जातिय, सामुदायिक र क्षेत्रीय विभेद – आधुनिक नेपालको चुनौती

  विभेद भनेको आखिर विभेद नै हो चाहे त्यो जातिय होस् अथवा लैंगिक, सामुदायिक र क्षेत्रीय नै।  विभेदको पिडा भोग्नेलाई मात्र थाहा हुन्छ। देख्नेहरुले त त्यसलाई आफ्नै नजरले हेरेर व्याख्या गरिदिए पुग्छ। सदियौदेखि नेपालि समाजमा व्याप्त विभेद त्यति सजिलै र छिट्टै नै हराएर जाने संकेत देखिदैन। नेपालमा थुप्रैखालका बिभेदहरु बिधमान भए पनि  बिषेशत: चार खालका…

7 मिनेट

पढ्ने समय

 

\"\"

विभेद भनेको आखिर विभेद नै हो चाहे त्यो जातिय होस् अथवा लैंगिक, सामुदायिक र क्षेत्रीय नै।  विभेदको पिडा भोग्नेलाई मात्र थाहा हुन्छ। देख्नेहरुले त त्यसलाई आफ्नै नजरले हेरेर व्याख्या गरिदिए पुग्छ। सदियौदेखि नेपालि समाजमा व्याप्त विभेद त्यति सजिलै र छिट्टै नै हराएर जाने संकेत देखिदैन। नेपालमा थुप्रैखालका बिभेदहरु बिधमान भए पनि  बिषेशत: चार खालका बिभेदहरु समाजका भाइरशका रुपमा जरा गाडेर बसेका छन।  तिनिहरुलाई निर्मुल पार्नु र क्यान्सरको उपचार सम्भव हुनु भनेको लगभग उस्तै उस्तै देखिदै आएको छ। संबैधानिक र कानुनि रुपमा ति विभेदहरुको अन्त्य र उपचारका केहि ब्यबस्थाहरु भएको भए पनि जब सम्म मानसिकतामा परिवर्तन हुदैन तवसम्म ति संबैधानिक र कानुनि ब्यबस्थाहरु हात्तीका देखाउने दाँत जस्ता मात्र हुने कुरा तथ्यहरुले शिद्ध गरिरहेका छन्।

जातिय विभेदको कुरा गर्दा कथित माथिल्लो जातिका भनिनेहरुले कथित तल्लो जातिका भनिनेहरुलाई गरिने विभेद त कसैबाट लुकेको र नया कुरा रहेन। तर एउटा पक्षले परम्परागत रुपमा जातिय विभेद गर्दा  न्याय दिनको लागि राज्यले दिएको कानुनि उपचारलाई अर्को पक्षले कहिलेकाही आफ्नो स्वार्थ शिद्ध  गर्ने हतियारको रुपमा दुरुपयोग गर्ने  पो हो कि  सन्त्रासमा बाच्नु पर्दा र कहिलेकाही कानुन अन्धो बनिदिदा कानुनि विभेदमा पर्नेहरुको  कमि नहोला भनेर ढुक्क संग भन्न सकिने अवस्था पनि देखिदैन।

केहि अघि मात्र रुकुम र जाजरकोटसंग सम्बन्धित दुइ अलग अलग समुदाय संलग्न घटना मार्ने र मर्ने सम्मको हदमा पुगेपछि नेपालि समाजमा उत्पन्न विवाद र कित्ताकाटलाइ हेर्दा के बुझ्न सकिन्छ भने हरेक बिभेद्संग जोडिएका घटना परिघटनाहरुमा कुनै न कुनै रुपमा दुवै पक्ष विभेदको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा शिकार हुने गरेका हुन्छन।

जातीय विभेद: जातीय विभेदको कुरा गर्दा कहिलेकाही यो जातीय विभेद हो कि बर्गीय विभेद हो भन्ने खालको द्विविधा जस्तो पनि देखिन्छ किनकि शहर बजारमा करोडौको सुन,  चाँदी, हिरामोती आदिको ब्यबसाय गर्ने सुनार र दुर्गम गाउँमा फलामको काम गर्ने विश्वकर्मा बंशका हिसाबले एकै भए पनि समाजले उनीहरुलाई हेर्ने दृष्टिकोण र ब्यबाहारमा धेरै फरक हुन्छ। छोई छिटो गर्ने र अछुतको ब्यबहार गर्ने चलन नेपालि समाजको नयाँ पुस्ताबाट लगभग हराइसकेको भए पनि कसैलाई होचाएर बोल्नु पर्दा अझै पनि जातको वा बंशको लेपन लगाएर बोल्नेहरुको  कमि भने छैन।  जसको ज्वलन्त उदाहरण भनेको आफुलाई अत्यन्त सभ्य, आधुनिक र शिष्ट समाज निर्माणको अभियन्ता ठान्ने ज्ञानेन्द्र शाहीले केहि दिन अघि मात्र आफ्ना पुर्व सहयात्रीलाई आफु \”ठकुरी \” भएको भन्दै रवाफ देखाएको कुरालाई पनि लिन सकिन्छ।

