एन आर एन एन एन सी सी कतारद्वारा आठौ चरणको राहत वितरण कार्यक्रम सम्पन्न

दोहा कतार, २४ मे २०२०। विदेशमा रहेका नेपालीहरुको सहयोगी र साहाराको लागि भनि स्थापना गरिएको एन आर एन ले विश्वभरि नै सोचे जस्तो र मजदुरहरुको हितमा खासै  काम गर्न सकेन भनेर बारम्बार आइरहेको गुनासोलाई यस पटक एन आर एन ए एन सी सी कतारले निस्तेज पार्ने भरमग्दुर प्रयत्न गरिरहेको देखिन्छ।  विश्वव्यापी महामारिमारिको रुपमा फैलदै गैरहेको…

2 मिनेट

पढ्ने समय

\"\"

दोहा कतार, २४ मे २०२०। विदेशमा रहेका नेपालीहरुको सहयोगी र साहाराको लागि भनि स्थापना गरिएको एन आर एन ले विश्वभरि नै सोचे जस्तो र मजदुरहरुको हितमा खासै  काम गर्न सकेन भनेर बारम्बार आइरहेको गुनासोलाई यस पटक एन आर एन ए एन सी सी कतारले निस्तेज पार्ने भरमग्दुर प्रयत्न गरिरहेको देखिन्छ।  विश्वव्यापी महामारिमारिको रुपमा फैलदै गैरहेको कोरोना सक्रमणको शुरुवाती अवस्थादेखि हालसम्म आइपुग्दा एन आर एन ए कतारले आफ्नो आन्तरिक श्रोत, दाताहरुसंगबाट संकलित राहत लगायत सम्भव भएजति सबै श्रोत, साधन र शक्ति परिचालन गरि समस्याग्रस्त नेपालीहरुलाई एन आर एन भनेको साच्चै नै हाम्रै लागि रहेछ भन्ने अनुभति गराउन केहि मात्रामा भए पनि सफल भएको देखिन्छ।

यसै क्रममा आफ्नो राहत वितरणको आठौ चरणको कार्यक्रमको बारेमा जानकारी गराउन एक बिज्ञप्ति प्रकाशित गरि बिश्वब्यापी रुपमा देखा परेको कोरना भाइरस (कोभिड १९) नियन्त्रणमा कतार सरकारले चालेको विभिन्न साबधानी कदमहरुको पालना गर्ने क्रममा यहाँ रहेका नेपाली श्रमिकहरुमा देखा परेका समस्याहरुलाई समाधानका निम्ति गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार द्वारा गठित उद्दार तथा राहत बितरण समितीद्वारा कतार सरकार गृह मन्त्रालय मार्फत कतार च्यारिटीबाट प्राप्त खाद्यान्नको राहत प्याकेज आठौं चरणमा आज २४ मे २०२० का दिन कतारको मुग्लिना, मदिना खलिफा, एन खालिद, सनैया स्ट्रीट नम्बर ३,१२,१५,२८,४१,४५ ,सल्वा रोड, अल वकिर, खरतियात, अम सलाल मोहम्मद, अम सलाल अलि,नज्मा, मुरा, समाल, अल नासर,ग्राफा,मनसुरा, दावर कुतुफ, मुन्ताजा, न्यु रयान,अल तुममा, मतार कदिम, पुरानो एअरपोर्ट, अल हिलाल, न्यु सलता र मैजार का विभिन्न ठाउँमा रहेका ३०८ जना कोरना भाइरसको प्रभाबले पीडित नेपालि श्रमिकहरुलाई १५ दिनका लागि पुग्ने खाद्यान्नको प्याकेज बाढीएको कुरा जनाएको छ।

उक्त राहत वितरण कार्यक्रममा प्रत्यक्ष रुपमा नेपालि नियोग दोहाका प्रतिनिधिहरु, आइसीसी मध्यपूर्वका संयोजक प्रबिण गुरुङ्ग, आइसीसी प्रतिनिधिहरु, एनसीसी प्रतिनिधिहरु, राहत तथा उद्धार समितिका संयोजक र सदस्यहरुका साथै स्वयं सेवकहरुको समेत उपस्थिति रहेको थियो।

स्मरणीय रहोस, एन आर एन कतारले कतारमा कोरोना सक्रमणको कारण समस्यामा रहेका नेपालिहरुलाई राहत तथा उद्धार गर्नको लागि एन सी सी कतारका प्रथम उपाध्यक्ष श्री उत्तम गुरुङ्गको अध्यक्षतामा राहत तथा उद्धार समति गठन गरेको थियो भने हाल नेपालि दुतावास र एनसीसी को समन्वयमा  समस्याग्रस्त नेपालीहरुले याहाँ दीइएका ७४४४९५९२ , ५०१२९९००, ७०९०९७२२ मोबाइल नम्बरहरुमा सम्पर्क गरि राहत तथा उद्धार प्राप्त गर्न सकिने कुरा जनाइएको छ ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच