सोध के हो भनेर (मुत्तक – अडियो सहित )

रातको तारालाई सोध

औशि के हो भनेर

बिछोड़ीएको जोडीलाई सोध

धोका के हो भनेर

घाइते बाघलाई सोध

पिडा के हो भनेर

एक्लिएको प्रेमिलाई सोध

प्रेम के हो भनेर

आकाशको बादललाई सोध

सावन के हो भनेर

धोका खानेहरुलाई सोध

रोदन कस्तो हुन्छ भनेर

बृद्ध बृद्धाहरुलाई सोध

जीवन के हो भनेर

टाट पल्टिएको साहुलाई सोध

सम्पति के हो भनेर

पिडित जनतालाई  सोध

बिकाश के हो भनेर

भ्रस्ट नेतालाई सोध

राजनीति के हो भनेर

 

दलित, जनजातिलाई सोध

भेदभाव के हो भनेर

पथभ्रस्ट नेतालाई सोध

नैतिकता के हो भनेर

सैनिक पत्नीलाई सोध

बिजय के हो भनेर

घाइते सैनिकलाई सोध

जंग के हो भनेर

बिदेश जानेहरुलाई सोध

स्वदेश के हो भनेर

बुढी कन्याहारुलाई सोध

वर के हो भनेर

बलात्कृत चेलीलाई सोध

राक्षस के हो भनेर

पतित आइमाईलाई सोध

सतित्व के हो भनेर

बिदुर श्रीमानलाइ सोध

नारि के हो भनेर

बिधुवा श्रीमतीलाई सोध

संसार के हो भनेर

धन्यवाद !