त्यति मात्र होइन नेपालकै केहि जात जातिका मान्छेहरुले आफु फलानो जात वा समुदायको भएकै कारण धर्ति पुत्र वा धर्तिको मालिक भएको अनि अरु चाँही ढिस्कानो जात वा समुदायका भएकाले आगन्तुक वा धर्तीका बोझ भएका जस्ता तुच्छ र तर्कबिहीन कुराहरु गरेको पनि बग्रेल्ती सुन्न पाइन्छ। यस्ता अभिब्यती र क्रियाकलापहरुले पनि अन्तत: जातीय वा नश्लीय बिभेदको काम गर्दैन भनेर भन्न सकिदैन।

नेपालि समाजको पनि बिषेशत: हिन्दु समाजमा जात र थर भन्दा बढी महत्व गोत्रलाई दिने गरिन्छ। जात र थर भन्दा पनि गोत्रका आधारमा को कसको कति नजिकको आफन्त वा पारिवारिक सम्बन्धि भित्र पर्छन भनेर मापन गर्ने गरिन्छ।  यसको बैज्ञानिक आधार र तथ्य जे भए पनि गोत्रका आधारमा आफ्ना पुर्खा र बंश एउटै भएको मान्ने त्यहि समाज फेरी अर्को जातको तगारो तेर्साएर कसैलाई पराइ र कसैलाई आफन्त भन्न पनि पछि पर्दैन। नेपालि  हिन्दु समाजको यहि डबल स्त्याण्डर्ड ब्यबाहारको कारण पनि जातिय विभेदलाई फगत जातिय विभेदको रुपमा नभएर बर्गीय विभेदको रुपमा लिनु पर्छ भनेर भनिएको हो। त्यहि कौशल्या गोत्र भएको शिक्षण पेशा गर्ने दाजु छुत हुदा उही गोत्र भएको आरने ( इन्जिनियर ) पेशा गर्ने भाइ कसरि अछुत हुन्छ ? मानविय स्वभाव  यति स्वार्थि हुन्छ कि कोहि दुख पाएर सडकमा भौतारिरह्दा सम्म कसैले चिन्दैनन् र आफन्त पनि भन्दैनन तर जव त्यहि मान्छे आफ्नो मेहेनेताले सफलताको शिखर चुम्न पुग्छ अनि सबैले खोजि खोजि साइनो लगाउन पुग्छन। खस, आर्य, क्षेत्री, बाहुन, दशनामी, कामि, दमाइ, सार्की, आदि हिन्दु बर्णाश्रमले ब्यबस्था गरेका जातहरुको प्राय मिल्दो जुल्दो अथवा एउटै गोत्र हुन्छ।  यसको मतलव उनीहरु आफैको विश्वास र मान्यता अनुसार पनि एउटै समुदाय वा बथानबाट जिजिबिशाका लागि अलग अलग पेशा र स्थानमा विभक्त भएका हुन् भन्ने कुरामा विवाद गरिराख्नु पर्ने नै देखिदैन। त्यसैले यिनीहरु सबैले जातको सट्टा गोत्र मात्र लेख्ने वा भन्ने चलन र कानुनको ब्यबस्था गर्ने हो भने पनि यो समस्याको आधा समाधान हुन सक्छ।  तर समाजमा जुन बर्गीय विभेद छ त्यसको अन्त्यको लागि चाहि राज्यले जात र गोत्रको आधारमा नभई बर्ग, सामर्थ्य र  क्षेत्रको आधारमा केहि समयको लागि आरक्षणको ब्यबस्था गर्न सके त्यति नराम्रो चाहि हुदैन।

\"\"

सामुदायिक विभेद: सामुदायिक विभेद नेपालि समाजको अर्को बिकराल र जरा गाडेर बसेको समस्या हो। सामान्यतया: समुदाय र जातलाई संगसंगै जोडेर हेर्ने र बुझ्ने गरिन्छ। तर समुदाय भित्र कुनै जात जाति बिशेष मात्र नभएर धेरै जात जाति अथवा जात जाति  नमान्ने  मानिसहरु पनि पर्दछन। जस्तो कि मधेसी समुदाय, मुस्लिम समुदाय, क्रिश्चियन समुदाय आदि आदि। नेपालमा खास गरि मधेशी, मुश्लिम र हालैका दिनहरुमा क्रिश्चियन समुदायलाई हेर्ने दृष्टिकोण अलि भिन्न र विभेदकारी देखिन्छ। यसो हुनुमा सम्बधित समुदाय र अन्य समुदाय दुवै दोषी देखिए पनि सम्बन्धित समुदाय भन्दा अन्य समुदायहरु अलि बढी दोषी हुन् कि जस्तो देखिन्छ। उदाहरणको लागि केहि दिन अघिकै घटनालाई लिन सकिन्छ – नेपालमा कोरना संक्रमण शुरुवाती अवस्थामा नै थियो। केहि मुश्लिम समुदायका दाजुभाइहरुमा कोरोना देखियो।  संयोगले वहाहरुमध्य कतिपय चाहि भारतमा आयोजित मुश्लिम सम्मेलनमा भाग लिएर आउनुभएको रहेछ। अब अर्को समुदायलाई मसला पुगिहाल्यो अनि शुरु भयो यति जता मुस्लिमलाई कोरोना संक्रमण भयो भन्ने समाचार सम्प्रेषण। यस्ता घटनाहरुले समुदाय समुदाय बिचमा आपसी बैमनस्य र मनमुटाव निम्त्याउनु बाहेक अर्को केहि गर्दैन।

अब यसै प्रसंगमा सामुदायिक विभेद बढाउन सम्बन्धित समुदायका व्यक्तिहरु पनि कसरि गैर जिम्मेवारपूर्ण तरिकाले लाग्न सक्दा रहेछन भनेर मैले आफैले भोगेको अनुभव सुनाउन  चाहान्छु।  लगभग डेढ दुइ बर्ष अगाडी दोहामा रहनुहुने एक जना जिम्मेवार मुस्लिम मित्रले फेसबुकमा, दोहामा रहेका नेपालि रेष्टुरेण्टहरुले फारममा मरेका कुखुराको मासु बेचेर हाम्रो हलाल खाना खान पाउने अधिकारको हनन गर्ने काम गरे, हामिलाई कतारको कानुनि साहार लिन बाध्य नपारियोस भनेर स्टाटस लेख्नुभयो। मैले वहालाइ कमेन्टमार्फत तपाइको आशय सहि भए पनि लेखाइ गलत छ।  यसलाई सच्चाउनुहोला भनेर सुझाव दिए। वहाले स्टाटस हटाउनुभएछ अनि इनबक्समा आएर म संग हाम्रो समुदायको हितको बारेमा लेख्दा तपाइलाइ किन टाउको दुख्ने भनेर सोध्नुभयो।  मैले स्पष्ट जवाफ दिए, मेरो टाउको दुखेको होइन तर यदि तपाइले भने जस्तो गलत काम भैरहेको छ भने एउटा कुनै समुदाय बिशेषको लागि मात्र खराव नभएर समस्त मानव जातिकै लागि हानिकारक कुरा हो।  अझ त्यसमा पनि नेपालि रेष्टुरेन्टहरुमा खाना खाने हरु  बढी मात्रामा नेपालीहरु नै हुने हुनाले सम्पूर्ण नेपालीजनको लागि चिन्ताको बिषय हो।  तपाइसंग प्रमाण छ भने बरु हामि सबै मिलेर यस्ता गलत क्रियाकलापहरु रोक्न पहल गर्नु पर्छ ।  तर यस्ता गलत क्रियाकलापहरु दोहामा रहेका नेपालि ब्यबसायीहरुले मात्र गरेका छन् अरुले गर्दैनन् भन्ने पनि त् छैन नि।

हाम्रो कुरा लगभग त्यतिमै सकियो तर त्यसपछि वहाले दोहामा रहनुभएका अन्य नेपालि मुस्लिम साथिहरुलाई फलानो हाम्रो बिरोधि हो भनेर गलत प्रचार गरेर पुरै समुदायलाई नै मेरो बिरुद्धमा उतार्ने कोशिस गर्नुभएछ। एकदुई जना अगुवा साथीहरुले सिधै म संग र कसैले मेरा अन्य साथिहरु मार्फत खास कुरा के हो भनेर सोध्नुभयो।  मैले भएको वास्तविक  कुरा बताएपछि अरु साथिहरुले खासै चासो दिनुभएन।  तर ति साथीले भने धेरै पछि सम्म पनि मलाइ जातिय र सामुदायिक रुपमा होच्चाउने खालका कुराहरु लेखेर र बोलेर मलाइ पनि वहाहरुको समुदायको बिरुद्ध बोल्न लेख्न खुब उक्साउनुभयो। मैले व्यक्तिगत कुरालाई व्यक्तिगत रुपमै ट्याकल गरेर बसे। कतिपय मेरा साथीहरु पनि त्यसले हाम्रो समुदायलाई किन होच्याएर लेखेको ? त्यसलाई ठिक पार्नु पर्छ भनेर पनि आउनुभयो। तर मैले यो सामुदायिक लडाई झगडा गर्ने कुरा होइन भनेर सम्झाएर पठाए। यसरि व्यक्तिगत कुण्ठा र वैमनस्यताका कारण पुरै समुदायलाई नै समस्यामा धकेल्न खोज्ने प्रवृतिले पनि सामाजमा  सामुदायिक वैमनस्यता र एक आपसमा विभेदको अवस्था आउन सक्छ।  यस तर्फ सबै जना जिम्मेवार र सचेत हुनै पर्छ।

 

क्षेत्रीय विभेद: नेपालमा मदेशी समुदायप्रति पहाडी समुदायले हेर्ने दृष्टिकोण र गर्ने ब्यबाहार पनि विभेदपूर्ण र असम्मानजनक छ भन्दा अत्योक्ति हुदैन। ठाउ अनुसार सबैका अलग अलग बोलीचाली, हुलिया, लवाइ, खवाई हुनु सामान्य कुरा हुन। तर तिनै कुराहरुको आधारमा अरुको आत्मसम्मानमा ठेस पुग्नेगरि गालीगलौज गर्नु, हाँसोको पात्र बनाउनु र अझै अनाधार र कपोलकल्पित आरोप लगाउनु जस्ता बिभेदपूर्ण क्रियाकलापहरु कानुनत: दण्डनीय अपराध भए पनि ब्यबहारमा यस्ता क्रियाकलापहरु दिन प्रतिदिन घटिरहेकै हुन्छन। त्यस्तै खालको विभेद हिमाली क्षेत्रमा बस्ने दाजुभाइ दिदि बहिनीहरु उपर पनि यदाकदा भएको पाइन्छ।

नेपाल बहुजाति, बाहुभाषी, बहुसांस्कृतिक र बहुधरातलिय विशेषताहरले भरिपूर्ण राष्ट्र भएकोले सबैले सबैको उचित सम्मान र आदर गर्दै एकले अर्कोको सहअस्तित्व स्वीकार गर्नुको अर्को बिकल्प नै छैन। आपसी वैमनस्यता र एक आपसमा बिभेदपूर्ण ब्यबहार गरेर कसैको पनि हित हुदैन भन्ने कुरा हामि सबैले बुझ्न जरुरि छ।

यी सबै बिभेदहरुलाई सरसर्ती हेर्दा जातिय, सामुदायिक वा क्षेत्रीय जस्ता देखिए पनि यसको आन्तर्य वा जरो भनेको बर्गीय नै हो। त्यहि जात धर्म वा क्षेत्रको हुने खाने र हुदा खानेहरुलाई समाजले हेर्ने दृष्टिकोण र गर्ने ब्यबाहारको भिन्नताले पनि यो समस्या जातिय कम र बर्गीय ज्यादा हो भनेर देखाउछ। विभेदमा परेका जात धर्म र समुदायाकाहरुलाई भनेर राज्यद्वारा  दिईने आरक्षण पनि जातिय, धार्मिक र समुदायको नाममा हुने खाने र टाठा बाठाहरुले नै लिने हुदा साच्चैका पिडितहरु चाहि सधै हेपिएर पिल्सीयर र दबिएर बस्नु पर्ने अवस्था यथावत नै रहने देखिन्छ।  अत: अहिलेको बदलिदो परिस्थितिमा यी विभेदहरुलाई हेर्ने नजरलाई जातिय कम र बर्गीय ज्यादा बनाउदा पो  बरु समस्याको समाधान छिटो होला कि ?

 

 

 

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच