अब बिहान ५ बजेदेखि राति १० बजे सम्म सम्म मात्र हिडडुल गर्न पाइने

सरकारले राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्ध लगाएको छ । शुक्रबार गृह मन्त्रालयले जारी गरेको ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ मार्फत अत्यावश्यक कामबाहेक राति १० बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो । यस्तै, गृहमन्त्रालयले जारी गरेको निर्देशिका अनुसार विवाह, ब्रतबन्ध, मृत्यु संस्कार, चाडपर्व, पूजापाठ आदि कार्यमा १५ जनाभन्दा…

1 मिनेट

पढ्ने समय

\"\"

सरकारले राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्ध लगाएको छ । शुक्रबार गृह मन्त्रालयले जारी गरेको ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ मार्फत अत्यावश्यक कामबाहेक राति १० बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो । यस्तै, गृहमन्त्रालयले जारी गरेको निर्देशिका अनुसार विवाह, ब्रतबन्ध, मृत्यु संस्कार, चाडपर्व, पूजापाठ आदि कार्यमा १५ जनाभन्दा बढी भेला हुन निषेध गरिएको छ ।

 

अनुमति प्राप्त अन्तर्राष्ट्रिय नाकाबाट प्रवेश गर्ने सबै व्यक्तिहरूले न्यूनतम दुई मिटर सामाजिक दूरी कायम गर्नुपर्नेछ । तोकिएको वा भारतबाहेक अन्य मुलुकबाट नेपाल प्रवेश गर्नेको हकमा स्वेच्छिक क्वारेन्टाइन वा होटल क्वारेन्टाइन बस्न सकिनेछ ।

 

यसरी बस्दा सार्वजनिक शान्ति र सुव्यवस्थालाई समेत पालना गर्नुपर्नेछ । साथै, क्वारेन्टाइनमा बस्दा समेत तोकिएको सामाजिक दूरी कायम गर्नु, गराउनुपर्ने गृह मन्त्रालयले बताएको छ । त्यस्तै, मालसामान ढुवानी गर्ने कुनै पनि प्रकारका गाडीबाटट यात्रु ओसारपसार गर्न पनि गृह मन्त्रालयले प्रतिबन्ध लगाएको छ ।

\"\"\"\"

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच