कालिन अभिवावाकको गतिविधिले नै मुख्य भूमिका खेल्दछ। उनीहरुलाई भविष्यमा आर्थिक रुपमा आत्मनिर्भर बन्नको लागि आभिभावाकहरुले आफु उदाहरणको रुपमा प्रस्तुत भएर ब्यबाहरिक शिक्षा दिन सक्नु पर्दछ।

मैले आजको यो सानो लेखमा बिभिन्न बिज्ञहरुद्वारा समय समयमा आफ्ना अनुभवका आधारमा व्यक्त गरिएका भनाइहरुलाई संक्षिप्त र बुदागत रुपमा प्रस्तुत प्रस्तुत गर्ने जमर्को गरेको छु।

१. चौबिस घन्टे नियम: तपाइँ हामीले कुनै चिज, बस्तु, सेवा वा प्रोपर्टी खरिद गर्नु अघि २४ घन्टे नियम सम्झनु र लागु गर्नु जरुरि हुन्छ। सायद तपाइलाइ अत्यन्तै मन परेको वा आवस्यक देखिएको चिज भोलि बेकामको काम नै नलाग्ने पो हुन्छ कि? सायद आज तपाइलाइ खुब मन परेको चिज कुनै कारणले भोलि पटक्कै मन पर्दैन र हिजो गरेको लगानी बेकार पो बन्छ कि? अत: कुनै पनि चिज, बस्तु, सेवा वा प्रोपर्टी आदिमा आर्थिक लगानी गर्नु अघि यसको बारेमा राम्रो संग बुझ्नु अनि के यो वास्तवमै जरुरि वा योग्य हो त भनेर सोच्ने र निर्णय गर्ने प्रशस्त समय राख्नु उपयुक्त हुन्छ । हतारमा रुपियाँ पैसा खर्च गरिहाल्नु राम्रो नहुन सक्छ।

२. आज छैन  वा हुदैन, भोलि हुन्छ : जसरि व्यापारीहरुले आज नगद भोलि उधारो नीति अपनाउछन त्यस्तै गरि हामीहरुले पनि उपभोक्ताको रुपमा आज छैन वा हुदैन तर भोलि हुन्छ नीति अपनाउनु पर्छ। यसो भनिरहदा बिक्रेताकहा गएर सामान उधारो मा सामान वा सेवा माग्ने भनेको होइन। अत्यावस्यक र अत्यन्त महत्वपूर्ण सामानबाहेक अरु सामान किन्दा आजको सट्टा भोलिलाई कुर्ने बानीको बिकाश गर्नु पर्दछ। यदि तपाइका बच्चाहरुले कुनै सामान किन्न माग गरेमा उनीहरुलाई राम्रो संग सम्झाएर अनि यसको लागि अत्यन्त ठुलो रकमको आवास्यकता पर्ने बताएर \” नो \” भन्न सक्नुपर्दछ। अथवा यसका लागि मैले पहिला पैसा कमाएर बचत गर्छु अनि स-परिवार कुनै रमाइलो ठाउमा घुम्न जाउला, जुन अहिले किन्न लागिएको सामानले दिने रमाइलो भन्दा बढी हुनेछ भन्न पनि सक्नुहुनेछ। बच्चाहरुको मागलाई अभिभावकहरुले \”हुदैन \” भन्नुको अर्थ भविष्यमा यो भन्दा महत्वपूर्ण र आनन्ददायक कुरा प्राप्त हुन्छ भनिएको हो भन्ने अनुभूति गराउनु जरुरि हुन्छ। जुन समय क्रममा पुरा हुदैन भन्न पनि सकिदैन।

३. कामको इनाम: हरेक पटक जव तपाइका बच्चाहरुले खेलौना, चकलेट वा कुनै पनि कुराको अपेक्षा राख्छन वा माग गर्दछन, यसको लागि उनीहरुले कुनै काम गर्नु पर्ने वा टार्गेट पुरा गर्नु पर्ने शर्त लगाउनुहोस। यदि तपाइको बच्चाहरुले मोबाइल, ल्यापटप वा ट्याबलेट आदि किन्न माग गरेका छन् भने,  यदि स्कुलमा सबैभन्दा राम्रो अंक ल्याएमा किनिदिनेछु भन्नुस अथवा यस्तै केहि टार्गेट दिने गर्नुहोस । यसले उनीहरुमा केहि पाउनको लागि कडा मेहेनेतको जरुरि हुन्छ भन्ने ब्यबाहारिक ज्ञान प्राप्त हुनेछ।

४. गलत खर्चको महशुस: जीवनमा गल्ति नगरी कसैले पनि केहि सिक्दैन। तपाइले पनि जीवनमा कति गल्ति गर्नुभएको होला, सम्झनुस त। तपाइका बच्चाहरुलाई पनि गलत खर्च गरेको महशुस गर्न दिनुहोस। उनिहरुलाई साथिहरुसंग मिलेर कुनै सामुहिक काम वा प्रोजेक्ट गरेर अर्थोपार्जन गर्ने मौका दिनुहोस। यदि तपाईका बच्चाहरुले कुनै कुरा किन्न वा प्रोजेक्ट गर्न चाहान्छन भने, \” तिमीसंग यो कुरा किन्नलाई वा प्रोजेक्ट गर्नलाई पुग्ने पैसा छ त?”भनेर सोध्नुहोस। यसले उनीहरुमा कुनै पनि कुरा किन्न वा ब्यबसाय गर्न पहिला पैसा कमाउन जरुरि हुदोरहेछ भन्ने शिक्षा दिन्छ। यदि अहिले उनीहरुले ३००० रुपैया कमाए भने भविष्यमा ३ करोड कमाउने उपाए सिक्नेछन।

५. बचत, खर्च र सहयोग ( दान ) : आफ्ना बच्चाहरुलाई पैसाको महत्व र यस्का भिन्न भिन्न रुपमा हुने प्रयोगहरुका आयामहरुको बारेमा सिकाउनुहोस। यसको लागि उदाहरणको रुपमा तपाइले तिन ओटा जारको प्रयोग गर्न सक्नुहुन्छ।  एउटा जार बचतको लागि,  एउटा जार खर्च गर्ने पैसाको लागि र अन्तिम जार सहयोग तथा दानको लागि भनेर लेबलिङ्ग गर्नुहोस। हरेक हप्ताको अन्तिम दिन उनीहरुलाई कुन जारमा पैसा हाल्ने भन्ने निर्णय गरेर पैसा हाल्न लगाउनुहोस। जब सम्म उसको खर्च गर्ने जारमा पैसा हुदैन तब सम्म उस्ले केहि किन्न पाउनेछैन। यस  प्रकार उसले भविष्यको लागि बचतको कति महत्व छ र  सहयोग वा  दान गर्दा कति आत्मसन्तुष्टि मिल्छ भन्ने कुरा सिक्नेछ।

६. ऋण वा उधारो : बच्चाहरुलाई सानै देखि ऋण वा उधारो रकमलाइ कसरि न्यूनीकरण र ब्यबस्थापन गर्ने भन्ने कुरा सिकाउनु पनि निकै महत्वपूर्ण हुन्छ। यदि बच्चाहरुले कुनै खेलौना किन्न चाहन्छन भने तपाइले तिन ओटा बिकल्प दिन सक्नुहुनेछ। खेलौना किन्ने, अहिले बचत गरेर भविष्यमा अझ राम्रो खेलौना किन्ने वा अभिभावक संग रकम सापटी ( ऋण ) लिएर  चाहे अनुसारको खेलौना किन्ने। यदि उनीहरुले सापटी लिएर किन्न चाहान्छन भने सापटी फिर्ता गर्नुपर्ने समयसिमा र ब्याजका शर्तहरु पनि बताउनुहोस।  यसले उनीहरुमा कसैले पनि पैसा सित्तैमा दिने रहेनछ भन्ने कुराका साथासाथै उनीहरुले  ऋण लिएर कुनै कुरा वा सेवा किन्नुका अशल र खराव दुवै खाले परिणामहरु  के कस्ता हुदारहेछन भनेर सिक्नेछन। यसले गर्दा पछि उनीहरु ठुलो भएर स्वनिर्णय गर्नु पर्ने अवस्थामा कस्तो अवस्थामा ऋण लिने र कस्तो अवस्थामा ऋण नलिने भनेर निर्णय गर्ने क्षमताको बिकाश हुनेछ।

   ७. चाहाना र आवास्यकता : खर्च गर्नु साधारण कुरा हो भने जीवन धान्नु वा बाँच्नु आवास्यक कुरा हो। तर चाहाना नै एउटा त्यस्तो कुरा हो जसले मानिसहरुलाई बिभिन्न समस्याहरुमा पार्ने गरेको हुन्छ। यदि तपाईका बच्चाहरुले कुनै कुराको माग गरे भने तपाइले यी दुइ स्टेपको छनौट सहितको उत्तर दिन सक्नुहुनेछ- \”पहिला एक हप्ता पर्ख अनि एक हप्ता पछि पनि यदि तिमीलाई किन्न नै मन लाग्यो भने किनिदिनेछु तर त्यसपछि तिमीले घरको काम गरेर यसको लगानी फिर्ता गर्नु पर्नेछ। यदि सामान किनिदिए वापत उनीहरु घरको तोकिएको काम गर्न राजि हुन्छन भने उनीहरु उक्त चिज किन्न गम्भीर रहेको बुझ्न सकिन्छ। तर यदि काम गर्न राजि हुदैनन भने “मामाको धन फुपुको श्राद्ध” भने जस्तै सित्तैमा आउने चिज भएर मात्र लिन चाहेका हुन भनेर बुझ्न सकिन्छ। न त उनीहरुलाई उक्त चिजको सख्त जरुरि नै रहेकोहुन्छ न त उनिहरुले उक्त चिजको सहि मुल्यांकन र कदर नै गर्नेछन।

८. मूल्य र मार्ग : बच्चाहरुले कुनै कुराको माग गर्दा सिधै हुदैन वा पैसा छैन भन्नु भन्दा हामीलाई यो पैसा अर्को कुनै अत्यन्त जरुरि कामको लागि आवास्यक छ भनेर भन्नु उपयुक्त हुन्छ। बरु तपाइले उनीहरुलाई पैसा कमाउन सघाएर वा सिकाएर उक्त कुरा आफै किन्न उत्प्रेरित गर्न सक्नुहुन्छ। उनीहरुलाई आफ्नै घरको , पसलको  वा त्यस्तै अरु कुनै काम दिएर काम गरे वापत पैसा दिएको महशुस गराएर उनीहरुले इच्छाएको सामान किन्न सहयोग गर्न सक्नुहुनेछ। यसले उनिहारुलाई पैसाको गणना र मूल्य, नहतारीइकन सेवा वा सामान किन्दा पाइने सन्तुष्टि र आनन्द तथा बचतको शक्तिको बारेमा राम्रो ज्ञान मिल्नेछ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच